भजनसङ्ग्रह
निर्देशकलाई; यदुथुनमा।* आसापले रचेको भजन।+
७७ म ठूलो स्वरले परमेश्वरलाई पुकार्नेछु;
म परमेश्वरलाई पुकार्नेछु र उहाँले सुन्नुहुनेछ।+
२ विपद्को दिनमा म यहोवालाई खोज्छु।+
राती म उहाँतिर आफ्नो हात एकछिन पनि नबिसाई फैलाउँछु
तैपनि म सान्त्वना पाउँदिनँ।
४ तपाईँले मेरा आँखाहरूलाई झिमिक्क गर्न समेत दिनुभएन;
म साह्रै व्याकुल भएको छु, बोल्नै नसक्ने भएको छु।
५ म वर्षौँअघिका दिनहरूबारे सोच्छु,+
उहिले-उहिलेको समयको सम्झना गर्छु।
७ के यहोवाले हामीलाई सदाको लागि त्याग्नुहुनेछ?+
के उहाँले हामीलाई फेरि कहिल्यै अनुग्रह देखाउनुहुनेछैन?+
८ के उहाँको अटल प्रेम सदाको लागि मेटिइसकेको छ?
के कुनै पुस्ताले उहाँको प्रतिज्ञा पूरा भएको देख्न पाउनेछैन?
९ के परमेश्वरले अनुग्रह देखाउन बिर्सिनुभयो?+
के उहाँले आफ्नो रिसले गर्दा कृपा देखाउन छोड्नुभयो? (सेला)
११ म याहका कामहरूको सम्झना गर्नेछु;
तपाईँले वर्षौँअघि गर्नुभएका आश्चर्यजनक कामहरू सम्झनेछु।
१३ हे परमेश्वर, तपाईँको मार्ग पवित्र छ।
हे परमेश्वर, तपाईँजस्तो महान् ईश्वर अरू को छ र?+
१४ तपाईँ साँचो परमेश्वर हुनुहुन्छ, जसले आश्चर्यजनक कामहरू गर्नुहुन्छ।+
तपाईँले जातिजातिका मानिसहरूसामु आफ्नो बल प्रकट गर्नुभएको छ।+
१५ आफ्नो पाखुराले* तपाईँले आफ्ना मानिसहरूलाई बचाउनुभएको छ,*+
याकुबका छोराहरूलाई र युसुफका छोराहरूलाई बचाउनुभएको छ। (सेला)
१६ हे परमेश्वर, सागरले तपाईँलाई देख्यो;
तपाईँलाई देखेर समुद्र अशान्त भयो+
अनि गहिरो पानीमा हलचल मच्चियो।
१८ तपाईँको गर्जनको आवाज+ रथको पाङ्ग्राको जस्तो थियो;
बिजुली चम्कँदा धर्ती नै उज्यालो भयो;+
पृथ्वी काँप्यो र हल्लियो।+
१९ तपाईँ सागर भएर जानुभयो,+
तपाईँको बाटो गहिरो समुद्रको बीचमा थियो
तर तपाईँको पाइलाको चिन्ह कतै देखिएन।