राज्य प्रचारकहरूका रिपोर्ट
विरोध हुँदा हुँदै पनि साइप्रसमा सुसमाचार उन्नतिशील
प्रेरित पावलले राज्यको सुसमाचारको प्रचार साइप्रसमा गर्नु भएको थियो। (प्रेरित १३:४-१२) त्यो थियो ई. स. ४७-४८ सालमा। तर आज, यो सुन्दर टापुमा १,१५४ यहोवाका साक्षीहरूले सुसमाचारको प्रचार गरिरहेकाछन् र बितेको सालको एप्रिल महिनामा २,५७० जना मानिसहरू, ख्रीष्टको स्मणार्थ मनाउन भेला भए। यसको अर्थ, यो टापुमा अझ पनि परमेश्वरको डर मान्ने र सत्य हृदय भएका मानिसहरू धेरै छन्। तर यहोवाका साक्षीहरूले प्रचार गरेका शान्तिमय समाचारलाई एका तिर धेरै जनाले स्वागत् गर्छन् भने, अर्को तिर येशूका दिनका यहूदी धर्मगुरूहरूले गरे झैं, साइप्रसको ग्रीक अर्थडक्स गिर्जाले विरोध गर्दछ। (यूहन्ना १५:२०) साइप्रसको शाखा कार्यालय बाट यो लिखित खबर प्राप्त छ: “ग्रीक अर्थडक्स गिर्जाले, पहिला कहिल्यै न गरेको ढङ्गमा, हाम्रो प्रचारको कामलाई रोक्ने फैसला प्रकट गरिरहेकोछ।” यो रिपोर्ट अनुसार, हाम्रा भाइहरू प्रचारको काममा घर-घर जाँदा त्यहाँका धर्मगुरूहरूले तिनीहरूलाई धेरै नै दुख दिन्छन् र भाइहरूलाई झगड़ालु तर्कमा विथोलित् पार्न ती धर्मगुरूहरूले निहुँ खोजी रहन्छन्। र मौका पाउने साथै, तिनीहरूले हाम्रा भाइहरूलाई मुहल्लामा हङ्गामा उठाएको आरोप लगाउँछन्। तर हाम्रा भाइहरू यस प्रकारका झगड़ा र तर्कमा विथोलित् न भइकन चुप चाप त्यहाँ बाट हिड़िदिन्छन्।
र वास्तवमा, धर्मगुरूहरूले गरेका विरोधको कुनै बेला असर उल्टा पर्नु जान्छ। उदाहरणका लागि, केहि महिना अघि, एक जना स्त्रीले यहोवाका साक्षीहरू सँग बाइबल अध्ययन गर्न थालिन्। हालैमा, उनको पतिले पनि यो अध्ययनमा भाग लिन थाले। तर तिनीहरूको यो बाइबल अध्ययन बन्द गराउने आशामा, एक जना पादरी यो दम्पती सँग भेट गर्न आए। पादरीले तिनी दुवैलाई त्रीएकको शिक्षा समझाउने कोशिश गरे। तर केहि समय पछि, पति चाँहिले कुरा काट्दै, एसो भने: “तर आज येशू स्वर्गमा शारीरिक रूपमा हुनु हुन्छ भने, उहाँ फेरि कसरी, तपाईंले भन्नु भए अनुसार, परमेश्वर सँग एक हुन सक्नु हुन्छ किनभने परमेश्वर ता आत्मा हुनुहुन्छ। यो कुरा मैले बुझ्नु सकिन।” पादरीले एसो भन्दै जवाब दिए: “सबै कुरा बुझ्नै पर्छ भन्ने आवश्यक्ता छैन।” तर चासो लिने मानिसले एसो भने: “तर मैले बुझे अनुसार, येशू परमेश्वरको पुत्र हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनु हुन्न। र अब म त्रीएक बारे अझ केहि सुन्न चाँहदिन।” यो सुनेर, पादरी रिसाएर उठदै एसो भनेछन्: “तिम्रो बाइबल अध्ययनमा तिमी धेरै नै अघि बढ़ी सकेछौ। अब तिमीमा केहि परिवर्तन हुनु सक्दैन।”
आज पत्नी सबै सभाहरूमा आउँछिन् र “यहोवा माथि भरोसा राख” भन्ने ध्येय भएको जिल्ला सम्मेलनमा उनले बप्तिस्मा पनि लिइन्। उनको पतिले अध्ययन गर्न छाड़ेका छैन् र सभाहरूमा पनि आउने गर्छन्।
यसकारण, साइप्रसको शाखा कार्यालय बाट आएको रिर्पोट अनुसार, “धर्मगुरूहरूले जति नै विरोध गरेता पनि, तिनीहरूले आफ्ना लक्ष्य प्राप्त गर्न सकेकाछैनन्। यसको सट्टा, चासो देखाउने मानिसहरू, पहिला भन्दा बढ़ी मात्रामा सभाहरूमा आइरहेछन्। साथै, भाइहरूले पनि, इमानदार मानिसहरू कहाँ सुसमाचर पुर्याउने अझ दृढ़ फैसला गरेकाछन्।” यर्मिया १:१९मा यहोवाले यो प्रतिज्ञा गर्नु भएको थियो: “तिनीहरूले तँसित युद्ध गर्नेछन्, तर तिनीहरू तँमाथि विजयी हुनेछैनन्, किनभने तँलाई बचाउनलाई म तेरो साथमा छु।” यही प्रतिज्ञा पुरा गर्नु हुँदै, यहोवाले आज वास्तवमा उहाँका भक्त जनहरूलाई समर्थन गर्नु हुँदैछ। (w88 10/1)