पहिलो पत्रुस
२ त्यसैले हरकिसिमका खराबी, छल, कपट, ईर्ष्या अनि अरूको कुरा काट्ने बानी त्याग।+ २ नवजात शिशुहरूले झैँ+ शुद्ध दूध अर्थात् परमेश्वरको वचनको तिर्सना गर। यसो गऱ्यौ भने त्यस वचनद्वारा तिमीहरू बढ्दै जानेछौ र उद्धार पाउनेछौ।+ ३ किनकि प्रभु दयालु हुनुहुन्छ भनेर तिमीहरूले चाखिसकेका छौ।*
४ हो, तिमीहरू त्यस जीवित ढुङ्गोकहाँ आयौ, जसलाई मानिसहरूले तिरस्कार गरे+ तर परमेश्वरले चुन्नुभयो अनि अनमोल ठान्नुभयो।+ ५ त्यसैले तिमीहरू आफै पनि जीवित ढुङ्गा हौ र तिमीहरूलाई आध्यात्मिक घरको रूपमा* निर्माण गरिँदै छ+ ताकि तिमीहरू पवित्र पुजारीको दल बन्न सक र तिमीहरूले परमेश्वरलाई येसु ख्रिष्टमार्फत स्वीकार्य आध्यात्मिक बलिदान* चढाउन सक।+ ६ किनकि धर्मशास्त्रमा यस्तो लेखिएको छ: “हेर, म सियोनमा एउटा चुनिएको ढुङ्गो बसाल्दै छु, जुन जगको कुनाको अनमोल ढुङ्गो हो; त्यसमाथि विश्वास गर्ने कोही पनि कहिल्यै निराश हुनेछैन।”*+
७ त्यसैले तिमीहरूको निम्ति उहाँ अनमोल हुनुहुन्छ किनकि तिमीहरूले उहाँमाथि विश्वास गऱ्यौ तर विश्वास नगर्नेहरूको निम्ति भने “जुन ढुङ्गोलाई डकर्मीहरूले काम नलाग्ने ठाने,+ त्यही ढुङ्गो नै कुनाको शिरढुङ्गो बनेको छ”+ ८ अनि “ठेस लाग्ने ढुङ्गो र ठक्कर दिने चट्टान” बनेको छ।+ तिनीहरू ठेस खान्छन् किनकि तिनीहरू परमेश्वरको वचन पालन गर्दैनन्। तिनीहरूको अन्त यसरी नै हुनुपर्ने हो। ९ तर तिमीहरू त “चुनिएको जाति, शाही पुजारीको दल, पवित्र जाति+ अनि परमेश्वरको विशेष सम्पत्ति हौ।+ त्यसकारण तिमीहरूले उहाँका असल गुणहरूबारे* चारैतिर घोषणा गर्नुपर्छ,”+ जसले तिमीहरूलाई अन्धकारबाट बोलाएर आफ्नो अद्भुत ज्योतिमा ल्याउनुभयो।+ १० किनकि कुनै बेला तिमीहरू परमेश्वरका जन थिएनौ तर अहिले परमेश्वरका जन हौ;+ कुनै बेला तिमीहरूलाई कृपा देखाइएको थिएन तर अहिले भने तिमीहरूले कृपा पाएका छौ।+
११ हे मेरा प्रियहरू हो, आफूलाई परदेशी अनि अस्थायी बासिन्दा+ ठानेर शारीरिक इच्छाहरूदेखि अलग बसिरहो+ भनी म तिमीहरूलाई आग्रह गर्छु किनकि यस्तै इच्छाहरूले तिमीहरूसित युद्ध गर्छ।+ १२ संसारका मानिसहरूबीच तिमीहरूको चालचलन असल भइरहोस्+ ताकि तिमीहरूलाई कुकर्मी भनेर दोष लगाउने मानिसहरूले आफ्नै आँखाले तिमीहरूको असल काम देखून्+ र परमेश्वरले जाँच्नुहुने दिनमा उहाँको महिमा गरून्।
१३ प्रभुको खातिर, मानिसहरूले स्थापना गरेका सबै अख्तियारको अधीनमा बस:+ चाहे राजाको+ किनकि तिनी अरूभन्दा ठूला हुन् १४ वा चाहे राज्यपालहरूको किनकि तिनीहरू कुकर्मीहरूलाई सजाय दिन तर असल काम गर्नेहरूको प्रशंसा गर्न राजाले पठाएका मानिसहरू हुन्।+ १५ परमेश्वरको इच्छा पनि यही छ कि तिमीहरूले असल काम गरेर मूर्ख मानिसहरूको मुख बन्द गर,* जो सोचविचारै नगरी तिमीहरूविरुद्ध बोल्छन्।+ १६ स्वतन्त्र मानिसहरूझैँ बाँच+ तर आफ्नो स्वतन्त्रतालाई खराब काम गर्ने आड* नबनाओ+ बरु परमेश्वरको दासको रूपमा जीवन बिताओ।+ १७ हरप्रकारका मानिसहरूको आदर गर,+ सबै भाइहरूलाई प्रेम गर,+ परमेश्वरको डर मान+ अनि राजाको आदर गर।+
१८ आफ्ना मालिकहरूलाई दिनुपर्ने आदर दिँदै नोकरहरू उनीहरूको अधीनमा बसून्।+ तिनीहरू असल अनि व्यावहारिक मालिकहरूको मात्र होइन तर रिझाउन गाह्रो मालिकहरूको पनि अधीनमा बसून्। १९ परमेश्वरसामु आफ्नो अन्तस्करण सफा राख्न यदि कसैले दुःख* सहन्छ अनि अन्याय भोग्छ भने त्यो राम्रै कुरा हो।+ २० किनकि तिमीहरूले पाप गरेकोले तिमीहरू पिटियौ अनि तिमीहरूले सह्यौ भने के नै ठूलो कुरा भयो र?+ तर तिमीहरूले असल काम गरेकोले दुःख पायौ अनि तिमीहरूले सह्यौ भने त्यो पो परमेश्वरको नजरमा राम्रो कुरा हो।+
२१ भनौँ भने यसैको निम्ति तिमीहरू बोलाइएका हौ किनभने ख्रिष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो+ र तिमीहरूले राम्ररी उहाँको पाइला पछ्याओ भनेर एउटा उदाहरण तिमीहरूका निम्ति छोड्नुभयो।+ २२ उहाँले एउटै पाप गर्नुभएन+ अनि उहाँको मुखमा कुनै छल पाइएन।+ २३ अरूले अपमान* गर्दा+ उहाँले उल्टो अपमान* गर्नुभएन।+ आफूले दुःख भोग्नुपर्दा+ उहाँले धम्काउनुभएन बरु सही न्याय गर्न सक्नुहुनेको+ हातमा आफूलाई सुम्पनुभयो। २४ हामी पापहरूबाट मुक्त हुन सकौँ अनि हामीले धर्मी जीवन बिताउन सकौँ भनेर उहाँ हाम्रा पापहरू बोकेर+ खम्बामा* टाँगिनुभयो।+ अनि “उहाँका चोटहरूद्वारा तिमीहरू निको भयौ।”+ २५ तिमीहरू बाटो बिराएका भेडाहरूजस्तै थियौ+ तर अब तिमीहरू आफ्नो गोठालो अनि तिमीहरूको जीवनको रेखदेख गर्नेकहाँ फर्केर आएका छौ।+