भजनसङ्ग्रह
दाउदको रचना।
१०३ मेरो हृदयले यहोवाको प्रशंसा गरोस्;
म तनमनले उहाँको पवित्र नामको गुणगान गाउन चाहन्छु।
४ तिमीलाई चिहानबाट निकालेर उहाँले तिम्रो ज्यान बचाउनुहुन्छ+
अनि उहाँको अटल प्रेम र कृपाको मुकुट तिमीलाई पहिऱ्याउनुहुन्छ।+
५ तिम्रो जीवनभर असल कुराहरू दिएर उहाँले तिमीलाई सन्तुष्ट पार्नुहुन्छ,+
त्यसैले तिमी चीलजस्तै तरुनो र छरितो रहनेछौ।+
१० उहाँले हामीसित हाम्रो पापअनुसार व्यवहार गर्नुभएको छैन+
न त हाम्रो गल्तीअनुसार हामीलाई सजाय नै दिनुभएको छ।+
१३ जसरी बुबाले आफ्नो छोरामाथि कृपा देखाउँछ,
त्यसैगरि उहाँले आफ्नो भय मान्नेहरूमाथि कृपा देखाउनुभएको छ।+
१४ किनकि हामी कसरी बनिएका हौँ, उहाँ राम्ररी जान्नुहुन्छ;+
हामी धुलोको कण मात्र हौँ भनी उहाँ बुझ्नुहुन्छ।+
१६ तर जब बतास चल्छ, त्यो हराइहाल्छ,
मानौँ, त्यो छँदै थिएन।*
१७ तर ज-जसले यहोवाको भय मान्छन्,
तिनीहरूप्रति उहाँको अटल प्रेम सदा* रहिरहन्छ,+
उहाँले तिनीहरूका सन्तान दरसन्तानसम्मलाई भलाइ देखाइरहनुहुन्छ।+
१८ हो, तिनीहरूलाई, जो उहाँको करारअनुसार चल्छन्+
अनि उहाँका आज्ञाहरू होसियार भई पालन गर्छन्।
२० हे सबै स्वर्गदूत हो, यहोवाको प्रशंसा गर;+
तिमीहरू, जो शक्तिले भरिपूर्ण छौ र उहाँको स्वर सुनेर उहाँको आदेश पालन गर्छौ।+
२१ हे उहाँका सबै सेना हो, यहोवाको प्रशंसा गर;+
तिमीहरू, जो उहाँको इच्छा पूरा गर्ने उहाँका सेवकहरू हौ।+
२२ हे सारा सृष्टि हो, यहोवाको प्रशंसा गर,
उहाँले शासन गर्नुहुने सबै ठाउँमा* उहाँको प्रशंसा गर।
मेरो सारा ज्यानले यहोवाको प्रशंसा गरोस्।