यसैया
४३ हे याकुब, जसले तिमीलाई सृष्टि गर्नुभयो,
हे इस्राएल, जसले तिमीलाई बनाउनुभयो,+
उनै परमेश्वर यहोवा यसो भन्नुहुन्छ:
“नडराऊ, मैले तिमीलाई मोल तिरेर छुटाएको छु।+
मैले तिमीलाई नामै काढेर बोलाएको छु।
तिमी मेरै हौ।
२ तिमी पानीबाट जाँदा म तिमीसित हुनेछु,+
तिमी नदीबाट जाँदा त्यसले तिमीलाई डुबाउनेछैन।+
तिमी आगोबाट जाँदा त्यसले तिमीलाई डढाउनेछैन,
त्यसको ज्वालाले तिमीलाई पोल्नेछैन।
३ किनभने म यहोवा तिम्रा परमेश्वर हुँ,
इस्राएलका पवित्र परमेश्वर, तिम्रा उद्धारक।
तिमीलाई छुटाउन मैले फिरौतीस्वरूप मिश्र दिएको छु,
इथियोपिया र सिबा दिएर मैले तिमीलाई छुटाएको छु।
४ किनकि मेरो नजरमा तिमी अनमोल छौ,+
तिमी आदर गर्न लायकको छौ, म तिमीलाई माया गर्छु।+
त्यसैले तिम्रो बदलामा म मानिसहरू दिनेछु,
तिम्रो जीवनको लागि म देशहरू दिनेछु।
तिम्रा सन्तानलाई म पूर्वबाट ल्याउनेछु
अनि तिमीहरूलाई पश्चिमबाट जम्मा गर्नेछु।+
६ म उत्तरलाई यस्तो आदेश दिनेछु, ‘तिनीहरूलाई छोडिदेऊ!’+
अनि दक्षिणलाई यसो भन्नेछु, ‘तिनीहरूलाई नरोक!
मेरा छोराहरूलाई टाढाबाट र मेरा छोरीहरूलाई पृथ्वीको कुनाकुनाबाट लिएर आऊ।+
७ मेरो नामबाट चिनिएका हरेकलाई+
र मेरो महिमाको लागि मैले सृष्टि गरेका सबैलाई,
जसलाई मैले रचेँ र बनाएँ,+ तिनीहरूलाई लिएर आऊ।’
८ आँखा भएर पनि नदेख्ने
अनि कान भएर पनि नसुन्ने ती मानिसहरूलाई लिएर आऊ।+
९ सबै देश जम्मा होऊन्,
देश-देशका मानिसहरू एक ठाउँमा भेला होऊन्।+
तिनीहरूमध्ये कसलाई यो कुरा थाह छ?
पहिलेका कुरा* कसले भन्न सक्छ?+
आफूलाई सही साबित गर्न तिनीहरूले साक्षीहरू पेस गरून्,
अरूले तिनीहरूको कुरा सुनून् र यसो भन्न सकून्, ‘यो कुरा सत्य हो!’”+
१० यहोवा घोषणा गर्नुहुन्छ, “तिमीहरू मेरा साक्षी हौ,+
तिमीहरूले मलाई चिन्न र ममाथि विश्वास* गर्न सक
र म त्यही हुँ भन्ने कुरा बुझ्न सक भनेर+
मैले तिमीहरूलाई आफ्नो सेवकको रूपमा छानेको हुँ।+
मेरो अघि कुनै ईश्वर थिएन
न त मेरो पछि कोही हुनेछ।+
११ म नै यहोवा हुँ,+ मबाहेक अरू कोही उद्धारक छैन।”+
१२ “तिमीहरूमाझ अरू कुनै विदेशी देवता नहुँदै
तिमीहरूसित कुरा गर्ने, तिमीहरूलाई बचाउने र समझ दिने मै थिएँ।+
त्यसैले म साँचो परमेश्वर हुँ र तिमीहरू मेरा साक्षी हौ,” यहोवा घोषणा गर्नुहुन्छ।+
१३ “अनि म सधैँ उही रहनेछु;+
मेरो हातबाट कसैले केही खोस्न सक्दैन।+
जब म केही गर्छु, तब कसले मलाई रोक्न सक्छ?”+
१४ तिमीहरूलाई मोल तिरेर छुटाउनुहुने+ इस्राएलका पवित्र परमेश्वर यहोवा+ यसो भन्नुहुन्छ:
“तिमीहरूको खातिर म बेबिलोनमा मानिसहरू पठाउनेछु र त्यसका ढोकाहरू भत्काउनेछु।+
अनि जहाजमा भएका कल्दियालीहरू आफूमाथि आइपरेको दुःखले गर्दा रुनेछन्।+
१५ म इस्राएललाई सृष्टि गर्ने+ तिमीहरूका पवित्र परमेश्वर+ र तिमीहरूका राजा यहोवा हुँ।”+
१६ यहोवा परमेश्वर,
जसले समुद्रको बीचमा बाटो खोल्नुहुन्छ,
जसले उर्लँदो छालको बीचमा पनि गोरेटो बाटो बनाउनुहुन्छ,+
१७ जो युद्धको रथ र घोडासहित निस्कनुहुन्छ,+
जो शक्तिशाली योद्धाहरूको फौज लिएर निस्कनुहुन्छ,
उहाँ यसो भन्नुहुन्छ: “तिनीहरू ढल्नेछन् तर फेरि उठ्नेछैनन्।+
बलिरहेको सलेदोलाई जस्तै तिनीहरूलाई निभाइनेछ।”
१८ “बितेका कुराहरूलाई बिर्सिदेओ,
विगतका कुराहरूमा घोरिएर नबस।
१९ हेर, म एउटा नयाँ काम गर्दै छु,+
त्यसको सुरुवात भइसकेको छ।
के तिमीहरू देख्दैनौ?
म उजाड ठाउँमा बाटो बनाउनेछु+
र मरुभूमिमा नदी बगाउनेछु।+
२० तब स्याल, सुतुरमुर्ग*
र जङ्गली जनावरहरूले मेरो आदर गर्नेछन्।
किनकि मेरा मानिसहरू, मैले रोजेका जनले पिऊन् भनेर+
म उजाड ठाउँमा पानीको मूल फुटाउनेछु+
र मरुभूमिमा नदी बगाउनेछु।
२१ मैले आफ्नो निम्ति खडा गरेको जातिको लागि म यसो गर्नेछु,
तिनीहरूले मेरो प्रशंसा गरून् भनेर मैले तिनीहरूलाई खडा गरेँ।+
२३ मेरो लागि अग्निभेटी चढाउन तिमीले भेडाहरू ल्याएनौ
अनि मेरो महिमा गर्न तिमीले कुनै बलिदान चढाएनौ।
मैले तिमीसँग जबरजस्ती भेटी मागेको छैनँ
२४ तिमीले आफ्नो पैसाले मेरो लागि बोझो* किनेनौ
अनि भेटीको बोसोले मलाई तृप्त पारेनौ।+
बरु आफ्ना पापहरूको बोझ मलाई बोकायौ
अनि बारम्बार गल्ती गरेर मलाई हैरान पाऱ्यौ।+
२५ म उही हुँ, जसले आफ्नो नामको खातिर+ तिमीहरूका अपराधलाई* मेटिदिन्छ।+
अनि म तिमीहरूका पापलाई सम्झनेछैनँ।+
२६ मैले केही बिर्सेको छु भने मलाई सम्झाओ; आओ, हामी आ-आफ्नो मामिला पेस गरौँ।
आफूलाई सही साबित गर्ने कुनै प्रमाण छ भने बताओ।
२८ त्यसैले पवित्र ठाउँका नाइकेहरूलाई म अशुद्ध ठहराउनेछु।
अनि याकुबलाई नाशको लागि सुम्पनेछु
र इस्राएललाई अपमानका शब्दहरू सुन्न लगाउनेछु।+