भजनसङ्ग्रह
दाउदको रचना।
א [आलेफ]
ב [बेथ]
४ यहोवा तिमीसित हुनुहुन्छ, त्यसैले तिमी औधी हर्षित होऊ
अनि उहाँले तिम्रो मनको इच्छा पूरा गरिदिनुहुनेछ।
ג [गिमेल]
६ उहाँले तिम्रो धार्मिकतालाई बिहानीको उज्यालोजस्तै
अनि तिम्रो न्यायलाई मध्यदिनको सूर्यजस्तै चम्काउनुहुनेछ।
ד [दालेथ]
ה [हे]
ו [वाव]
१० अब केही बेरपछि नै दुष्टहरूको नामोनिसान मेटिनेछ;+
तिमीले तिनीहरू भएको ठाउँमा हेर्नेछौ
तर तिनीहरू त्यहाँ हुनेछैनन्।+
ז [जयिन]
१२ दुष्टले धर्मीको विरुद्धमा षड्यन्त्र रच्छ;+
उसलाई देखेर त्यसले दाह्रा किट्छ।
१३ तर यहोवा त्यसलाई देखेर हाँस्नुहुन्छ
किनकि त्यसको विनाशको दिन आउनेछ भनेर उहाँलाई थाह छ।+
ח [हेत]
१४ थिचोमिचोमा परेकाहरू र गरिबहरूलाई ढाल्न
अनि सोझो बाटोमा हिँड्नेहरूको हत्या गर्न
दुष्टहरू आफ्नो तरबार थुत्छन् र धनुमा ताँदो चढाउँछन्।
१५ तर तिनीहरूको तरबारले तिनीहरूकै मुटुलाई छेड्नेछ+
अनि तिनीहरूको धनु भाँचिनेछ।
ט [टेथ]
१६ दुष्टहरूको प्रशस्त धनसम्पत्तिभन्दा
धर्मीसित भएको थोरै कुरा उत्तम हो।+
१७ किनकि दुष्टहरूको पाखुरा भाँचिनेछ
तर धर्मीलाई यहोवाले थाम्नुहुनेछ।
י [योद]
१९ विपत्तिको बेला तिनीहरू लाजमा पर्नेछैनन्;
अनिकाल लाग्दा पनि तिनीहरूसित प्रशस्त खानेकुरा हुनेछ।
כ [काफ]
२० तर दुष्टहरू भने मेटिएर जानेछन्;+
यहोवाका शत्रुहरू खर्कको हरियो घाँसजस्तै सुकिहाल्नेछन्
अनि धुवाँजस्तै बिलाएर जानेछन्।
ל [लामेद]
२२ परमेश्वरबाट आशिष् पाएकाहरूले पृथ्वी अधिकार गर्नेछन्
तर उहाँबाट सराप पाएकाहरू नाश हुनेछन्।+
מ [मेम]
נ [नुन]
२५ म जवान थिएँ, अहिले बूढो भएको छु
तर धर्मी मानिसको बिचल्ली भएको+ र उसका छोराछोरीले खानेकुराको लागि भीख मागेको+
मैले कहिल्यै देखेको छैनँ।
२६ उसले सधैँ उदार मनले सापटी दिन्छ+
अनि उसका सन्तानले निश्चय नै आशिष् पाउनेछन्।
ס [सामेख]
२७ खराब काम त्याग र जे असल छ, त्यो गर+
र तिमी सदासर्वदा जिउनेछौ।
ע [अयिन]
פ [पे]
צ [सादे]
३२ धर्मी मानिसको हत्या गर्न
दुष्टले ऊमाथि नजर राख्छ।
३३ तर यहोवाले धर्मीलाई त्यसको हातमा पर्न दिनुहुनेछैन+
वा उसको न्याय गरिँदा उसलाई दोषी ठहराउनुहुनेछैन।+
ק [कोफ]
३४ यहोवामा आशा राख र उहाँको मार्गमा हिँड।
तब उहाँले तिमीलाई उच्च पार्नुहुनेछ र तिमीले पृथ्वी अधिकार गर्नेछौ।
ר [रेश]
३५ मैले क्रूर र दुष्ट मानिसलाई देखेको छु,
त्यो आफ्नै जमिनमा झ्याम्म परेको रूखजस्तै फैलिएको थियो।+
ש [शिन]
३७ निर्दोष* मानिसलाई ध्यान दिएर हेर
अनि सोझो मानिसतिर+ आफ्नो दृष्टि लगाऊ
किनकि भविष्यमा ऊ शान्तिसित जिउनेछ।+
३८ तर कुकर्मीहरूजति सबै नाश हुनेछन्;
दुष्ट मानिसको कुनै भविष्य छैन।+
ת [ताव]