बप्तिस्मा लिएको मसीही भयेर, इश्वरीय भक्तिको पिछा गर्नु होस्
“तर तिमी हे परमेश्वरका मानिस,. . .धार्मिकता, भक्तिको पिछा लाग।”—१ तिमोथी ६:११
१. तपाईंको जीवनको सबै भन्दा महत्वपूर्ण दिन कुन हो भनेर कसैले सोधेमा के जवाब दिनु हुन्छ? किन?
तपाईंको जीवनमा सबै भन्दा महत्वपूर्ण दिन कुन हो? तपाईं एक जना बप्तिस्मा लिसक्नु भएका मसीही हुनुहुन्छ भने, तपाईंले अवश्य पनि यो जवाब दिनु हुनेछ: “मैले बप्तिस्मा लिएको दिन, मेरो जीवनको सबै भन्दा महत्वपूर्ण दिन हो!” र वास्तवमा, बप्तिस्मा तपाईंको जीवनको सबै भन्दा महत्वपूर्ण कदम हो। उहाँको इच्छा गर्न, यहोवालाई तपाईंले आफ्नो जीवन सम्पूर्णतया समर्पण गर्नु भएकोछ भन्ने कुराको बाहिरी प्रमाण, बप्तिस्मा हो। बप्तिस्मा लिनु भएको दिन देखिन्, तपाईं परमप्रधान परमेश्वर, यहोवाको सेवक नियुक्त हुनुहुन्छ।
२. (क) मसीही जीवनमा बप्तिस्मा आखिरी कदम होइन भनेर के उदाहरण दिन सकिन्छ? (ख) बप्तिस्मा लिनु भन्दा अघि के प्रारम्भिक कदमहरू लिनु भएको थियो?
२ तर के तपाईंको मसीही जीवनमा, बप्तिस्मा अन्तिम कदम हो र? अवश्य होइन! उदाहरणका लागि: धेरै देशहरूमा, विवाहको दिनमा, लामो समय देखिन् गर्दै आएका योजना र तैयारी समाप्त हुन्छ। तर विवाहको दिनमा, दुवैको दाम्पत्य जीवन शुरू पनि हुन्छ। यसै प्रकार, बप्तिस्माको दिनमा, तपाईंले केहि समय देखिन् गर्नु भएको तैयारी र चाल्नु भएका प्ररम्भिक कदमहरूको टुङ्गो लाग्छ। जस्तो कि, तपाईंले परमेश्वर र येशू बारे ज्ञान लिनु भयो। (यूहन्ना १७:३) तपाईंले यहोवालाई सत्य परमेश्वर र ख्रीष्टलाई तपाईंको मुक्तिदाता र बाइबललाई परमेश्वरको बचन स्वीकारदै, ती माथि विश्वास गर्न थाल्नु भयो। (प्रेरित् ४:१२; १ थिस्सलोनीकि २:१३; हिब्रू ११:६) तपाईंले आफ्नो पुरानो चालचलन छाड़ेर पश्चाताप गर्नु भयो र एउटा धार्मिक मार्ग अपनाउनु भएर आफ्नो विश्वास प्रकट गर्नु भयो। (प्रेरित् ३:१९) यस पछि, तपाईंले यहोवालाई आफ्नो जीवन समर्पण गर्ने फैसला गर्नु भयो। (मत्ती १६:२४) अन्तमा, तपाईंले बप्तिस्मा लिनु भयो।—मत्ती २८:१९,२०.
३. (क) हाम्रो बप्तिस्मा परमेश्वरलाई समर्पित सेवा चढ़ाउने जीवनको एउटा शुरूवात हो भनेर के उदाहरण दिन सक्नु हुन्छ? (ख) यहाँ के प्रश्नहरू उठछन् र तिनीहरूको उत्तरमा हामीले किन चासो लिनु पर्ने हो?
३ तर तपाईंको बप्तिस्मा एउटा अन्त होइन। तपाईंको बप्तिस्मा, परमेश्वरलाई समर्पित् सेवा चढ़ाउने जीवनको एउटा शुरूआत हो। बाइबलको एक जना शास्त्रीले भन्नु भए झैं, मसीही जीवन ‘आरम्भमा जोशपूर्ण र अन्तमा, सधैं निष्क्रिय’ हुनु हुँदैन। आफ्नो बप्तिस्मा पनि एउटा ‘जोशपूर्ण शुरू’ मात्र होइन भन्ने प्रमाण तपाईंले कसरी दिन सक्नु हुन्छ? आजीवन इश्वरीय भक्तिको पिछा गर्नु भएर। तर यो इश्वरीय भक्ति के हो? यसको पिछा गर्नु किन आवश्यक छ? तपाईंले आफ्नो जीवनमा अझ सम्पूर्ण रूपमा यसको पिछा कसरी गर्न सक्नु हुनेछ? यी प्रश्नहरूका उत्तर हाम्रा लागि चासो पूर्ण हुनु पर्ने हो, किन भने, यहोवाको आउँदो न्यायको दिनमा बाँच्न चाँहन्छौं भने, हामी “इश्वरीय भक्ति” भएका मानिसहरू हुनु पर्छ।—२ पत्रुस ३:११, १२
इश्वरीय भक्तिको अर्थ
४. पावलले तिमोथीलाई के गर्नु भनेर सल्लाह दिनु भयो र यो सल्लाह पाउँने बेलामा तिमोथीको विषयमा के भन्न सकिन् थियो?
४ प्रेरित पावलले ई. स. ६१ र ६४ सालको बीच तिर, मसीही चेला तिमोथीलाई प्रथम प्रेरित् पत्र लेख्नु भयो। पैसाको प्रेमले मानिसहरूलाई लैजान सक्ने खतराहरूको चर्चा गरि सक्नु भए पछि, पावलले एसो भन्नु भयो: “तर तिमी, हे परमेश्वरको मानिस, यी कुराहरूबाट दूर बस, र. . .इश्वरीय भक्तिको पछि लाग।” (१ तिमोथी ६:९-११) चासोको कुरा के हो भने, तिमोथी यस बेला भर्खर तीस नाघेको नौजवान व्यक्ति थिये होलान। पावल सँग उनले धेरै यात्राहरू गरि सकेका थिये र मण्डलीहरूमा प्राचीनहरू र अन्य सेवकहरू नियुक्त गर्ने अधिकार उनलाई सुम्पिएको थियो। (प्रेरित् १६:३; १ तिमोथी ५:२२) र पनि, यी समर्पित् र बप्तिस्मा लिएका परिपक्व मसीहीलाई पावलले इश्वरीय भक्तिको पछि लाग्नु भनेर सल्लाह दिनु भयो।
५. “ईश्वरीय भक्तिको” अर्थ के हो?
५ पावलको विचारमा “इश्वरीय भक्तिको” अर्थ के थियो? यूनानी भाषामा यसलाई “युसेबिया” भन्छन् र यसको शाब्दिक अनुवाद गर्दा “राम्रो सँग आदर गर्नु” पनि भन्नु सकिन्छ। यसको अर्थ बारे, एसो पनि लेखिएको छ: “वर्तमान लेखहरूको चलन अनुसार, युसेबियाको अर्थ व्यक्तिगत् धार्मिक भक्ति हो. . .तर रोमी जमानाको प्रचलित् यूनानी भाषामा, युसेबियको अर्थ ‘वफादारी’ थियो . . .मसीहीहरूका लागि, युसेबियको अर्थ परमेश्वर प्रति सबै भन्दा उच्च प्रकारको भक्ति हो।” (नाइजेल टर्नरको क्रिश्चियन वर्ड्स) यसकारण, शास्त्रीय प्रयोग अनुसार, “इश्वरीय भक्तिको” अर्थ यहोवा परमेश्वरका लागि व्यक्तिगत् वफादारी सहित्को भक्ति हो।
६. एक जना मसीहीले आफ्नो ईश्वरीय भक्तिको प्रमाण कसरी दिन्छ?
६ तर यो इश्वरीय भक्ति एउटा पूजनीय भावना मात्र होइन। जसरी “काम बिनाको विश्वास मरेको” बराबार हो, त्यसरी नै, इश्वरीय भक्ति पनि आफ्नो जीवनमा प्रदर्शित् हुनु पर्छ। (याकूब २:२६) न्यु टेस्टामेण्ट वर्ड्स भन्ने पुस्तकमा, विलियम बार्कलेले यस प्रकार लेख्नु भएकोछ: “[युसेबिया र सम्बन्धित् शब्दहरूले] श्रद्धा र भक्ति सहित्को डर मात्र प्रकट गर्दैनन्। ती शब्दहरूले त्यस प्रकारको डरलाई सुहाउने उपासना र श्रद्धालाई सुहाउने क्रियाशील आज्ञाकारिता पनि प्रकट गर्दछ। युसेबियाको अर्को परिभाषा, जीवनको प्रत्यक क्षेत्रमा प्रकट हुने एउटा अति व्यवहारिक इश्वरीय चेतना हो। (दी सेकेण्ड जेनरल एपिसल अफ पीटर एण्ड दी जेनरल एपिसल अफ जुड; लेखकको नाम हो माइकल ग्रीन) तसर्थ, एक जना मसीहीले यहोवा सँगको आफ्नो व्यक्तिगत् बन्धनको प्रमाण आफ्नो जीवन शैली द्वारा दिनु पर्छ।—१ तिमोथी २:२; २ पत्रुस ३:११.
क्रियाशील प्रयत्न आवश्यक छ
७. तिमोथी एक जना बप्तिस्मा लिएका मसीही भएता पनि, पावलले उनलाई “ईश्वरीय भक्तिको” पछि लाग्नु भनेर सल्लाह दिनुको अर्थ के थियो?
७ इश्वरीय भक्ति बढ़ाउन र प्रकट गर्नमा कुन-कुन कुरा विथोलित् छ? के बप्तिस्मा लिएर मात्र पुग्छ? न बिर्सनुहोस्, तिमोथीले बप्तिस्मा लिएको भएतापनि उनलाई ‘इश्वरीय भक्तिको’ पछि लाग्नु भन्ने सल्लाह दिइयो।a (१ तिमोथी ६:११, किङ्गडम इन्टरलिनियर अनुवाद अनुसार) पावलले तिमोथीमा इश्वरीय भक्तिको अभाव थियो भन्नु खोज्नु भएको थिएन। उहाँले तिमोथीलाई उत्साह र जोश सहित् इश्वरीय भक्तिको पछि लागि रहने महत्व दर्शाउनु हुँदै थियो। (फिलिप्पि ३:१४) यो जीवन भरि लागि रहनु पर्ने धन्धा थियो। बप्तिस्मा लिएका अरू सबै मसीहीहरू जस्तै, तिमोथीले पनि इश्वरीय भक्तिको प्रदर्शनगर्नमा सधैं उन्नत्ति गर्न सक्थिये।
८. समर्पित् र बप्तिस्मा लिएका मसीहीले ईश्वरीय भक्तिको पिछा गर्दा क्रियाशील प्रयत्न गर्न आवश्यक पर्नेछ भनेर पत्रुसले कसरी बताउनु भयो?
८ बप्तिस्मा लिएको एक जना समर्पित् मसीहीले इश्वरीय भक्तिको पिछा गर्दा क्रियाशील प्रयत्नको खाँचो छ। ‘इश्वरीय स्वभावको सम्भागी’ हुने आशा भएर बप्तिस्मा लिएका मसीहीहरूलाई, प्रेरित् पत्रुसले एसो भनेर लेख्नु भयो: “तिमीहरूले सबै किसिमका प्रयत्नले तिमीहरूका विश्वासमा सद्गुण, सद्गुणमा बुद्धि, बुद्धिमा संयम, संयममा धीरज, धीरजमा भक्ति. . .थप।” (२ पत्रुस १:४-६) बप्तिस्मा लिनका लागि केहि मात्रामा विश्वासको खाँचोछ। तर, बप्तिस्मा पश्चात् हामी नामको लागि मसीही भएर, आरामले बस्न मिल्दैन। हामीले मसीही जीवन बिताउनमा लगातार उन्नत्ति गर्नु पर्छ। इश्वरीय भक्ति जस्ता अरू असल गुणहरूको आफूमा वृद्धि गराँउदै, ती गुणहरूलाई आफ्नो विश्वासमा थप्नु आवश्यक छ। यसो गर्नकालागि, पत्रुसले भन्नु भए अनुसार, क्रियाशील प्रयत्न आवश्यक छ।
९. (क) “थपनुका” लागि प्रयोग हुने युनानी शब्द द्वारा, ईश्वरीय भक्ति बढ़ाउनमा, कहाँ सम्म कोशीश गर्नु पर्छ भन्ने, कसरी बुझ्न सकिन्छ? (ख) पत्रुसले हामीलाई के गर्ने प्रोत्साहन दिनु हुँदैछ?
९ पत्रुसले “थपनुका” लागि जुन युनानी शब्द प्रयोग गर्नु भयो, त्यो शब्दको एउटा चासोपूर्ण इतिहास छ। युनानी शब्द हो ए-पी-खो-रे-जि-ओ। यो शब्द (खो-रे-जोस) भन्ने संज्ञा बाट आएको हो र यसको शाब्दिक अर्थ हो “गायकहरूका समूहका अगुवा।” अथवा त्यो व्यक्ति, जसले कुनै नाटकमा, गायकहरूका समूहको प्रशिक्षण र अरू दैनिक आवश्यक्ताहरूका खर्च बेहोरद थियो। आफ्नो शहरको प्रेमको कारण, यी व्यक्तिहरूले यस प्रकारका जिम्मेवारी स्वयं उठाँउद थिये र आफ्नै खल्ती बाट सबै खर्च बेहोर्द थिये। एउटा महान अभिनयका लागि चाहिंदो सबै कुरा प्रबन्ध गर्दा, प्रचुरतापूर्वक खर्च गर्न यी मानिसहरूले आफ्नो सौभाग्य ठान्दथिये। त्यहाँ बाट यो शब्दको अर्थ “थपि दिनु, सबै कुराको प्रबन्ध प्रचुरतापूर्वक गरि दिनु” भयो। (२ पत्रुस १:११ सँग तुलना गर्नुहोस्) यसकारण, पत्रुसले, आफूमा इश्वरीय भक्ति केहि मात्रामा मात्र होइन, तर सम्पुर्ण मात्रमा थपनु भन्नु भयेकोछ।
१०, ११. (क) ईश्वरीय भक्ति बढ़ाउन र प्रकट गर्ने हो भने किन प्रयत्न आवश्यक हुन्छ? (ख) यो सङ्र्घष हामी कसरी जित्न सक्नेछौं?
१० तर इश्वरीय भक्तिको बृद्धि र प्रदर्शन गर्दा यतिको प्रयत्न किन आवश्यक पदर्छ? एउटा कारण हो, हाम्रो भ्रष्ट शरीर सँगको सङ्घर्ष। “मानिसको विचार बाल्यकाल देखिन् नै खराब” भएको हुनाकारण, परमेश्वर प्रति क्रियाशील आज्ञाकारीताको जीवन लगातार बिताउन सजिलो छैन। (उत्पत्ति ८:२१; रोमी ७:२१-२३) “ख्रीष्ट येशूमा भक्ति सँग जीवन बिताउन इच्छा गर्नेहरू ता सबै जना खेदोमा पर्नेछन्” भनेर पावलले भन्नु भएकोछ। (२ तिमोथी ३:१२) हो, परमेश्वरलाई प्रसन्न पार्ने जीवन बिताउन कोशिश गर्ने मसीही संसार भन्दा बेग्लै हुनुपदर्छ। उनका सिद्धान्तहरू र लक्ष्यहरू बेग्लै हुन्छन्। तर यसले गर्दा उनलाई यो दुष्ट संसारले घृणा गर्नेछ भनेर येशूले चेताउनी दिनु भएकोछ।—यूहन्ना १५:१९; १ पत्रुस ४:४
११ तथापि, हामी यो सङ्घर्ष जित्न सक्छौं किनभने “भक्तहरूलाई परीक्षाबाट बचाउन. . .प्रभु [न्यु वर्ल्ड ट्रान्सलेशनमा: यहोवा] जान्नु हुन्छ।” (पत्रुस २:९) र हामीले पनि ईश्वरीय भक्तिको पछि लागि रहनु छाड़नु भएन।
इश्वरीय भक्तिको वृद्धि गर्न
१२. पत्रुसले सङ्केत् गर्नु भएअनुसार, सम्पूर्ण रूपमा ईश्वरीय भक्ति बढ़ाउनका लागि के आवश्यक छ?
१२ अझ पूर्ण रूपमा हामीले यो इश्वरीय भक्तिको वृद्धि कसरी गर्न सक्ने छौं? प्रेरित पत्रुसले एउटा सानो उपाय बताउनु भएकोछ। २ पत्रुस १:५, ६ मा, हाम्रा विश्वासमा थपिनु पर्ने गुणहरूको तालिकामा, उहाँले इश्वरीय भक्तिको अघि, ज्ञान राख्नु भएकोछ। यही पदको शुरूमा, उहाँले एसो भनेर लेख्नु भएकोछ: “उहाँको इश्वरीय शक्तिले जीवन र भक्ति सँग सम्बन्ध राख्ने, हामीलाई उहाँको आफ्नै महिमा र पुण्यले बोलाउने, उहाँको ज्ञान द्वारा हामीलाई यी सबै कुरा मञ्जुर गर्नु भएकोछ।” (२ पत्रुस १:३) पत्रुसले यहाँ इश्वरीय भक्तिलाई यहोवाको ज्ञान सँग जोड़ि दिनु भएकोछ।।
१३. ईश्वरीय भक्ति बढ़ाउनका लागि ठीक ज्ञान किन अति आवश्यक छ?
१३ भनौं भने, सही ज्ञान बिना इश्वरीय भक्तिको वृद्धि गर्न सम्भव छैन। किन? ईश्वरीय भक्ति यहोवा परमेश्वर प्रति व्यक्तिगत् रूपमा हामीले आफ्नो जीवन शैली द्वारा व्यक्त गर्नु पर्छ भनेर हामीले केहि समय अघि मात्र गरेका कुरा न बिर्सनुहोस्। यहोवालाई व्यक्तिगत् रूपमा नजीक बाट चिन्न र उहाँका सबै गुणहरू र मार्गहरू सँग परिचित् हुनका लागि यहोवाको सत्य ज्ञान अत्यावश्यक छ। त्यस बाहेक, उहाँको अनुसरण गर्ने कोशिश गर्नु पनि खाँचो पर्नेछ। (एफिसी ५:१) यहोवा बारे सिक्न र हाम्रा जीवनमा, उहाँका मार्गहरू र गुणहरू प्रतिबिम्बित् गर्न हामी जति उन्नत्तिशील हुनेछौं, उत्ति नै बढ़ी हामी उहाँलाई चिन्नेछौं। (२ कोरिन्थी ३:१८; १ युहन्ना २:३-६ सँग तुलना गर्नुहोस्) फलस्वरूप, यहोवाका बहुमूल्य गुणहरूकालागि, हाम्रो मुल्यङ्कन अझ गहिरनेछ र यस बाट हाम्रो इश्वरीय भक्ति अझ पूर्णरूपमा प्रकट हुनेछ।
१४. ठीक ज्ञान प्राप्त गर्नका लागि, हाम्रा व्यक्तिगत् अध्ययन कार्यक्रममा के पनि समावेश हुर्न पर्छ र किन?
१४ यस प्रकारको सही ज्ञान कसरी प्राप्त गर्न सकिन्छ? सजिलो उपाय एउटै छैन। सही ज्ञान प्राप्त गर्नका लागि हामी परमेश्वरको वचन र बाइबलमा आधारित् अन्य पुस्तकहरू पढ़न हामी परिश्रमी हुनै पर्छ। यस प्रकारको व्यक्तिगत् अध्ययन गर्दा नियमित् रूपमा बाइबल पढ़ने कार्यक्रम पनि हुनु आवश्यक छ, जस्तो हाम्रो ईश्वरीय सेवकाइको पाठशालामा आयोजित् हुन्छ। (भजन संग्रह १:२) बाइबल परमेश्वरको एउटा वरदान हो। हाम्रा व्यक्तिगत् बाइबल अध्ययन द्वारा हामीले यो वरदान प्रति आफ्नो मुल्याङ्कन प्रकट गर्दछौं। यहोवाले हाम्रो निम्ति जुटाइ दिनु भएको आत्मिक प्रबन्धहरूका लागि तपाईंले आफ्नो व्यक्तिगत् अध्ययनको तालिका द्वारा कतिको गहिरो मुल्याङ्कन प्रकट गर्नु हँदैछ?—भजन संग्रह ११९:७.
१५, १६. (क) व्यक्तिगत् बाइबल अध्ययन गर्दा हाम्रो चासोलाई कुन कुराले अझ तीब्र पार्ने मदद दिनु सक्दछ? (ख) हाम्रा व्यक्तिगत् बाइबल अध्ययन द्वारा पनि हामी ईश्वरीय भक्तिको बृद्धि गर्ने मदद चाहन्छौं भने, परमेश्वरको वचनको कुनै भाग पढ़दा के गर्नु आवश्यक छ?
१५ हो, कसै कसैलाई पढ़न र अध्ययन गर्न सजिलो लाग्दैन। तर समय र कोशिश द्वारा, तपाईंले व्यक्तिगत् बाइबल अध्ययनका निम्ति आफ्नो अध्यात्मिक् भोकलाई अझ तीब्र पार्न सक्नुहुनेछ। (१ पत्रुस २:२) यहोवाले आज सम्म गर्नु भएका कुराहरू, गरि रहनु भएका कुराहरू र भविष्यमा गर्नुहुने कुराहरू प्रति ध्यान दिनु भयो भने, तपाईंको हृदयमा उहाँ बारे सके सम्मका कुराहरू सिक्ने उत्सुकता उत्पन्न हुनेछ।—भजन २५:४
१६ तर यस प्रकारको बाइबल अध्ययन द्वारा ईश्वरीय भक्तिको बृद्धि गर्न चाहनुहुन्छ भने, तपाईंले आफ्नो ज्ञानको भण्डार बढ़ाउने अथवा धेरै पाना पढ़ेर सिध्याउने लक्ष्य मात्र राख्नु हुँदैन। परमेश्वरको वचनको कुनै भाग पढ़नु भए पछि, पढ़ेका कुराहरूमा मनन् गर्नु होस्। आफूलाई यस प्रकारको प्रश्नहरू सोध्नुहोस: ‘मैले अहिले पढ़ेका कुराबाट यहोवाका कृपालु गुणहरू र मार्गहरू बारे के सिक्न सक्दछु? यी क्षेत्रहरूमा म अझ यहोवा जस्तो कसरी हुन सक्दछु?’
१७. (क) होशेको पुस्तक बाट हामीले यहोवाको कृपा बारे के सिक्न सक्छौं? (ख) यहोवाको कृपामा ध्यानपूर्वक मनन् गरे पछि, त्यसले हामीमा के असर पार्नु पर्ने?
१७ उदाहरणका लागि, केहि समय अघि, ईश्वरीय सेवकाईको पाठशालामा दिइएको तालिका अनुसार, हामीले होशेको पुस्तक पढ़ेका थियौं। यो पुस्तक पढ़ी सके पछि, शायद तपाईंले आफूलाई यी प्रश्नहरू सोध्न सक्नु हुन्छ: ‘यो पुस्तक बाट, म यहोवाको व्यक्तित्व बारे—उहाँका गुणहरू र मार्गहरू बारे—के सिक्न सक्छु?’ पछि आएका बाइबलका लेखकहरूले आफ्ना लेखहरूमा यो पुस्तकलाई धेरै चोटी उल्लेख गरेकाछन् र ती उल्लेखहरू अनुसार, होशेको पुस्तक बाट हामीले यहोवाका कृपा र करूणा बारे धेरै कुरा सिक्न सक्छौं। (मत्ती ९:१३ र होशे ६:६ तुलना गरी हेर्नहोस्; रोमी ९:२२-२६ र होशे १:१० र २:२१-२३ तुलना गर्नुहोस्) होशेले आफ्नी पत्नी, गोमेर सँग गरेको व्यहवहारमा यहोवाले इस्राएललाई देखाउनु भएको कृपाको एउटा उदाहरण पाईन्छ। (होशे १:२; ३:१-५) इस्राएल भरि रक्तपात, चोरी, व्यभिचार र मूर्तिपूजा भएतापनि, यहोवाले ‘इस्राएलको हृदय’ लाई सम्बोधन गर्नुहुँदै बोल्नु भयो। (होशे २:१३, १४; ४:२) यस प्रकारको दया दर्साउन यहोवालाई बाध्य परेको थिएन तर इस्राएलीहरूले हार्दिक पश्चाताप प्रकट गर्दै आफ्नो पापी मार्ग त्यागेको खण्डमा, यहोवाले तिनीहरूलाई आफ्नै सु-इच्छाको कारण कृपा गर्न तैयार हुनु हुन् थियो। (होशे १४:४; होशे ३:३ सँग तुलना गर्नुहोस्) यस प्रकार तपाईंले यहोवाको अपार कृपा माथि मनन् गर्नु भयो भने, तपाईंको हृदय जागृत हुनेछ र उहाँ सँग तपाईंको व्यक्तिगत बन्धन झन बलियो हुनेछ।
१८. होशेको पुस्तकमा प्रदर्शित् यहोवाको कृपामा विचार गरे पछि, तपाईंले आफूलाई के सोध्न सक्नु हुन्छ?
१८ तर यतिले मात्र पुग्दैन। येशूले एसो भन्नु भएको थियो: “धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन्।” (मत्ती ५:७) यसकारण, होशेको पुस्तकमा यहोवाको दयालाई दिएको महत्वमा मनन् गरे पछि, आफूलाई यो सोध्नु होस्: “अरूहरू सँग व्यवहार गर्दा, यहोवाको कृपाको अझ राम्रो सँग अनुसरण म कसरी गर्न सक्छु? मेरो विरूद्धमा पाप गरेका अथवा मलाई अप्रसन्न पारेका कुनै भाइ वा बहिनीले क्षमा माँग्दा, के म “आनन्दपूर्वक” क्षमा दिन्छु? (रोमी १२:८; एफिसी ४:३२) यदि तपाईं मण्डलीको एक जना नियुक्त प्राचीन हुनुहुन्छ भने, स्वयंलाई यो सोध्नुहोस्: ‘मण्डलीमा कुनै न्याय सम्बन्धी फैसला गर्नु पर्दा, “क्षमा गर्न सधैं तैयार” हुनु हुने परमेश्वर यहोवाको म अझ राम्रो सँग कसरी अनुसरण गर्न सक्छु, विशेष गरि जब दोषी मानिसले साँचो र हार्दिक पश्चातापको प्रमाण देखाउँदा?’ (भजन ८६:५; हितोपदेश २८:१३) ‘दया देखाउनको निम्ति मैल के कस्ता आधारहरू खोज्नु पर्छ?’—होशे ५:४ र ७:१४ तुलना गर्नुहोस्।
१९, २०. (क) बाइबल अध्ययन पर्याप्त रूपमा गरिएको खण्डमा, नतिजा के हुनु सक्छ? (ख) ईश्वरीय भक्ति बृद्धि गर्ने अझ अर्को मदद कहाँ बाट पाँउन सकिन्छ र आँउदो लेखले कुन विषयमा छलफल गर्नेछ?
१९ यसरी पूर्ण ध्यान दिनु भयो भने, तपाईंको व्यक्तिगत् अध्ययन वास्तवमा लाभदायक हुनुसक्दछ! यहोवाका बहुमूल्य गुणहरूको प्रशंसाले तपाईंको हृदय भरेर आउनेछ। र आफ्नो जीवनमा सधैं यी गुणहरूको अनुसरण गर्ने कोशिश गर्नु भयो भने, उहाँ सँगको तपाईंको व्यक्तिगत् सम्बन्ध अझ बलियो हुनेछ। यस प्रकार तपाईं, एक जना समर्पित् र बप्तिस्मा लिएको यहोवाको सेवक हुनु भएर ईश्वरीय भक्तिको पछि लाग्नु भएको हुनेछ।— १ तिमोथी ६:११.
२० यो बहुमूल्य गुण बढ़ाउने अर्को मदद येशू ख्रीष्टमा पाईन्छ। उहाँ ईश्वरीय भक्तिको सिद्ध उदाहरण हुनुहुन्छ। येशूको उदाहरणले तपाईंलाई ईश्वरीय भक्ति बढ़ाउन र प्रदर्शन गर्न कसरी मदद दिन सक्नेछ? आँउदो लेखले यो र अरू सम्बन्धित् प्रश्नहरूको जवाब दिनेछ। (w90 3/1)
[फुटनोट]
a दी न्यु इन्टरनेशनल डिक्सनेरी अफ न्यु टेस्टामेन्ट थिओलोजल अनुसार, प्राचीन साहित्यमा, युनानी शब्द डि-ओ-को (पछि लाग्नु) को शाब्दिक अर्थ “खेदो गर्नु, पछि-पछि दौड़नु, पिछा गर्नु हो,. . .र लाक्षणिक अर्थ, जोशिला भएर कुनै कुराको पछि लाग्नु, कुनै चीजलाई प्राप्त गर्न, कुनै कार्य सम्पन्न गर्ने कोशिश गर्नु हो।”
तपाईंको प्रतिक्रिया के हुनेछ?
◻ मसीही जीवनमा बप्तिस्मा किन अन्तिम कदम होइन?
◻ “ईश्वरीय भक्तिको” अर्थ के हो र यसको प्रमाण कसरी दिनु हुन्छ?
◻ ईश्वरीय भक्तिको बृद्धि गर्दा किन क्रियाशील प्रयत्नको खाँचो पर्दछ?
◻ तपाईंले ईश्वरीय भक्तिको बृद्धि अझ पूर्ण रूपमा कसरी गर्न सक्नुहुन्छ?