युहन्नालाई प्रकाश
२ “एफिससको मण्डलीको+ स्वर्गदूतलाई+ लेख: आफ्नो दाहिने हातमा सात वटा तारा लिने र सुनका सात वटा पानसबीच हिँड्नेले यसो भन्नुहुन्छ:+ २ ‘मलाई तिम्रा कामहरू, तिम्रो परिश्रम र सहनशीलता थाह छ। अनि मलाई यो पनि थाह छ, तिमी खराब मानिसहरूलाई सहन सक्दैनौ र जो आफूलाई प्रेषित* भन्छन् तर वास्तवमा होइनन्, त्यस्ता मानिसहरूलाई तिमीले जाँच्यौ+ अनि फटाहा पायौ। ३ तिमीले सहनशीलता पनि देखाइरहेका छौ र मेरो नामको खातिर धेरै कष्ट सहेका छौ+ तैपनि थाकेका छैनौ।+ ४ तथापि तिमीविरुद्ध मसित यो कुरा छ कि तिमीसित पहिले जुन प्रेम थियो, त्यो अहिले छैन।
५ “‘त्यसैले तिमी कहाँबाट खसेका हौ, त्यो सम्झ र पश्चात्ताप गर+ अनि तिमीले पहिले गरेका कामहरू गर। नत्र त म तिमीकहाँ आउनेछु र तिमीले पश्चात्ताप गरेनौ भने तिम्रो पानस+ त्यसको ठाउँबाट हटाइदिनेछु।+ ६ तैपनि तिमीसित यो एउटा राम्रो कुरा छ: तिमी निकोलाउस गुटका कामहरूलाई घृणा गर्छौ,+ जसलाई म पनि घृणा गर्छु। ७ पवित्र शक्तिले मण्डलीहरूलाई के भन्छ, जसको कान छ, उसले सुनोस्:+ जसले विजय हासिल गर्छ,+ उसलाई म जीवनको रूखको फल खान दिनेछु,+ जुन परमेश्वरको प्रमोदवनमा छ।’
८ “अनि स्मर्नाको मण्डलीको स्वर्गदूतलाई लेख: जो ‘पहिलो र अन्तिम’ हुनुहुन्छ+ अनि जो मरेर फेरि जीवित हुनुभयो,+ उहाँ यसो भन्नुहुन्छ: ९ ‘मलाई तिम्रो सङ्कष्ट र गरिबी थाह छ—तर तिमी धनी छौ+—अनि त्यस्ता मानिसहरूले तिम्रो निन्दा गरेको पनि मलाई थाह छ, जो आफूलाई यहुदी भन्छन् तर वास्तवमा यहुदी नभई सैतानको दल* हुन्।+ १० तिमीले भोग्न लागेका कुराहरूदेखि नडराऊ।+ हेर! तिमीहरूको पूर्ण रूपमा जाँच होस् र तिमीहरूले दस दिन सङ्कष्ट भोग भनेर दियाबलले तिमीहरूमध्ये कोही-कोहीलाई बारम्बार झ्यालखानामा हाल्नेछ। मृत्युसम्मै आफूलाई विश्वासी साबित गर अनि म तिमीलाई जीवनको मुकुट दिनेछु।+ ११ पवित्र शक्तिले मण्डलीहरूलाई के भन्छ, जसको कान छ, उसले सुनोस्:+ जसले विजय हासिल गर्छ,+ उसलाई दोस्रो मृत्युले कुनै हालतमा हानि गर्नेछैन।’+
१२ “पर्गाममको मण्डलीको स्वर्गदूतलाई लेख: धारिलो अनि लामो दुईधारे तरबार लिनेले+ यसो भन्नुहुन्छ: १३ ‘मलाई थाह छ, तिमी सैतानको सिंहासन भएकै ठाउँमा बसिरहेका छौ तैपनि तिमीले मेरो नाम बलियोसित पक्रिरहेका छौ+ अनि ती दिनमा समेत तिमीले ममाथिको आफ्नो विश्वास त्यागेनौ,+ जब मेरो विश्वासयोग्य साक्षी+ एन्टिपासलाई तिमीहरूकै सहरमा मारियो,+ जहाँ सैतान बास गर्छ।
१४ “‘तथापि तिमीविरुद्ध मसित केही कुरा छ। तिमीमाझ यस्ता मानिसहरू छन्, जो बालामको शिक्षाअनुसार चल्छन्।+ इस्राएलीहरूले मूर्तिलाई बलि चढाइएका थोकहरू खाऊन् र अवैध यौनसम्बन्ध* राखून् भनेर तिनीहरूको अगाडि ठेस खाने ढुङ्गा राख्न तिनै बालामले बालाकलाई+ सिकाएका थिए।+ १५ त्यसैगरि तिमीमाझ निकोलाउस गुटको शिक्षाअनुसार चल्नेहरू पनि छन्।+ १६ त्यसकारण पश्चात्ताप गर नत्र त म छिट्टै तिमीकहाँ आउँदै छु र मेरो मुखको लामो तरबारले तिनीहरूसित लडाइँ गर्नेछु।+
१७ “‘पवित्र शक्तिले मण्डलीहरूलाई के भन्छ, जसको कान छ, उसले सुनोस्:+ जसले विजय हासिल गर्छ,+ उसलाई म लुकाइएको मन्न अलिकति दिनेछु+ अनि उसलाई म सेतो पत्थर दिनेछु। त्यस पत्थरमा एउटा नयाँ नाम लेखिएको हुनेछ, जुन नाम त्यो पत्थर पाउनेबाहेक अरू कसैलाई थाह हुँदैन।’
१८ “थिआटिराको+ मण्डलीको स्वर्गदूतलाई लेख: परमेश्वरको छोरा, जसका आँखा आगोको ज्वालाजस्ता+ र जसका पाउ शुद्ध तामाजस्ता छन्,+ उहाँ यसो भन्नुहुन्छ: १९ ‘मलाई तिम्रा कामहरू अनि तिम्रो प्रेम, विश्वास, सेवा र सहनशीलता थाह छ। अनि तिमीले हालै गरेका कामहरू तिमीले पहिले गरेका भन्दा धेरै छन् भनेर पनि मलाई थाह छ।
२० “‘तथापि तिमीविरुद्ध मसित यो कुरा छ कि तिमी त्यस स्त्री ईजेबेललाई+ सहन्छौ, जो आफूलाई भविष्यवक्ता भन्छे अनि मेरा दासहरूलाई अवैध यौनसम्बन्ध* राख्न+ र मूर्तिहरूलाई बलि चढाइएका थोकहरू खान सिकाउँछे र तिनीहरूलाई बहकाउँछे। २१ मैले त्यसलाई पश्चात्ताप गर्ने समय दिएँ तर त्यो आफूले राखेको अवैध यौनसम्बन्धको* लागि पश्चात्ताप गर्न चाहँदिन। २२ हेर! मैले त्यसलाई ओछ्यानबाट उठ्नै नसक्नेगरि बिरामी बनाउन आँटेको छु अनि ज-जसले त्यससित व्यभिचार* गर्छन्, तिनीहरूले त्यसको जस्ता कामहरू गर्न छोडेर पश्चात्ताप गरेनन् भने तिनीहरूमाथि पनि म ठूलो सङ्कष्ट ल्याउनेछु। २३ अनि त्यसका छोराछोरीलाई म घातक महामारीले मार्नेछु, जसद्वारा सबै मण्डलीलाई यो थाह हुनेछ कि भित्री विचार* र हृदय जाँच्ने म नै हुँ अनि म हरेकलाई उसको कामअनुसार प्रतिफल दिनेछु।+
२४ “‘तर थिआटिरामा भएका बाँकी अरू, जसले यो शिक्षा स्विकारेका छैनन् र ती कुराहरू थाह पाएका छैनन्, जसलाई “सैतानका गहिरा कुराहरू”+ भनिन्छ, तिनीहरू सबैलाई म भन्छु: तिमीहरूमाथि म अरू कुनै बोझ थप्दिनँ। २५ बस् यति मात्र गर, तिमीहरूसित जे छ, म नआउन्जेल त्यसलाई पक्रिराख।+ २६ जसले विजय हासिल गर्छ र मैले अह्राएका कामहरू अन्तसम्म गरिरहन्छ, म उसलाई जातिजातिमाथि शासन गर्ने अख्तियार दिनेछु।+ २७ अनि उसले मानिसहरूमाथि फलामको डन्डाले शासन गर्नेछ+ र तिनीहरूलाई माटाका भाँडाहरूलाई जस्तै चकनाचुर पार्नेछ। मैले पनि आफ्नो बुबाबाट यही अख्तियार पाएको छु। २८ उसलाई म बिहानको तारा दिनेछु।+ २९ पवित्र शक्तिले मण्डलीहरूलाई के भन्छ, जसको कान छ, उसले सुनोस्।’