भजनसङ्ग्रह
निर्देशकलाई; “लिली”-अनुसार। कोरहवंशीको भजन।+ मास्किल।* प्रेम गीत।
२ तिमी पुरुषहरूमध्ये सबैभन्दा सुन्दर छौ।
तिम्रो ओठबाट अनुग्रहले भरिएको बोली निस्कन्छ।+
त्यसैले परमेश्वरले तिमीलाई आशिष् दिनुभएको छ, जुन कहिल्यै हराएर जानेछैन।+
४ पूरै वैभवमा सवार भएर विजयतर्फ* अघि बढ;+
सत्य, नम्रता र धार्मिकताको लागि सवार होऊ+
अनि तिम्रो दाहिने हातले अचम्म-अचम्मका कामहरू गर्नेछ।*
७ तिमी धार्मिकतालाई प्रेम गर्छौ+ र दुष्टतालाई घृणा गर्छौ।+
त्यसैले परमेश्वरले, तिम्रै परमेश्वरले तिमीलाई तिम्रा साथीहरूलाई भन्दा बढ्ता गरेर हर्षको तेलले+ अभिषेक गर्नुभएको छ।+
८ तिम्रो पोसाकबाट मर्र,* अगरु* र क्यासियाको* बास्ना आउँछ;
हस्तिदन्तले सजिएको राजमहलमा बजिरहेको सुरिलो धुनले तिमीलाई हर्षित तुल्याउँछ।
९ तिम्रा माननीय स्त्रीहरूमा राजकुमारीहरू पनि छन्।
तिम्रो दाहिने हातपट्टि ओपिरको सुनले झकिझकाउ रानी छिन्।+
१० सुन, हे छोरी, कान थापेर सुन;
आफ्ना मानिसहरू र आफ्नो बुबाको घरलाई बिर्स।
११ अनि तिम्रो सुन्दरताले राजालाई मोहित पार्नेछ
किनकि उनी तिम्रा स्वामी हुन्,
त्यसैले उनलाई दण्डवत् गर।
१२ टायरकी राजकुमारी उपहार लिएर आउनेछिन्;
धनी मानिसहरूले तिम्रो निगाह खोज्नेछन्।
१३ राजमहलभित्र राजकुमारी अति शोभायमान देखिन्छिन्;
सुन जडिएको पोसाकमा तिनी सजिएकी छिन्।
१४ बुनिएको सानदार पोसाकमा* तिनी राजासामु पुऱ्याइनेछिन्।
तिनका कुमारी सहेलीहरूले तिनलाई पछ्याउनेछन्।
१५ तिनीहरू हर्ष र रमाहटका साथ आउनेछन्;
तिनीहरू राजमहलभित्र प्रवेश गर्नेछन्।