यसैया
५७ धर्मी मानिस नाश भएको छ
तर कसैलाई वास्ता छैन।
तर विपत्तिले गर्दा* धर्मी मानिसको मृत्यु भएको छ भनी
कसैले विचार गर्दैन।
२ उसलाई शान्ति हुन्छ।
असल मार्गमा हिँड्नेहरू आफ्नो ओछ्यानमा* चैनसित ढल्कन्छन्।
३ “हे तन्त्रमन्त्र गर्ने स्त्रीका सन्तान हो!
व्यभिचारबाट जन्मेका सन्तान र वेश्याका सन्तान हो!
तिमीहरू नजिक आओ!
४ तिमीहरू कसको ठट्टा गरिरहेका छौ?
कसको खिसी गर्न तिमीहरू मुख बाउँछौ र जिब्रो देखाउँछौ?
तिमीहरू पापी मानिसका सन्तान होइनौ र?
तिमीहरू छली मानिसका सन्तान होइनौ र?+
५ तिमीहरू ठूलठूला रूखमुनि,+
रूखको छहारीमुनि+ कामवासनाले जल्छौ।
तिमीहरू आफ्ना छोराछोरीलाई बेँसीमा* लगेर बलि चढाउँछौ,+
चट्टानका धाँजामा आफ्ना छोराछोरीलाई बलि चढाउँछौ।
६ तिमीले बेँसीका* चिल्ला ढुङ्गा छानेकी छ्यौ,+
तिमीले पाएको भाग त्यही हो।
त्यही ढुङ्गामाथि तिमी मद्यभेटी* र अरू भेटी चढाउँछ्यौ।+
तिम्रा भेटीहरू देखेर के म खुसी* होऊँ?
८ ढोका र चौकोसको पछाडि तिमीले सम्झनाको चिनो* राख्यौ।
तिमीले मलाई त्याग्यौ र आफूलाई नाङ्गो पाऱ्यौ,
तिमी माथि गयौ र आफ्नो ओछ्यान फराकिलो बनायौ।
तिमीले तिनीहरूसित वाचा बाँध्यौ।
तिनीहरूसित सुत्न पाउँदा तिमी रमायौ+
अनि तिमीले तिनीहरूको लिङ्ग हेऱ्यौ।*
९ तिमी तेल लिएर मलेककहाँ* गयौ,
धेरै अत्तर लिएर उसकहाँ गयौ।
तिमीले आफ्ना दूतहरूलाई टाढा पठायौ
अनि तिमी तल चिहानमा* गयौ।
१० थरीथरीका बाटोमा हिँडेर तिमी थाकिसक्यौ
तैपनि तिमीले यसो भनिनौ, ‘सब बेकार भयो!’
तिमी नयाँ जोस लिएर आयौ;
त्यसैले त तिमीले हार मानिनौ।
११ तिमी कोसित डरायौ
र मसित झूट बोल्न थाल्यौ?+
तिमीले मलाई सम्झिनौ,+
मेरो कुरामा ध्यान दिइनौ।+
म चुपचाप बसेँ र तिमीलाई सहिरहेँ,+
त्यही भएर तिमीले मेरो डर मान्न छोड्यौ।
१२ तिम्रो देखावटी धर्मकर्म+ र तिम्रो कामको+ म पर्दाफास गरिदिनेछु।
तिम्रा ती कामहरूबाट तिमीलाई केही फाइदा हुनेछैन।+
१३ तिमीले गुहार माग्दा
तिमीले थुपारेका मूर्तिहरूले तिमीलाई बचाउनेछैनन्।+
बतासले ती सब उडाइदिन्छ,
एकै सासले ती सबै उडेर जान्छ।
तर जसले ममाथि भरोसा गर्छ, उसैले देश अधिकार गर्नेछ;
ऊ नै मेरो पवित्र डाँडामा बस्न पाउनेछ।+
१४ त्यसपछि यसो भनिनेछ, ‘बाटो बनाऊ! बाटो बनाऊ! बाटो तयार पार!+
मेरा मानिसहरू हिँड्ने बाटोमा कुनै अवरोध नहोस्!’”
१५ जो उच्च र महान् हुनुहुन्छ, जो अनन्त हुनुहुन्छ+
जसको नाम पवित्र छ,+ उहाँ यसो भन्नुहुन्छ:
“म उच्च र पवित्र ठाउँमा बस्छु।+
तैपनि मन भाँचिएका र कमजोरहरूको साथमा हुन्छु।
म कमजोरहरूलाई बल दिन्छु
अनि मन भाँचिएकाहरूलाई सान्त्वना दिन्छु।+
१६ म सधैँ तिनीहरूको विरोध गर्दिनँ,
म सधैँ तिनीहरूदेखि रिसाउँदिनँ+
नत्र त मेरो कारण मानिस* कमजोर हुनेछ,+
मैले बनाएको हरेक जीव, जसले सास फेर्छ, त्यो कमजोर हुनेछ।
१७ इस्राएलले गरेको पाप देखेर,
उसले बेइमानी गरेर धन कमाएको देखेर म रिसाएँ।+
अनि मैले उसलाई हिर्काएँ; रिसले चूर भएर मैले आफ्नो अनुहार ऊदेखि फर्काएँ।
तैपनि उसले धोका दिइरह्यो+ र मनपरी गर्न छोडेन।
१९ यहोवा भन्नुहुन्छ, “म मानिसको मुखबाट प्रशंसाका शब्दहरू* निकाल्नेछु,
चाहे ऊ टाढा होस् वा नजिक, म उसलाई शान्ति दिइरहनेछु,+
म उसलाई निको पार्नेछु।”
२० “दुष्टहरू उर्लिरहेको समुद्रजस्तै हुन्, जसको छाल कहिल्यै शान्त हुँदैन,
जसको पानीले सधैँ लेउ र हिलो हुत्याइरहन्छ।
२१ दुष्टलाई कहिल्यै शान्ति हुँदैन,” मेरा परमेश्वर भन्नुहुन्छ।+