भजनसङ्ग्रह
निर्देशकलाई; गित्तिथमा* मिलाउने। आसापको रचना।+
८१ परमेश्वर हाम्रा बल हुनुहुन्छ, उहाँको लागि खुसीले कराओ।+
याकुबका परमेश्वरको जयजयकार गर।
२ सङ्गीत बजाउन सुरु गर, खैँजडी बजाओ,
तारे बाजाको साथमा सुमधुर धुन बज्ने वीणा बजाओ।
४ किनकि यो इस्राएलको लागि आदेश हो,
याकुबका परमेश्वरको आज्ञा हो।+
५ जब परमेश्वर मिश्रको विरुद्धमा उठ्नुभयो,+
तब उहाँले युसुफको लागि सम्झौटाको रूपमा त्यो आज्ञा दिनुभयो।+
मैले एउटा स्वर* सुनेँ, जुन मैले चिन्न सकिनँ:
६ “मैले उसको काँधबाट बोझ हटाइदिएँ;+
उसका हातले टोकरी उठाउनबाट छुटकारा पाए।
७ सङ्कटमा पर्दा तिमीले मलाई पुकाऱ्यौ र मैले तिम्रो उद्धार गरेँ;+
८ हे मेरा मानिसहरू हो, मेरो कुरा सुन र म तिमीहरूको विरुद्धमा गवाही दिनेछु।
हाय इस्राएल, तिमीले मेरो कुरा सुनेको भए त!+
९ तिमीहरूमाझ कुनै पराई देवता हुनेछैन
अनि तिमीहरूले अरू कुनै जातिको देवतालाई ढोग्नेछैनौ।+
१० म, यहोवा, तिमीहरूका परमेश्वर हुँ,
तिमीहरूलाई मिश्रबाट छुटाएर ल्याउने म नै हुँ।+
आफ्नो मुख पूरै खोल र म त्यो भरिदिनेछु।+
११ तर मेरा मानिसहरूले मेरो स्वर सुनेनन्;
इस्राएल मेरो अधीनमा बस्न मानेन।+
१२ त्यसैले मैले तिनीहरूलाई तिनीहरूकै हठी हृदयअनुसार हिँड्न दिएँ;
१४ तिनीहरूका शत्रुहरूलाई म तुरुन्तै पराजित गरिदिने थिएँ;
म तिनीहरूका दुस्मनहरूविरुद्ध आफ्नो हात उठाउने थिएँ।+
१५ यहोवालाई घृणा गर्नेहरू उहाँसामु डरले खङ्ग्रङ्ग हुनेछन्
अनि तिनीहरूले सदाको लागि दण्ड पाउनेछन्।