यसैया
४९ हे टापुहरू हो, मेरो कुरा सुन।
हे टाढा-टाढाका जातिहरू हो, मेरो कुरा ध्यान दिएर सुन।+
म जन्मनुअघि नै* यहोवाले मलाई बोलाउनुभएको थियो।+
म आफ्नी आमाको गर्भमा हुँदा नै उहाँले मेरो नाम लिएर मलाई बोलाउनुभएको थियो।
२ उहाँले मेरो मुखलाई धारिलो तरबारजस्तै बनाउनुभयो;
मलाई आफ्नो हातको छायामा लुकाउनुभयो।+
उहाँले मलाई चमचम टल्किएको काँड बनाउनुभयो;
मलाई आफ्नो ठोक्रोमा लुकाउनुभयो।
४ तर मैले भनेँ: “मेरो मेहनत त्यसै खेर गयो।
मैले बेकारमा आफ्नो बल खर्च गरेँ।
तर यहोवाले पक्कै मेरो न्याय गर्नुहुन्छ*
५ यहोवा, जसले मलाई गर्भैदेखि आफ्नो सेवकको रूपमा रच्नुभयो,
याकुबलाई फेरि उहाँकहाँ ल्याउन उहाँले मलाई अह्राउनुभएको छ
ताकि इस्राएल उहाँसामु जम्मा हुन सकोस्।+
यहोवाको नजरमा मेरो गरिमा बढ्नेछ
र मेरा परमेश्वर मेरो बल हुनुहुनेछ।
६ उहाँले भन्नुभयो: “याकुबको कुललाई खडा गराउन
र इस्राएलका बाँकी रहेकाहरूलाई फेरि ल्याउन मात्र
मैले तिमीलाई मेरो सेवक बनाएको होइनँ।
पृथ्वीको कुनाकुनासम्म उद्धारको मेरो सन्देश पुग्न सकोस् भनेर+
मैले तिमीलाई जातिजातिका मानिसहरूका लागि ज्योति तुल्याएको छु।”+
७ इस्राएललाई मोल तिरेर छुटाउनुहुने पवित्र परमेश्वर यहोवा,+ शासकहरूको सेवक, जसलाई जातिजातिका मानिसहरूले तुच्छ ठान्छन् अनि घृणा गर्छन्,+ तिनलाई यसो भन्नुहुन्छ:
“राजाहरू तिमीलाई देखेर खडा हुनेछन्
र शासकहरू तिमीसामु निहुरिनेछन्।
भरोसायोग्य परमेश्वर यहोवाको कारण+ तिनीहरूले तिमीलाई यसो गर्नेछन्,
तिमीलाई रोज्नुभएको इस्राएलका पवित्र परमेश्वरको कारण+ यसो गर्नेछन्।”
८ यहोवा यसो भन्नुहुन्छ:
“निगाहको समयमा मैले तिमीलाई जवाफ दिएँ,+
उद्धारको समयमा मैले तिमीलाई मदत गरेँ।+
तिमीलाई म र मानिसहरूबीचको करार ठहराउन मैले तिम्रो रक्षा गरिरहेँ;+
देशमा मानिसहरूलाई फेरि बसाल्न
र उजाड भएर बसेको तिनीहरूको पुर्ख्यौली जमिन तिनीहरूलाई फिर्ता दिन मैले त्यसो गरेँ।+
९ कैदीहरूलाई ‘निस्केर आओ!’+
र अन्धकारमा हुनेहरूलाई+ ‘उज्यालोमा आओ!’ भन्न मैले त्यसो गरेँ।
तिनीहरूले बाटोको छेउमा खानेछन्,
मानिसहरू आवतजावत गर्ने ठाउँहरूमा* तिनीहरूले आफ्नो पेट भर्नेछन्।
किनकि तिनीहरूमाथि कृपा देखाउनुहुने परमेश्वरले तिनीहरूलाई डोऱ्याउनुहुनेछ+
र उहाँले तिनीहरूलाई पानीको मुहानतर्फ लैजानुहुनेछ।+
११ म मेरा सबै पर्वतलाई सम्म परेको बाटो बनाउनेछु
अनि मेरा मूलबाटोहरूलाई उचाल्नेछु।+
१२ हेर! तिनीहरू टाढादेखि आउँदै छन्,+
कोही उत्तरबाट त कोही पश्चिमबाट
अनि कोहीचाहिँ सिनिम देशबाट आउँदै छन्।”+
१३ हे आकाश, खुसीले कराऊ! हे पृथ्वी, रमाऊ!+
हे पहाडहरू हो, खुसीले चिच्याओ!+
किनकि यहोवाले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुभएको छ+
र दुःख पाएका आफ्ना मानिसहरूमाथि कृपा देखाउनुभएको छ।+
१५ के कुनै आमाले आफ्नो दूधेबालकलाई बिर्सन सक्छे र?
वा आफ्नो गर्भबाट जन्मेको बच्चालाई कठोर व्यवहार गर्छे र?
बरु तिनीहरूले बिर्सेलान् तर म तिमीलाई कहिल्यै बिर्सनेछैनँ।+
१६ हेर! मैले तिम्रो नाम मेरो हत्केलामा खोपेको छु।
तिम्रा पर्खालहरू सधैँ मसामु छन्।
१७ तिम्रा छोराहरू हतार-हतार फर्केर आएका छन्।
तिम्रो विनाश गरेर तिमीलाई उजाड पार्नेहरू तिम्रो सामुबाट जानेछन्।
१८ आफ्नो आँखा उठाएर चारैतिर हेर।
तिनीहरू सबै जना जम्मा भएर+ तिमीकहाँ आउँदै छन्।
यहोवा घोषणा गर्नुहुन्छ: “म आफ्नै कसम खाएर भन्छु,
दुलहीले गहना पहिरेझैँ तिमीले तिनीहरूलाई पहिरिनेछौ
र दुलहीले हार लगाएझैँ तिमीले तिनीहरूलाई लगाउनेछौ।
१९ तिम्रा ठाउँहरू उजाड र सुनसान भए पनि र तिम्रो देश खण्डहर भए पनि+
त्यो अब मानिसहरूको लागि असाध्यै सानो हुनेछ।+
अनि जसले तिमीलाई निलेका थिए,+ तिनीहरू अब तिमीदेखि परै बस्नेछन्।+
२० तिमीले आफ्ना बालबच्चाहरू गुमाएपछि जन्मिएका छोराहरूले तिमीलाई यसो भन्नेछन्:
‘यो ठाउँ हामीलाई साह्रै साँघुरो भयो,
हाम्रो लागि बस्ने ठाउँ मिलाइदिनुहोस्।’+
२१ अनि तिमीले मनमनै भन्नेछौ,
‘यिनीहरूलाई मेरो निम्ति कसले जन्मायो?
मैले त आफ्ना बालबच्चा गुमाइसकेकी छु अनि म बाँझी छु।
मलाई त कैदी बनाएर निर्वासनमा लगिएको थियो।
यिनीहरूलाई कसले हुर्कायो?+
मलाई त एक्लै छोडिएको थियो,+
यिनीहरू कहाँबाट आए?’”+
२२ ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ:
“म राष्ट्रहरूलाई आफ्नो हातले इसारा गर्नेछु।
म जातिजातिको लागि झन्डा ठड्याउनेछु।+
अनि तिनीहरूले तिम्रा छोराहरूलाई आफ्नो छातीमा बोकेर ल्याउनेछन्
र तिम्रा छोरीहरूलाई आफ्नो काँधमा बोकेर ल्याउनेछन्।+
२३ राजाहरू तिम्रो सेवक बन्नेछन्+
अनि राजकुमारीहरू तिम्रो सुसारे बन्नेछन्।
तिमीसामु तिनीहरू भुईँसम्मै निहुरिनेछन्,+
तिनीहरूले तिम्रो खुट्टाको धुलो चाट्नेछन्।+
तब म नै यहोवा हुँ भनेर तिमीले जान्नेछौ।
मेरो बाटो हेर्नेहरू शर्ममा पर्नेछैनन्।”+
२४ बलियो मानिसको कैदमा परेकाहरूलाई कसैले छुटाउन सक्छ र?
निरङ्कुश शासकको बन्धनमा परेकाहरूलाई कसैले मुक्त गर्न सक्छ र?