अय्युब
४ के पापी मानिसले पापरहित मानिस जन्माउन सक्छ?+
कदापि सक्दैन!
६ मजदुरले जस्तै दिनभरिको काम सिद्ध्याएर आराम नगरेसम्म
उसको एक-एक कदम नजाँच्नुहोस्।+
७ किनकि एउटा रूखको समेत आशा हुन्छ।
त्यसलाई काटेर ढाले पनि त्यो फेरि पलाउँछ
अनि त्यसमा पालुवा लाग्छ।
८ त्यसको जरा छिप्पिए पनि
र त्यसको ठुटो माटोमै सुके पनि
९ पानीको गन्ध पाउनेबित्तिकै त्यो फेरि पलाउन थाल्छ
र नयाँ बोटमा जस्तै हाँगाबिँगा लाग्छ।
१० तर मानिस मरेपछि उसमा केही शक्ति रहँदैन।
सास निस्केपछि उसको कुनै अस्तित्व रहँदैन।+
११ जसरी समुद्रको पानी बिलाउँछ
अनि नदीको पानी घट्दै जान्छ र सुक्छ,
१२ त्यसरी नै मानिस पनि मर्छ र उठ्न सक्दैन।+
जबसम्म आकाश रहन्छ, तबसम्म ऊ ब्युँझन सक्दैन।
ऊ आफ्नो निद्राबाट उठ्न सक्दैन।+
१३ हे परमेश्वर, मलाई चिहानमा* लुकाउनुहोस्।+
तपाईँको रिस नमरेसम्म मलाई लुकाएर राख्नुहोस्।
तपाईँले तोक्नुभएको समय सिद्धिएपछि मलाई फेरि सम्झनुहोस्।+
१४ मानिस मरेपछि ऊ फेरि जिउँदो हुन सक्छ र?+
१५ तपाईँले मलाई बोलाउनुहुनेछ र म जवाफ दिनेछु।+
आफ्नो हातको सृजना हेर्न तपाईँले तीव्र इच्छा गर्नुहुनेछ।
१६ तर अहिले त तपाईँ मेरो एक-एक कदममा नजर राख्नुहुन्छ,
तपाईँ मेरा पापहरू मात्र खोज्नुहुन्छ।
१७ तपाईँले मेरा अपराधहरू झोलामा साँचेर राख्नुभएको छ
अनि मेरा गल्तीहरूलाई त्यसभित्र राखेर लाहाछाप लगाइदिनुभएको छ।
१८ जसरी पहाड गर्ल्यामगुर्लुम खस्छ
अनि चट्टान त्यसको ठाउँबाट उप्किन्छ,
१९ जसरी पानीको धारले गर्दा ढुङ्गाहरू खिइन्छ
र भेलले माटो बगाएर लग्छ,
त्यसरी नै तपाईँले मानिसको आशालाई चकनाचुर पारिदिनुभएको छ।
२० उसको सास नगएसम्म तपाईँ उसलाई आफ्नो वशमा राख्नुहुन्छ।+
तपाईँ उसलाई कुरूप बनाउनुहुन्छ, उसलाई जीवितहरूको देशबाट हटाइदिनुहुन्छ;
२१ त्यसपछि त उसका छोराहरूले सम्मान पाए पनि उसलाई थाह हुँदैन।
अथवा कसैले तिनीहरूको वास्ता नगरे पनि उसले अत्तोपत्तो पाउँदैन।+
२२ जीवित छउन्जेल मात्र उसले पीडा महसुस गर्छ।
बाँचुन्जेल मात्र उसले विलाप गर्छ।”