धीरज धर्नेहरू धन्यका हुन्
१. पृथ्वीमा, १९१४ देखिन्, मत्ती २४:३-८ कसरी पूरा भइरहेछ र दी लीग अफ नेशन्स औ संयुक्त राष्ट्र सङ्घले गरेका कुन् दाबीहरू असफल भएका छन्?
दी प्रेजेन्ट एज भन्ने आफ्नो पुस्तकमा, रबर्ट निस्बटले “१९१४ देखि, बिचमा कहिले पनि न रोकिकन, चली आएको पचहत्तर वर्षे युद्ध” बारे कुरा गर्नु भएको छ। हो, यो अन्तको समयको विषयमा, येशु ख्रीष्टले “युद्ध र युद्धहरूको खबर” र विश्व-युद्धहरू समेतको अगमवाणी गर्नुभएको थियो। (मत्ती २४:३-८) “सधैंको निम्ति युद्धको अन्त गरिदिनका लागि” १९२० मा दी लीग अफ नेशन्स प्रस्तुत गरियो। तर यो कस्तो नराम्रो सँग विफल भयो! सन् १९४५ सालमा,“पछि आउने पुस्ताहरूलाई युद्धको पिड़ाहरू बाट बचाउनका लागि,” संयुक्त राष्ट्र सङ्घ स्थापित् भयो। तर, म्याक्स हारेलसन्सको फायर्स अल अराउन्ड दी हराइजन भन्ने पुस्तकले एसो भन्दछ: “दोस्रो विश्व-युद्ध पश्चात् आज सम्म, कुनै न कुनै ठाउँमा युद्ध न भइ रहेको एक दिन छैन होला।”
२. विश्व परिस्थिति बारे कुनै-कुनै मानिसहरूले के सोधछन् तर हामीले सोधनु पर्ने प्रश्न चाहिं के हो?
२ आतङ्कबाद र हिंसा, भ्रष्टाचार र गरीबी, मादक पदार्थको कुप्रयोग र महामारीहरू—सबै मिलेर यो दुख:दायी तस्वीर माथि अझ दुख: थप्छन्। कुनै कुनै मानिसले यो प्रश्न गर्छन्: ‘यस प्रकारको अशान्त परिस्थितिलाई मानव जातिले सधैं कसरी सहन सकला हो?’ तर हामीले सोध्नु पर्ने, यो भन्दा अझ महत्वपूर्ण प्रश्न ता यो हो: ‘आफ्नो पार्थीव सृष्टि उजाड़ हुदै गएको, परमेश्वरले कसरी सहनु हुदैंछ? दुष्ट मानिसहरूलाई पृथ्वी सर्वनाश पार्न र उहाँको महान नाममा कलङ्क लगाउन अझ कति समय दिनु हुनेछ?’
३. (क) अगम्वक्ता यशैयाले के प्रश्न गर्नु भयो र किन? (ख) यहोवाले के जवाब दिनु भयो र हाम्रो दिनमा यसले के सङ्केत गर्दछ?
३ अगमवक्ता यशैयाले पनि यस्तै प्रकारका प्रश्नहरू उठाउनु भएको थियो। देश बासीहरूलाई यहोवाको वाणी उहाँले घोषणा गर्नु परेको थियो। तर तिनीहरूले नता उहाँलाई न उहाँलाई पठाउनुहुने परमेश्वरलाई सुन्नेछ भनेर यशैयाले चेताउनी पाइसकेक थिये। यस कारण, यशैयाले यो प्रश्न गर्नुभयो: “कहिले सम्म, हे यहोवा?” हो, यी अटेरी मानिसहरूको माझमा यशैयाले कहिले सम्म प्रचार गर्ने र यहोवाले पनि तिनीहरूको न सुन्ने, अपमानजनक व्यवहारलाई कहिले सम्म सहनुहुने हो? यहोवाले यो उत्तर दिनुभयो: “जब सम्म शहरहरू बासिन्दा बिनाका, र घरहरू मानिस बिनाका भएर नष्ट हुँदैनन् र देश चाहिं बिलकुलै उजाड़ भएर जाँदैनन्।” (यशैया ६:८-११) त्यसरी नै आज पनि, परमेश्वरले यस प्रकारका अपमानहरू सहनु हुन्छ किनभने आफूले नियुक्त गर्नु भएको समयमा उहाँले यो संसारलाई न्याय गर्नु हुनेछ, जुन संसारको मुख्य अपराधी, अविश्वासी मसीही-जगत हो।
४. अय्यूबको धीरजको परिणाम के भयो र यसले आज हामीलाई कुन कुरा बारे निश्चिन्त पार्दछ?
४ यहोवाले धेरै समय देखिन् शैतानको खिसी र गिल्ला सहँदै आउनु भएको छ। प्राय: ३,६०० वर्ष अघि, अय्युबले पनि धीरज धरेर, जाँच आइ परेको खण्डमा आफ्नो समग्रता कायम राख्नु सक्दैन भनेर शैतानले गरेको चुनौतीलाई, झूटो साबित गरी दियो। यसले गर्दा यहोवाको हृदय कति आनन्दित भयो! (अय्युब २:६-१०; २७:५; हितोपदेश २७:११) केहि समय पछि येशुका भाइ याकूबले भन्नु भए झैं: “हेर, हामी ता धीरज धर्नेहरूलाई धन्यका भन्दछौं। तिमीहरूले अय्यूबको स्थिरताको विषयमा सुनेका छौ, र प्रभुको अन्त्य पनि देखेकै छौ, कि प्रभु टिठाइमा भरिपूर र कृपालु हुनुहुन्छ।” यसैकारण, यहोवा सँग सँगै आज धीरज धर्नेहरूले पनि एउटा आनन्दमय परिणामको आशा गर्न सक्छन्।— याकूब ५:११
५. आज पनि परमेश्वरका मानिसहरूलाई धीरजको खाँचो हुनेछ भनेर येशूले कसरी व्यक्त गर्नु भयो र कुन कामको निम्ति तिनीहरूले धीरज देखाउनु पर्ने छ?
५ हाम्रा समयमा पनि परमेश्वरका मानिसहरूलाई धीरजको खाँचो पर्नेछ भनेर येशूले स्पष्टगरि देखाउनु भयो। “यो रीतिरिवाजको अन्त” बारे अगमवाणी गर्नुहुँदा, उहाँले एसो भन्नु भएको थियो: “अन्त सम्म स्थिर रहने (दी न्यु वर्ल्ड ट्रान्सलेशन अनुसार, धीरज धर्ने) ले चाँहि उद्धार पाउनेछ।” के काममा धीरज धर्ने? येशूका यी बाँकी शब्दहरूले यसको उत्तर दिंदछ: “औ राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ।” (मत्ती २४:३, १३, १४) त्यस पछि मात्र ‘अन्त आउनेछ।’—मर्कूस १३:१०, १३; लूका २१:१७-१९ पनि हेर्नुहोस्।
यहोवाले किन धीरज धर्नुहुन्छ
६. यहोवाले देखाउनु भएको धीरज हाम्रो लागि सर्वोत्तम उदाहरण किन हो र उहाँले यस प्रकार धीरज धारण गर्नु भएको एउटा कारण के हो?
६ प्रेरित पावलले यो वर्णन दिनुभएकोछ: “आफ्नो क्रोध देखाउने र आफ्नो शक्ति जनाउने इच्छा परमेश्वरमा भएता पनि, विनाशका निम्ति बनिएको क्रोधका भाँड़ाहरूलाई साह्रै धीरज सँग सहनुभयो।” (रोमी ९:२२) यी क्रोधका भाँडाहरूलाई अर्थात् दुष्ट मानिसहरूलाई परमेश्वरले किन धीरज सँग सहनु भएकोछ? एउटा कारण यो हो: मानिसको सृष्टिकर्ता बाट स्वतन्त्र भएर सञ्चालित् जुन सुकै मानव शासन पनि असफल हुनेछ भन्ने तथ्य प्रमाणित् पार्नको निम्ति। (यर्मिया १०:२३) मानव परिवारका लागि शान्ति, मेल र आनन्द उहाँले मात्र येशूको राज्यको शासन द्वारा ल्याउन सक्नुहुन्छ भन्ने कुराको प्रमाण दिनु भएर परमेश्वरको सार्वभौमिक्ताको औचित्य स्थापित् गर्नु हुनेछ।—भजन ३७:९-११; ४५:१, ६, ७
७. यहोवाले धीरज धारण गर्नु भएको अर्को कारण के हो र यसले गर्दा, सन १९३० देखिन् लाखौंले के लाभ उठाएका छन्?
७ यस बाहेक, “आफ्ना महिमाका सम्पत्ति कृपा पात्रहरूमाथि देखाँउनका लागि” पनि यहोवाले धीरज धर्नु भएको हो। (रोमी ९:२३) यी कृपा पात्रहरू, आफ्ना समग्रता कायम राख्ने अभिषिक्त जनहरू हुन र येशू ख्रीष्ट सँग उहाँका स्वर्गीय राज्यमा राज्य गर्नका निम्ति यिनीहरू “मानिस जाति बाट किनिएका” हुन्। १,४४,००० जन्हरू माथि छाप लगाउने काम प्रेरितहरूका पालो देखि नै शुरू भएर आएको हो। यो काम अब शेष हुन लागेको छ। (प्रकाश ७:३; १४:१, ४) औ हेर्नुहोस्! यहोवाको धीरजले गर्दा लाखौं मानिसहरू “हर जाति बाट. . .लिएका एउटा ठूलो भीड़” मा एकत्रित हुन सकेकाछन् र यिनीहरूले अन्तिम सङ्कष्ट पार गरेर एउटा पार्थीव प्रमोदवनमा अनन्त जीवन पाउने आनन्दमय आशा राखेका छन्। (प्रकाश ७:४, ९, १०, १३-१७) के तपाईं पनि त्यो ठूलो भीड़को हुनुहुन्छ? हुनुहुन्छ भने, क्रोधका पात्रहरूलाई अहिले सम्म यहोवाले धीरज सँग सहनुभयो भनेर के तपाईं खुशी हुनुहुन्न र? तथापि, यहोवाले धीरज सँग सहनु भए झैं, तपाईंले पनि धीरज धर्न छाड़नु हुँदैन।
धीरज द्वारा पाउने पुरस्कार
८. हामी सबैलाई धीरजको खाँचो किन छ र कसले धीरज धारण गर्नु भएको उदाहरण माथि हामीले नजर राख्नु आवश्यक छ?
८ प्रतिज्ञाहरूका पूर्ति पाउने हो भने हामी सबैले नै धीरज धर्नु पर्छ। यो मौलिक सत्यता, हिब्रु १०:३६मा उल्लेख गरीसक्नु भए पछि, प्रेरित पावलले प्राचीन समयका “साक्षीहरूका ठूला बादल” को अटल विश्वास र धैर्यको वर्णन गर्नु हुन्छ। तब उहाँले “हाम्रा सामने राखिदिएको दौड़ धीरज सँग दौडौं।” भन्दै हामीलाई प्रोत्साहन दिनु हुन्छ। “औ विश्वासका कर्त्ता र सिद्ध तुल्याउनुहुने येशूलाई हेरौं।” भन्नु हुन्छ, “जसले उहाँको सामने राखिदिएको आनन्दको निम्ति” सम्पूर्ण हृदयसाथ सेवामा धीरज धर्नु भयो र एक छिन पनि इनाम बाट नजर हटाउनु भएन। येशूको यो उदाहरणले हामीलाई धीरज धर्न कति बल दिंदछ।—हिब्रु १२:१, २
९. आधुनिक समयमा धीरज धारण गर्नेहरू द्वारा के परिणाम अनुभव गर्न सकिएकोछ?
९ धीरज धर्ने सम्बन्धमा प्रशस्त आधुनिक उदाहरणहरू पनि छन्। विशेष रूपमा धीरज धरेका कति भाइ- बैनीहरू ता तपाईंले पनि चिन्नु भएको होला। तिनीहरूका विश्वासद्वारा हामी कति प्रोत्साहित हुन्छौं! औ प्रत्यक साल, यहोवाका साक्षीहरूले आफ्ना विश्व-व्यापी गति- विधिको रिपोर्ट प्रहरीदुर्ग प्रकाशन सोसाइटीलाई बुझाउँदा, धैर्य र समग्रताका रोमाञ्चकारी अझ धेरै उदाहरणहरू सुन्न पाइन्छ। अंग्रेजी भाषामा प्रकाशित्, जनवरी १, १९९० को प्रहरीदुर्गको २० देखि २३ पानाहरूमा दिएको चार्टले सन् १९८९ मा सम्पन्न भएका महान कामको सारांश दिएकोछ र यसले साक्षीहरूको “विश्वास र धैर्यको वृद्धि” गराएको छ।—२ पत्रुस १:५, ६
हाम्रा सबै भन्दा गौरवमय साल
१०. (क) सन् १९८९ मा, कति वटा मुलुक र टापुहरूले राज्यको प्रचार गर्ने काममा भाग लिए र यो काममा भाग लिने व्यक्तिहरूको सङ्ख्या कति छ? (ख) सबै भन्दा बढ़ी गति-विधि भएको महिनामा कति जना अग्रगामीहरूले सेवामा भाग लिएका थिए र सेवकाइको काममा जम्मा कति घण्टा बिताइएछ?
१० त्यो चार्ट अनुसार, यहोवाको आउने राज्य बारे प्रचार गर्ने काममा २१२ मुलुक र टापुहरूका समूहले भाग लिएछन्। प्रहरीदुर्ग का प्रिय पाठक, यो महान काममा भाग लिने ती ३,७८७,१८८ मध्य के तपाईं पनि एक जना हुनु हुन् थियो? यो सेवाको निम्ति अघि बढेर रिपोर्ट दिएका ८०८,१८४ अग्रगामीहरू मध्य के तपाईं पनि हुनु हुन्थियो? सन् १९८९ मा विश्व भरि प्रचारको काममा बिताइएको जम्मा ८३५,४२६,५३८ घण्टाहरूमा तपाईंको योगदान जति नै भएता पनि, तपाईं आनन्दित् हुने कारण छ।—भजन १०४:३३, ३४; फिलिप्पी ४:४।
११. (क) गएको मार्च २२ मा मनाइएको स्मरणार्थमा, आनन्दको कुरा के थियो र किन? (ख) बप्तिस्मा लिनेहरूको सङ्ख्या कति थियो र यस सम्बन्धमा, चार्टमा उल्लेखित् कुन मुलुकहरू विशिष्ट भए?
११ मार्च २२ तारीकमा, विश्व भरि मनाइएको, ख्रीष्टको मृत्युको स्मरणार्थ निम्ति भेला भएका जम्मा ९,४७९,०६४ व्यक्तिहरूको सङ्ख्या सुनेर रमाउनु होस्! यो सङ्ख्या अनुसार, भेला भएका ती भंड़ा खालका मानिसहरूलाई, नियमित् रूपमा यहोवाको सेवा गर्न, प्रेम पूर्ण सहायता दिंदै गोठ भित्र ल्याउन सकेमा, अझ ५,६९१,८७६ राज्यका प्रचारकहरू हुनु सक्छन्। के हामी अब यो काम मा भाग लिन सक्छौं होला? (यूहन्ना १०:१६; प्रकाश ७:९, १५) धेरैले ता यस प्रकारको मदद् स्वीकारेर, त्यस अनुसार काम पनि गर्न थाली सके किनभने १९८९मा, सेवकाइको साल भित्र, जम्मा २,६३,८५५ नया साक्षीहरूले बप्तिस्मा लिए।
१२. (क) प्रहरीदुर्ग प्रकाशन सोसाइटीका छापा खानाहरू बारे र (ख) पत्रिकाहरूको वितरण बारे, कुन कुराहरू चार्टमा दिइएको छैन?
१२ तर त्यो चार्टमा देख्न न सकिने केही विशेष कुराहरू छन्। बाइबल, पुस्तक, पुस्तिका र पत्रिकाहरूको माँग पुरा गर्न नसकिने जस्तो भयो। फलस्वरूप, न्यु र्योक स्थित् प्रहरीदुर्गका छापा खानाहरूले ३५,८११,००० बाइबल, पुस्तक र पुस्तिकाहरू छपाउन, १५,००० टन कागजको प्रयोग गर्नु पर्यो। सन् १९८८ साल भन्दा यहाँ १०१ प्रति-शत् वृद्धि भएको देख्दछौं। प्रहरीदुर्गका अन्य छापा खानाहरूले, विषेश गरी जर्मनी, ईटाली र जापानमा, निश्चित् समय भन्दा बढ़ी काम गर्दै, “समय अनुसारको आहार” दिने काममा “विश्वासी र बुद्धिमान दासलाई” सहायता दिए। (मत्ती २४:४५) अप्रील र मई महिनाहरूमा, पत्रिकाहरूको वितरण र यिनीहरूकालागि वार्षिक शुल्क उठाउने काम, कुनै-कुनै मुलुकहरूमा विशिष्ट रूपले सफल भयो। विषेश गरी, “महान बेबिलन” बारे प्रकाशित् प्रहरीदुर्गको अङ्कहरू। (प्रकाश १७:५) निस्सन्देह, आँउदो अप्रील महीनामा पनि, सहायक अग्रगामीहरू र अरू साक्षीहरू मिलेर संसार भरि सेवाको क्षेत्रमा हुल बाँधेर निस्कनेछन् र १९९० मा, पहिला कहिले नभएको प्रचारको अभियान सम्पन्न गर्नेछन्।—यशैया ४०:३१; रोमी १२:११, १२ सँग तुलना गर्नुहोस्।
१३. कुन देशहरूको नाउँ बितेको सालको चार्टमा थिएन तर अहिलेको चार्टमा देखिन्छ? विवरण दिनुहोस्।
१३ अघि उल्लेखित् चार्ट तपाईं सँग छ भने, त्यसलाई फेरी एक छिन् हेर्नुहोस्। त्यहाँ कुनै यस्ता देशहरूको नाउँ देख्नुहुनेछ जस्को नाउँ गएको सालको चार्टमा थिएन। उदाहरणकालागि, हङ्गरी र पोल्यान्ड। यी दुई देशहरूमा हाम्रो कामलाई हाल सालैमा मात्र कानूनी मान्यता दिइयो। यहोवाका साक्षीहरू प्रति यस प्रकारको विवेकपूर्ण व्यवहार गरेकालागि हामी त्यहाँका पदाधिकारीहरूलाई धन्यबाद ज्ञापन गर्दछौं। यस सम्बन्धमा, “सब प्रकारका इश्वरीय भक्ति र गम्भीरतामा हामीले शान्ति र चैनको जीवन बिताउन पाऔं” भनेर विश्वव्यापी भ्रातृत्वले चढाएका प्रार्थनाहरूको सुनवाई भएकोछ।—१ तिमोथी २:१, २
१४. पोलैन्डमा घटेको “इश्वरीय भक्ति” जिल्ला सम्मेलनहरूका विषेशताहरू भन्नुहोस्?
१४ “इश्वरीय भक्ति”! हो, “इश्वरीय भक्ति” जिल्ला सम्मेलन पोल्यान्डमा पनि, तीन बेग्ला-बेग्लै स्थलहरूमा, अगस्त महिना भित्र हुनु सक्यो! पोल्यान्डका हाम्रा ९१,०२४ भाइहरू अतिथि सत्कार गर्न कति सिपालु रहेछन्! (हिब्रु १३:१, २, १६) एउटा चमत्कार भए जस्तै गरी, हजारौं चेक, जर्मन, रूसी र अन्य भाइहरूलाई प्रवेश-पत्र प्राप्त भयो र तिनीहरू कोही बसबाट, कोही रेलबाट र कोही पैदल हिंड़ेर पनि आए। अरू हजारौं अमेरिका बाट, पश्चिम यूरोप बाट र पेसिफिक र जापानका टापुहरू जति टाढा बाट पनि, हवाई जहाजमा आए। हाम्रा भाइहरूले, फोहोरको निशानै नहुने गरी सफा पारेका ती ठूला-ठूला रङ्गशालाहरू, भेलाहुने भिड़हरूका निम्ति यथेष्ट मात्र थियो। शोरजाउमा ६५,७१०, पोजनानमा ४०,४४२ र वारसोमा ६०,३६६ जना भेला भएका थिए। जम्मा १६६,५१८! प्रत्यक ठाउँमा, बप्तिस्मा लिने व्यक्तिहरूको दृश्य देखेर, सबैका आँखा बाट खुशीका आँसु बगे। पोजनानमा बप्तिस्मा लिनेहरू मध्य एक जना ९ र अर्को ९० वर्ष पुगेका थिये। सम्मेलनको तीनै स्थलमा जम्मा ६,०९३ व्यक्तिहरूले बप्तिस्मा लिए र ती मध्य, धेरै बीस वर्ष नपुगेका जवानहरू थिए। यिनीहरू ती देशहरूका बासिन्दाहरू थिए जुन देशमा धर्म भन्ने कुरा बूढाहरू सँग सँगै मरेर जानेछ भन्ने गरेका थिये। तर परमेश्वरको वचनमा आधारित साँचो धर्म ता मरेर गएन! (भजन १४८:१२, १३; प्रेरित २:४१; ४:४ सँग तुलना गर्नुहोस्।) पूर्वीय यूरोपमा हाम्रा भाइहरूले गरेको धीरज व्यर्थमा गएन। त्यस्को कति ठूलो इनाम पाएका छन्!
परिक्षामा पर्दा पनि सधैं विश्वासी
१५. लेबनन्का साक्षीहरूले धीरज र दृढता कसरी प्रदर्शन गरेकाछन् र यस बाट के असल परिणाम भएको छ?
१५ प्रेरित पावलले जस्तै, यहोवाका साक्षीहरूले पनि विभिन्न र अन्य परिस्थितिहरूमा धीरज धारण गर्नु आवश्यक पर्दछ। (२ कोरिन्थी ११:२४-२७) लेबनन्मा गृह-युद्ध मचीरहेको छ। त्यहाँ हाम्रा भाइहरूले कस्तो विचार राखेर काम गर्दैछन्? दृढता र विश्वास साथ। सन १९८९ मा त्यो देशले ठूलो बम र गोलाबारी देख्यो तर यस्तो भइ रहेको माझमा पनि, हाम्रा भाइहरूले सेवकाइमा ढिलाइ नगर्ने फैसला गरेका थिये। बेरूटको एउटा मण्डली बाट यस प्रकारको रिपोर्ट आएकोछ: “हप्ताहको प्रत्यक बेलुकी, नियमित रूपमा क्षेत्र सेवकाइको निम्ति भेला हुने प्रबन्ध गरियो। सुरक्षा सम्बन्धी परिस्थितिहरू निकै नै गाह्रो भएता पनि, भाइहरू निरूत्साहित् भएनन्। पहिला भन्दा अझ धेरै इलाकामा काम गर्न भ्यायौं। अप्रीलमा त अग्रगामीहरूको सङ्ख्यामा पहिला कहिले नभएको वृद्धि भयो। नया बाइबल अध्ययनहरू शुरू भयो र अझ धेरै मात्रमा पत्रिकाहरू र पुस्तकहरूको वितरण भयो।”
१६. कोलम्बियाका हाम्रा भाइहरूले, साक्षीहरू नभएका शहरहरूमा सुसमाचार पुर्याएर कसरी धीरज धारण गरेकाछन्?
१६ हाल सालै कोलम्बियाको नाउँ, त्यहाँको मादक पदार्थको व्यापार र हिंसाको कारण समाचारहरूमा निकै सुनिन्छ। तर त्यहाँका विश्वासी मसीहीहरूको धीरज पनि समाचारमा सुनाउने योग्यको छ। केही समय अघि, ३१ अस्थायी विशेष अग्रगामीहरूलाई, लगभग दस हजार बासिन्दाहरू भएका ३१ वटा शहरहरूमा पठाइयो। ती शहरहरूमा यहोवाका एक जना साक्षी पनि थिएन। एउटा शहरमा, ती अग्रगामीहरू त्यहाँ केही महिना मात्र बस्ने रहेछन् भनि त्यहाँका नया-नया चासो लिने बासिन्दाहरूले थाह पाए पछि, तिनीहरूले अग्रगामीहरूलाई अझ समय बस्नको निम्ति अनुरोध गरे। अर्को शहरमा, अग्रगामीहरूले तीन महिना बसेर दिइएको अध्यात्मिक् सहायताका लागि, १८ जना चासो लिने व्यक्तिहरूले एउटा धन्यबादको पत्रमा दस्तखत् गरे औ अझ सहायताको माँग गरे। तिनीहरूले “यो गम्भीर कुरा हो” भने। निस्सन्देह, दुवै ठाउँका चासो देखाउनेहरूलाई मदद दिने प्रबन्ध मिलाइयो। यस्ता टाढा-टाढाका इलाकामा काम बढाउदा धीरजको खाँचो पर्छ तर यसरी अघीसर्ने अग्रगामीहरूको मेहनतलाई महान आशिषहरू प्राप्त हुनेछ।
१७, १८. (क) इटालीमा, यहोवाका साक्षीहरूले के कस्तो परिस्थितिमा धीरज धारण गरेकाछन्? (ख) तिनीहरूका विषयमा झूटा कुराहरू फैलाएता पनि, यहोवाका साक्षीहरूले यसको सामना कसरी गरेकाछन्?
१७ इटालीमा त्यहाँका धर्म-गुरूले यहोवाका साक्षीहरूको घोर विरोध गरेतापनि, यहोवाको बलमा भरोसा गर्दै, तिनीहरूले धीरज धारण गर्न सकेकाछन्। कुनै-कुनै गाउँहरूका धर्म-गुरूले आफ्ना गाउँलेहरूलाई आ-आफ्ना ढोकाहरूमा टाँसने पर्चाहरू दिये। यी पर्चाहरूमा यहोवाका साक्षीहरूलाई ढोका न ढक्ढकाउनु भनेर लेखिएको हुन् थियो। एउटा विशेष इलाकामा ता, धर्म-गुरूहरूले युवकहरूलाई यो पर्चा टाँसने काम अह्राये र यी ठिटाहरू गएर पर्चा साक्षीहरू समेत, सबैका घरका ढोकाहरूमा टाँसी दिएछन्! तर यति सजीलै गरी यहोवाका साक्षीहरूलाई धम्काउन सकिन्दैन। अकसर त्यही पर्चाहरू द्वारा तिनीहरूले घरका मानिसहरू सँग कुराकानी शुरू गर्छन्। साथै, समाचार-पत्रहरू र दूर-दर्शनले पनि यस घटनाको निकै विज्ञापन गर्यो र यस प्रकारका धार्मिक् कट्टर-बादको भर्त्सना गर्दै, यो वास्तवमा गिर्जाघरहरू कै कमजोरीको एउटा चिन्ह हो भने। साक्षी-विरोधी पर्चाको यो विवादले गर्दा एक जना विश्व-विद्यालयका प्रफेसर क्रोधित् भए औ प्रहरीदुर्ग र अवेक पत्रिकाहरूको वार्षिक ग्राहक पनि भए!
१८ इटालीका क्याथोलिक गिर्जाले यहोवाका साक्षीहरू बाट धर्म-त्यागी भएर बाहिर गएका मानिसहरूको पनि प्रयोग गर्छन् र यिनीहरू द्वारा यहोवाका साक्षीहरूको विरूद्धमा झूटो कुराहरू फैलाउने कोशिश गर्छन्। तर यो उपाय पनि काम लाग्दैन किन भने त्यहाँका १७२,३८२ राज्यका प्रचारकहरूलाई सबैले राम्रो सँग चिन्दछन् र तिनीहरूलाई श्रद्धाको दृष्टिले हेर्दछन्। भूत-पूर्व साक्षीहरूले यहोवाका साक्षीहरू बारे लेखेका खराब कुराहरू एक जना मानिसले पढनु भएछ र पछि आफ्नै भाइ एक जना यहोवाको साक्षी भयो भनेर उहाँले कठोर विरोध गर्नु भएछ भन्ने कुरा, घर घर गइ रहेका साक्षीहरूलाई उहाँले भेटेर भन्नु भयो। तर धर्म परिवर्तनको कारण, आफ्नो भाइमा असल प्रभाव परेको देख्नु भएछ। उहाँले यस प्रकार सोच्न शुरू गर्नु भएछ: ‘खराब कुरा बाट यति असल कुरा आउन कसरी सम्भव होला र?’ यसकारण उहाँले पनि घरमा आएका साक्षीहरू सँग बाइबल अध्ययनको माँग गर्नु भएछ।—कलस्सी ३:८-१० तुलना गर्नुहोस्।
उदासीनताको सामना गर्नुहोस्
१९, २०.(क) फिनलैन्डका साक्षीहरूलाइ कुन परिस्थितिले गर्दा धीरज धारण गर्न आवश्यक पर्यो र त्यहाँका गिर्जा घरले लिएको जनमत्मा के महत्वपूर्ण कुरा देखियो? (ख) कुन अनुभवले हामीलाई सुसमाचार प्रचार गर्ने काममा धीरजको आवश्यक्ता देखाउँदछ?
१९ जुन देशहरूमा साक्षीहरू मानिसहरूको घर- घरमा बारम्बार गइ रहन्छन, ती ठाउँहरूमा सुसमाचार प्रति जता- ततै उदासीनता पाइन्छ। उदाहरणका लागि, फिनलैन्ड। त्यो देशको गिर्जा-घरले लिएको जन मत् अनुसार, त्यहाँका ७० प्रतिशत् मानिसहरूले यहोवाका साक्षीहरू घर- घर आएका मन पराउँदा रहेनछन्। ३० प्रतिशत्ले केही अप्रसन्नता व्यक्त गरेनन् र यी मध्य, ४ प्रतिशत्ले यहोवाका साक्षीहरू मन पर्छ भने। यो अन्तिम अङ्क महत्वपूर्ण हो, किनभने फिनलैन्डको जन सङ्ख्याको ४ प्रतिशत्को अर्थ २००,००० मानिसहरू हुन्। र आज फिनलैन्डमा १७,३०३ प्रचारकहरू छन्!
२० बाहिर प्रचार गर्न गएका, हाम्रा एक जना प्रचारकलाई एउटा मानिसले यो जनमत् देखाउँदै यो प्रश्न गरेछ: “यहाँका हामी ७० प्रतिशत् मानिसहरूले तपाईंहरूलाई रूचाउदैनौं भन्ने कुरा के तपाईंलाई थाहा छैन र? र पनि हाम्रा घरहरूमा किन आइ रहनु हुन्छ?” प्रचारकले यो उत्तर दिनुभयो: “हो, तर त्यही जन- मत् अनुसार तपाईंहरू मध्यका ४ प्रतिशत्ले ता हामीलाई मन पराँउछन। हामी त्यही ४ प्रतिशत् मानिसहरूका खोजीमा छौं। तिनीहरू १ प्रतिशत् मात्र भए पनि, हामी घर-घर गएर तिनीहरूलाई खोज्ने थियौं।” घरको मानिस एक छिन शान्त भएर सोच्नु भए पछि, एसो भन्नु भएछ: “के तपाईंहरूले दिन चाहेका समाचार तिनीहरूका निम्ति त्यति महत्वपूर्ण छ र?” प्रचारकले जवाबमा यो सोधनी गर्नु भयो: “के तपाईं सुन्न चाहनु हुन्छ?” चाँड़ै नै यो मानिसले पनि सुसमाचारमा चासो देखाउनु भएछ
भविष्यमा के छ
२१. (क) यो संसार रहुञ्जेल हामीले के कस्तो सङ्घर्ष गर्नु परेकोछ र किन? (ख) हामीले के कस्तो अवस्थामा धीरज धारण गर्नु पर्ला र हबाकुकको अगमवाणीले हामीलाई कुन कुरा बारे निश्चिन्त पार्दछ?
२१ हामी सबैको विषयमा के भन्ने? के हामीले पनि यहोवा र येशू सँग अन्त सम्मै धीरज धारण गर्ने फैसला गरेकाछौं? अब धेरै समय ता बाँकी न होला तापनि हामीले धीरज धारण गर्नै पर्छ। शैतानको संसारमा विश्वासको निम्ति हामीले ठूलो सङ्घर्ष गर्नु पर्छ किन भने चारै तिर बाट हामीलाई यो संसारको अनैतिकता, भ्रष्टाचार र घृणाले घेरेको छ। (यहूदा ३, २०, २१) हामीहरूले कुनै न कुनै प्रकारको सतावटको सामना गर्नु पर्ला। अहिले पनि हाम्रा हजारौं भाइहरू कारागारहरूमा दुख: भोगी रहेकाछन्। कसै-कसैलाई क्रूरतासाथ पिटि रहेकाछन्। (२ थिस्सलोनी ३:१, २) चाँड़ै, वर्तमान संसार बितेर जानेछ! हबाकुकले भने झैं: “त्यो दर्शन ठहराएको समयमा पूरा हुनेछ, त्यो पूरा हुने बेला चाँड़ै आउँदैछ, त्यसले धोका दिंदैन। त्यो पूरा हुनु ढीलो भएतापनि, त्यसको बाटो हेर्दै बस्, किनभने त्यो निश्चय पूरा हुनेछ, त्यसले ढीला गर्नेछैन।”—हबाकुक २:३
२२. हामीले पनि अगमवक्ताहरूको सहनशक्ति र अय्यूबको धीरज धारण गर्यौं भने के कस्तो फल भोग्ने निश्चित् आशा गर्न सक्दछौं?
२२ येशूको चेला याकूबले प्रेमसित हामीलाई एसो भन्नु हुन्छ: “हे मेरा भाइ हो, प्रभुका नाउँमा बोल्ने ती अगमवक्ताहरूका शासना र धैर्यको दृष्टान्त लेओ।” यशैया, यर्मिया, दानियल र अरूहरूले गरे जस्तै, आज यहोवाका नाउँमा बोल्ने हामीहरूले पनि कठोर परिक्षाहरूका साम्ने आफ्नो समग्रता कायम राख्नु पर्नेछ। अय्यूबले झैं, हामीहरूले पनि धीरज धारण गर्न सक्छौं। आफ्नो धैर्य द्वारा उहाँले कति ठूलो इनाम पाउनु भयो! हामीले पनि अन्त सम्म धैर्य धारण गर्यौं भने—यहोवाको प्रेम र कृपाको कारण, अय्यूबले पाएको पुरस्कार सँग तुलना गर्न सकिने खालका इनामको आशा गर्न सक्दछौं। र याकूबका यी शब्दहरू हामी प्रत्यकको जीवनमा पूरा होस्: “हेर, धीरज धारण गर्नेहरूलाई हामी धन्यका भन्दछौं।”—याकूब ५:१०, ११; अय्यूब ४२:१०-१३ (w90 1/1)
तपाईं कसरी जवाब दिनुहुनेछ?
▫ येशूले, धीरज धारण गर्न कतिको आवश्यक छ, भन्नु भयो?
▫ के कारणहरूका निम्ति यहोवाले धीरज धारण गर्नु भएकोछ?
▫ सन् १९८९ मा सम्पन्नभएका महान कामका केही विषेशताहरू के हुन्?
▫ पोलैन्डका हाम्रा भाइहरूले धीरज धारण गरेर आज के पुरस्कार पाएकाछन्?
▫ लेबनन्, कोलम्बिया र इटालीका साक्षीहरू सङ्कष्टमा पनि कसरी विश्वासी भएकाछन्?