अय्युब
१९ अय्युबले जवाफमा यसो भने:
४ मैले गल्ती गरेकै भए पनि
त्यसको सजाय भोग्न म तयार छु।
५ तर मलाई खसालेर तपाईँहरू आफैलाई उचाल्नुहुन्छ
र ममाथि आइपरेको विपत्ति जायजै हो भनेर दाबी गर्नुहुन्छ भने
६ यो कुरा याद राख्नुहोस्, मलाई यो अवस्थामा पुऱ्याउने
र आफ्नो जालमा फसाउने व्यक्ति परमेश्वर नै हुनुहुन्छ।
७ ‘ममाथि अन्याय भयो’ भन्दै जति नै कराए पनि म न्याय पाउँदिनँ।+
मैले जति गुहारे पनि कसैले मेरो वास्ता गर्दैन।+
८ म हिँड्न नसकूँ भनेर परमेश्वरले ढुङ्गाको पर्खाल लगाएर मेरो बाटो थुनिदिनुभएको छ।
उहाँले मेरो बाटो अँध्यारो तुल्याइदिनुभएको छ।+
९ उहाँले मेरो मानसम्मान माटोमा मिलाइदिनुभएको छ।
मेरो शिरको मुकुट भुईँमा खसालिदिनुभएको छ।
१० म नाश नहोउन्जेल उहाँ मलाई चारैतिरबाट आक्रमण गर्नुहुन्छ।
रूखलाई उखेलेझैँ उहाँ मेरो आशालाई उखेलेर मिल्काइदिनुहुन्छ।
११ आगोभन्दा चर्को रिस उहाँ ममाथि पोखाउनुहुन्छ
र मलाई आफ्नो शत्रु ठान्नुहुन्छ।+
१२ उहाँको सेनाले एकजुट भएर मलाई घेर्छ
र मेरो पालको वरिपरि छाउनी हाल्छ।
१३ मेरा आफ्नै दाजुभाइलाई उहाँले मदेखि टाढा पठाइदिनुभएको छ।
अनि मलाई चिन्नेहरूजति सबैले मलाई छोडेर गएका छन्।+
१४ मेरा आफन्तहरू सबैले मलाई एक्लै पारे।
मसितै उठबस गर्नेहरूले समेत मलाई बिर्सिए।+
१५ मेरो घरमा आएका पाहुनाहरू+ र मेरा दासीहरू मलाई नचिनेझैँ गर्छन्।
तिनीहरूको लागि त म अनजान मानिसजस्तै भएको छु।
१६ म मेरो नोकरलाई बोलाउँछु तर त्यसले नसुनेझैँ गर्छ।
‘मलाई दया गर’ भनेर मैले त्यसलाई बिन्ती गर्नुपरेको छ।
१७ मेरी पत्नीलाई समेत मेरो सास गन्हाउँछ।+
मेरा आफ्नै दाजुभाइहरूलाई म डुङडुङती गन्हाउने भएको छु।
१८ केटाकेटीहरू मलाई देखी सहँदैनन्।
तिनीहरू जहिले पनि* मलाई जिस्क्याउँछन्।
२१ ए मेरा मित्रहरू हो! दया गर्नुहोस्, मलाई दया गर्नुहोस्।
किनकि परमेश्वर स्वयम्ले मलाई हिर्काउनुभएको छ।+
२३ मेरा यी शब्दहरू लेखेर राखिएको भए हुन्थ्यो।
एउटा पुस्तकमा साँचेर राखिएको भए हुन्थ्यो।
२४ ती शब्दहरू फलामको कलम* र सिसाले
कहिल्यै नमेटिनेगरि ढुङ्गामा कुँदिएको भए हुन्थ्यो।
२५ किनकि मेरा उद्धारक+ जीवितै हुनुहुन्छ भनेर मलाई थाह छ।
उहाँ आउनुहुनेछ र पृथ्वीमा खडा हुनुहुनेछ।
२६ मेरो शरीर कुहिएको भए पनि
मर्नुअघि नै म परमेश्वरलाई देख्नेछु।
२७ म आफैले उहाँलाई देख्नेछु;
अरूको होइन, आफ्नै आँखाले उहाँलाई देख्नेछु।+
तर अहिले मलाई भित्रभित्रै छटपटी भइरहेको छ।
२८ किनकि तपाईँहरूको नजरमा त दोषी म नै हुँ।
त्यसैले तपाईँहरू भन्नुहुन्छ, ‘हामीले तपाईँलाई कहाँ दुःख दियौँ र?’+