पहिलो राजा
४ राजा सुलेमानले सारा इस्राएलमा शासन गरे।+ २ उच्च ओहदाका तिनका अफिसरहरू यी थिए: सादोकका+ छोरा अजर्याह, जो पुजारी थिए; ३ सिसाका छोरा एलिहोरेफ र अहियाह, जो सचिव थिए;+ अहिलुदका छोरा यहोसापात,+ जो लेखनदास थिए; ४ यहोयादाका छोरा बेनायाह,+ जो सेनापति थिए; सादोक र अबियातार, जो पुजारी थिए;+ ५ नातानका+ छोरा अजर्याह, जो प्रशासकहरूका हाकिम थिए; नातानका छोरा जबुद, जो पुजारी र राजाका साथी थिए;+ ६ अहिसर, जो राजमहलको रेखदेख गर्ने अधिकारी थिए अनि अब्दाका छोरा अदोनिराम,+ जो राजाको लागि मजदुरी गर्नेहरूका मुखिया थिए।+
७ सुलेमानले सारा इस्राएलमा १२ जना प्रशासक नियुक्त गरेका थिए। तिनीहरूले राजा र तिनको महलका सबैको लागि खानेकुराको प्रबन्ध गर्थे। तिनीहरूलाई हरेक महिना पालैपालो खानेकुराको प्रबन्ध गर्ने जिम्मेवारी दिइएको थियो।+ ८ ती प्रशासकहरू यी थिए: हुरका छोरा, जसको अधिकारमा एप्रैमको पहाडी इलाका थियो; ९ दकेरका छोरा, जसको अधिकारमा मकज, सालबिम,+ बेथ-सेमेस र एलोन-बेथ-हानान थियो; १० हेसेदका छोरा, जसको अधिकारमा अरुब्बोथ थियो (सोकोह र हेपेरको सबै इलाका पनि तिनको अधिकारमा थियो); ११ अबिनादाबको छोरा, जसको अधिकारमा दोरका सबै पहाडी इलाका थियो (तिनले सुलेमानकी छोरी ताफथसित विवाह गरेका थिए); १२ अहिलुदको छोरा बाना, जसको अधिकारमा तानक, मगिद्दो,+ बेथ-सेनका सबै इलाका+ (त्यो इलाका जारेथानको नजिकै र यिज्रेलको तलतिर पर्थ्यो) अर्थात् बेथ-सेनदेखि हाबिल-मेहोलाह हुँदै योक्मिमसम्मको इलाका थियो;+ १३ गेबेरको छोरा, जसको अधिकारमा रामोथ-गिलाद थियो+ (तिनको अधिकारमा मनस्सेको सन्तान याइरका गाउँहरू* थिए,+ जुन गाउँहरू गिलादमा पर्थे+ अनि बासानमा+ पर्ने अर्गोब+ पनि तिनको अधिकारमा पर्थ्यो; त्यहाँ पर्खालले घेरिएका ६० वटा ठूला सहर थिए र ती सहरहरूको ढोकामा तामाका गजबारहरू लगाइएका थिए); १४ इद्दोका छोरा अहिनादाब, जसको अधिकारमा महनैम थियो;+ १५ अहिमास, जसको अधिकारमा नप्तालिको इलाका थियो (तिनले सुलेमानकी अर्की छोरी बास्मथसित विवाह गरेका थिए); १६ हुसैका छोरा बाना, जसको अधिकारमा असेर र बेआलोथ थियो; १७ पारुहका छोरा यहोसापात, जसको अधिकारमा इस्साकारको इलाका थियो; १८ एलाका छोरा सिमि,+ जसको अधिकारमा बिन्यामिनको इलाका थियो;+ १९ उरिका छोरा गेबेर, जसको अधिकारमा गिलादको इलाका थियो।+ यो इलाका पहिले एमोरीहरूका राजा सिहोन+ र बासानका राजा ओगको+ थियो। इस्राएलमा भएका यी सबै प्रशासकका पनि एक जना हाकिम थिए।
२० यहुदाका र इस्राएलका मानिसहरू समुद्र किनारका बालुवासरी असङ्ख्य थिए।+ तिनीहरूसित खाने र पिउने कुराको कुनै कमी थिएन; तिनीहरूको जीवनमा खुसीयाली छाएको थियो।+
२१ सुलेमानले युफ्रेटिस नदीदेखि पलिस्तियालीहरूको देश र मिश्रको सिमानासम्म भएका सबै राज्यमाथि शासन गरे।+ ती राज्यहरूले राजा सुलेमानलाई तिनको जीवनकालभरि नै तिरो तिरे र तिनको सेवा गरे।+
२२ सुलेमानको महलमा हरेक दिन खाना तयार पार्न यति सामग्री लाग्थ्यो: ३० कोर* मसिनो पीठो, ६० कोर पीठो, २३ गोठमा पालिएका १० वटा गाईवस्तु, चरनमा पालिएका २० वटा गाईवस्तु अनि १०० वटा भेडा। यसबाहेक केही जरायो, मृग, थार र घरमा पालिएका कोइली चराको मासु पनि पकाइन्थ्यो। २४ सुलेमानले युफ्रेटिस नदीको पश्चिमतिरका सबै इलाकामा अधिकार जमाएका थिए,+ जुन तिफ्सादेखि गाजासम्म पर्थ्यो।+ त्यस इलाकाका सबै राजा पनि सुलेमानको अधीनमा थिए। तिनले शासन गरेका सबै इलाकामा शान्ति छाएको थियो।+ २५ सुलेमानको शासनकालमा दानदेखि बेर्सेबासम्म यहुदाका र इस्राएलका सबै मानिस सुरक्षित थिए; त्यहाँका हरेक मानिस आफ्नै अङ्गुरको बोटमुनि र आफ्नै अन्जिरको रूखमुनि ढुक्कसँग बस्थे।
२६ सुलेमानका रथका घोडाहरू राख्न ४ हजार* तबेला थिए र तिनका १२ हजार घोडा* थिए।+
२७ राजा सुलेमानका प्रशासकहरूले तिनको लागि र तिनको भान्छामा खाने सबैको लागि खानेकुराको प्रबन्ध गर्थे। ती प्रशासकहरूले पालैपालो एक-एक महिना काम गर्नुपर्थ्यो र आफ्नो पालोमा कुनै कुराको कमी हुन नदिन तिनीहरू सधैँ होसियार हुनुपर्थ्यो।+ २८ तिनीहरूले घोडाहरूको लागि र रथका घोडाहरूको लागि जहाँ-जहाँ जौ र पराल चाहिन्छ, त्यहाँ-त्यहाँ जौ र पराल पनि ल्याउँथे; प्रत्येक प्रशासकले कति जौ र पराल दिने भनेर तोकिएको थियो।
२९ परमेश्वरले सुलेमानलाई अपार बुद्धि र समझशक्ति दिनुभयो। समझले भरिएको तिनको हृदय समुद्र किनारामा फैलिएको बालुवाजत्तिकै विशाल थियो।+ ३० सुलेमान पूर्वका सबै मानिसभन्दा अनि मिश्रका सबै मानिसभन्दा कैयौँ गुणा बुद्धिमान् थिए।+ ३१ सुलेमानजस्तो बुद्धिमान् मानिस अरू कोही थिएन। तिनी एज्रहका सन्तान एतानभन्दा+ अनि महोलका छोराहरू हेमान,+ कलकोल+ र दार्दाभन्दा पनि बुद्धिमान् थिए; वरपरका सबै देशमा तिनको ख्याति फैलिएको थियो।+ ३२ तिनले ३ हजार वटा हितोपदेश रचे*+ र १ हजार ५ वटा गीत लेखे।+ ३३ तिनलाई किसिम-किसिमका रूखहरूबारे थाह थियो। तिनी लेबनानमा पाइने देवदारका रूखदेखि लिएर भित्तामा उम्रने हिसपसम्मका* कुरा बताउँथे।+ तिनलाई किसिम-किसिमका जनावरहरूबारे पनि थाह थियो।+ चराचुरुङ्गी,+ घस्रने जीवहरू,+ किराफट्याङ्ग्रा र माछाहरूबारे तिनी बताउँथे। ३४ सबै देशका मानिसहरू सुलेमानको बुद्धिका कुरा सुन्न आउँथे। सुलेमानको बुद्धिबारे सुनेर पृथ्वीको चारैतिरबाट राजाहरू पनि आउँथे।+