भजनसङ्ग्रह
४ तर मैले यहोवाको नाम पुकारेँ:+
“हे यहोवा, मलाई बचाउनुहोस्!”
६ यहोवा अनुभवहीनहरूलाई रक्षा गर्नुहुन्छ।+
म असहाय भएको थिएँ तर उहाँले मलाई बचाउनुभयो।
७ म फेरि चिन्तामुक्त हुनेछु
किनकि यहोवाले मलाई दया देखाउनुभएको छ।
८ तपाईँले मलाई मृत्युबाट छुटाउनुभएको छ,
मेरो आँखालाई रुन र मेरो खुट्टालाई ठेस लाग्न दिनुभएको छैन।+
९ जीवितहरूको देशमा म यहोवासामु हिँड्नेछु।
१० मलाई विश्वास थियो, त्यसैले मैले बोलेँ;+
म साह्रै कष्टमा थिएँ।
११ म आत्तिएँ र भनेँ:
“सबै मानिस झूटा हुन्।”+
१२ यहोवाले मेरो लागि गर्नुभएका सबै उपकारको साटो
म उहाँलाई के चढाऊँ?
१३ म उद्धारको कचौरा लिनेछु
र यहोवाको नाम पुकार्नेछु।
१४ मैले यहोवासित गरेका भाकलहरू
उहाँका सबै मानिससामु म पूरा गर्नेछु।+
१६ हे यहोवा, म तपाईँलाई बिन्ती गर्छु
किनकि म तपाईँको सेवक हुँ।
म तपाईँको सेवक हुँ, तपाईँकी दासीको छोरा।
तपाईँले मेरा बन्धनहरू फुकाउनुभएको छ।+
१७ म तपाईँलाई धन्यवादको भेटी चढाउनेछु;+
म यहोवाको नाम पुकार्नेछु।