याकुबको पत्र
५ अब हे धनी मानिस हो, सुन, आफूमाथि आउँदै गरेको सङ्कष्टको कारण डाँको छोडेर रोओ।+ २ तिमीहरूका धनसम्पत्ति सडेका छन् अनि तिमीहरूका लुगाहरू किराले खाएका छन्।+ ३ तिमीहरूको सुन र चाँदीमा कस लागेको छ अनि त्यही कसले तिमीहरूविरुद्ध साक्षी दिनेछ र तिमीहरूको मासु खानेछ। तिमीहरूले जे जम्मा गरेका छौ, त्यो अन्तको दिनमा आगोजस्तै हुनेछ।+ ४ हेर, तिमीहरूको खेतमा कटनी गर्ने खेतालाहरूलाई तिमीहरूले नदिएको ज्याला तिमीहरूको विरुद्धमा कराइरहेको छ अनि बाली काट्नेहरूको गुहार सेनाहरूका यहोवाको* कानमा पुगेको छ।+ ५ तिमीहरूले पृथ्वीमा विलासी जीवन बिताएका छौ अनि आफ्ना लालसाहरू पूरा गर्नतिर लागेका छौ। तिमीहरू ती पशुहरूजस्तै भएका छौ, जसलाई काट्ने दिनका लागि बेसरी खुवाएर मोटो पारिएको हुन्छ।+ ६ तिमीहरूले त्यस धर्मी मानिसलाई दोषी ठहराएका छौ र हत्या गरेका छौ। त्यसैले तिमीहरूको विरोध गरिँदै छ।
७ त्यसकारण हे भाइ हो, प्रभुको उपस्थिति+ नभएसम्म धैर्य गर। हेर, एक जना किसानले भूमिको बहुमूल्य उब्जनी बटुल्न पर्खेर बस्छ अनि अघिल्लो वर्षा र पछिल्लो वर्षा नहोउन्जेल धैर्य गर्छ।+ ८ तिमीहरू पनि धैर्य गर;+ आफ्नो हृदय स्थिर बनाओ किनकि प्रभुको उपस्थिति हुनै लागेको छ।+
९ हे भाइ हो, एकअर्काविरुद्ध गनगन नगर* ताकि तिमीहरूको न्याय नगरियोस्।+ हेर! न्यायकर्ता ढोकैमा उभिरहनुभएको छ। १० भाइहरू हो, यहोवा* परमेश्वरको नाममा बोल्ने भविष्यवक्ताहरूले+ भोगेको कष्ट+ र उनीहरूले देखाएको धैर्यलाई+ नमुनाको रूपमा लेओ। ११ हेर, सहनशील मानिसहरूलाई हामी आनन्दित ठान्छौँ।+ तिमीहरूले अय्युबको सहनशीलताको+ विषयमा त सुनेकै छौ अनि यहोवा* परमेश्वरले तिनलाई दिनुभएको इनाम+ पनि देखेकै छौ कि यहोवा* परमेश्वर कोमल स्नेहले भरिपूर्ण* अनि कृपालु हुनुहुन्छ।+
१२ विशेषगरि, हे मेरा भाइ हो, कसम खान छोड। तिमीहरूले न स्वर्गको न पृथ्वीको न त अरू कुनै कुराको नाममै कसम खाओ। तर तिमीहरूको ‘हुन्छ’ चाहिँ ‘हुन्छ’ अनि ‘हुँदैन’ चाहिँ ‘हुँदैन’ नै होस्+ ताकि तिमीहरू सजाय पाउन लायक नठहरिओ।
१३ के तिमीहरूमध्ये कसैले कष्ट भोगिरहेको छ? उसले प्रार्थना गरिरहोस्।+ के कसैको मन खुसी छ? उसले भजन गाओस्।+ १४ के तिमीहरूमध्ये कोही बिरामी* छ? उसले मण्डलीका एल्डरहरूलाई* आफूकहाँ बोलाओस्+ अनि तिनीहरूले उसको लागि प्रार्थना गरिदेऊन् र यहोवा* परमेश्वरको नाममा तेल घसिदेऊन्।*+ १५ अनि विश्वाससहित गरिएको प्रार्थनाले त्यस बिरामी मानिसलाई* निको पार्नेछ र यहोवा* परमेश्वरले उसलाई उठाउनुहुनेछ। उसले पाप गरेकै रहेछ भने पनि उसलाई क्षमा दिइनेछ।
१६ त्यसकारण एकअर्कासामु आफ्ना पापहरू खुलमखुला स्विकार+ अनि एकअर्काका लागि प्रार्थना गर ताकि तिमीहरू निको होओ। धर्मी मानिसको उत्कट बिन्तीले ठूलो काम गर्छ।+ १७ एलिया हाम्रो जस्तै भावना भएका मानिस थिए तैपनि तिनले पानी नपरोस् भनेर व्यग्र प्रार्थना गर्दा त्यस देशमा साढे तीन वर्षसम्म पानी परेन।+ १८ तिनले फेरि प्रार्थना गर्दा आकाशबाट पानी पऱ्यो र जमिनले आफ्नो उब्जनी दियो।+
१९ हे मेरा भाइ हो, यदि तिमीहरूमध्ये कोही सत्यको मार्गबाट तर्केर गयो र कसैले उसलाई फर्काएर ल्यायो भने २० तिमीहरूलाई यो थाह होस् कि जसले एक जना पापीलाई गलत मार्गबाट फर्काएर ल्याउँछ,+ त्यसले उसलाई मृत्युबाट बचाउनेछ र उसका असङ्ख्य पापहरू ढाक्नेछ।+