-
प्रेमको मार्ग कहिल्यै टल्दैनप्रहरीधरहरा—१९९९ | फेब्रुअरी १५
-
-
९. आफ्नै स्वार्थलाई मात्र ध्यान दिने व्यक्तिहरूबारे बाइबलमा कस्ता चेताउनीमूलक उदाहरणहरू छन्?
९ प्रेमले “आफ्नै भलाई खोज्दैन।” (१ कोरिन्थी १३:५) प्रेमिलो व्यक्तिले आफूले भनेकै जस्तो गर्न अरूलाई प्रयोग गर्दैनन्। यस सन्दर्भमा बाइबलमा चेताउनीमूलक उदाहरणहरू छन्। उदाहरणका लागि: हामी दलाली, ईजेबेल अनि अतल्याह जस्ता आइमाईबारे पढ्छौं जसले आफ्नो स्वार्थ पूरा गर्न अरूलाई प्रयोग गरे। (न्यायकर्त्ता १६:१६; १ राजा २१:२५; २ इतिहास २२:१०-१२) अर्को उदाहरण हो, राजा दाऊदको छोरा अब्शालोम। तिनले न्याय माग्न आउनेहरूलाई शहरको ढोकामा भेट्थे अनि तिनीहरूका समस्याहरू शाही अदालतमा वास्ता गरिंदैन भनेर बडो चालाकीसाथ बताउँथे। त्यसपछि, तिनले अदालतमा त म जस्तो निष्कपट व्यक्ति हुनुपर्छ भन्थे। (२ शमूएल १५:२-४) निस्सन्देह, अब्शालोमलाई दलितहरूको होइन तर आफ्नै मात्र वास्ता थियो। तिनले आफूलाई स्वयं-नियुक्त राजा बनाएर थुप्रैलाई प्रभावित गरे। तर समयमा अब्शालोमको दुःखद अन्त भयो। तिनको लाशलाई उचित रीतिले गाड्ने योग्यको समेत ठानिएन।—२ शमूएल १८:६-१७.
१०. हामी अरूको कुरालाई ध्यान दिन्छौं भनेर कसरी देखाउनसक्छौं?
१० यो आज मसीहीहरूका लागि चेताउनी हो। हामी पुरुष हौं या स्त्री, हामीसँग आफ्नो कुरा माथि पार्ने स्वभाव हुनसक्छ। भिन्नै विचार भएका व्यक्तिहरूको कुरा बेवास्ता गरेर वा उनीहरूलाई दबाएर आफूले भनेको जस्तो गर्न सजिलो हुनसक्छ। तथापि, हामी साँच्चै प्रेमिलो छौं भने अरूको चासोलाई ध्यान दिन्छौं। (फिलिप्पी २:२-४) हामी आफ्नो अनुभव वा परमेश्वरको संगठनमा पाएको स्थानको कारण आफ्नै विचार मात्र सही हो भन्ने जस्तैगरि अरूको फाइदा उठाउँदैनौं अथवा विवादास्पद विचारधारालाई बढावा दिदैनौं। बरु, हामी बाइबलको यो हितोपदेश सम्झन्छौं: “नाशको अघि अहंकार र पतनको अघि अभिमान आउँछ।”—हितोपदेश १६:१८.
-
-
प्रेमको मार्ग कहिल्यै टल्दैनप्रहरीधरहरा—१९९९ | फेब्रुअरी १५
-
-
११. (क) हामी कुन कुन तरिकामा दयालु र शिष्ट प्रेम देखाउनसक्छौं? (ख) हामी अधर्ममा खुशी हुँदैनौं भनेर कसरी देखाउनसक्छौं?
११ पावलले प्रेम “दयालु हुन्छ” अनि “बेकायदासाथ चल्दैन” भनेर पनि लेखे। (१ कोरिन्थी १३:४, ५) हो, प्रेमले गर्दा हामी अशिष्ट, अश्लील वा अनादरपूर्ण व्यवहार गर्दैनौं। बरु, हामी अरूको भावनाहरूलाई ध्यान दिन्छौं। उदाहरणका लागि, प्रेमिलो व्यक्तिले अरूको अन्तस्करणमा बाधा पुऱ्याउने काम गर्दैन। (१ कोरिन्थी ८:१३ तुलना गर्नुहोस्।) प्रेम “अधर्ममा खुशी हुँदैन, तर सत्यमा खुशी हुन्छ।” (१ कोरिन्थी १३:६) हामी यहोवाको व्यवस्थालाई प्रेम गर्छौं भने न अनैतिकतालाई हल्का ठान्छौं नता परमेश्वरले घृणा गर्नुहुने कुराहरूबाट आनन्द नै लिन्छौं। (भजन ११९:९७) प्रेमले बिगार्ने कुरामा नभई सुधार्ने कुराहरूमा आनन्दित हुन हामीलाई मदत दिन्छ।—रोमी १५:२; १ कोरिन्थी १०:२३, २४; १४:२६.
१२, १३. (क) कसैले रिस उठाउँदा हामीले कस्तो प्रतिक्रिया देखाउनु पर्ने हो? (ख) रिस उचित भए तापनि त्यसले गर्दा अविवेकी कार्य गर्नसक्छौं भनेर बाइबलबाट उदाहरण दिनुहोस्।
१२ पावलले प्रेम “रिसाउँदैन” भनेर लेखे। (१ कोरिन्थी १३:५) हो, हामी असिद्ध भएकोले गर्दा कसैले हाम्रो चित्त दुखाउँदा झोंक चल्नु वा केही हदसम्म रिस उठ्नु स्वाभाविकै हो। तथापि, पछिसम्म द्वेष राख्नु वा रिसाउनु ठीक होइन। (भजन ४:४; एफिसी ४:२६) उचित रिस नै किन नहोस्, त्यसलाई वशमा राखेनौं भने हामी अविवेकी कार्य गर्नसक्छौं। अनि यहोवाले हामीलाई सो कार्यको जिम्मेवार ठहऱ्याउनुहुन्छ।—उत्पत्ति ३४:१-३१; ४९:५-७; गन्ती १२:३; २०:१०-१२; भजन १०६:३२, ३३.
१३ कसै कसैले अरूको असिद्धताको कारण मसीही सभाहरू धाउन वा क्षेत्र सेवामा भाग लिन छाड्छन्। तिनीहरूमध्ये थुप्रैले परिवारको विरोध, सहकर्मीहरूको उपहास तथा त्यस्तै अन्य सतावटहरू सहेर विश्वासको खातिर प्रशंसायोग्य लडन्त लडेका छन्। तिनीहरूले ती बाधा अड्चनहरू समग्रताको परीक्षा सम्झेर सहे र त्यो साँच्चै तिनीहरूको परीक्षा थियो पनि। तर कुनै सँगी मसीहीले निर्दयी कुरा वा कार्य गऱ्यो भने नि? के त्यो पनि समग्रताको परीक्षा होइन र? अवश्य। किनकि त्यतिखेर रिस राखिरह्यौं भने ‘शैतानलाई मौका दिन्छौं।”—एफिसी ४:२७.
१४, १५. (क) ‘खराबीको वास्ता नगर्नुको’ अर्थ के हो? (ख) क्षमा दिने सन्दर्भमा हामी कसरी यहोवाको अनुकरण गर्नसक्छौं?
१४ त्यसैले पावल अझ भन्छन्, प्रेमले “खराबीको वास्ता गर्दैन।” (१ कोरिन्थी १३:५) के भविष्यमा कुरा कोट्याउन कसैको चित्त दुख्दो शब्द वा कार्य मनमा राखिरहनु प्रेमपूर्ण कार्य हो? यहोवाले कठोर भएर हामीसँग यस्तो व्यवहार गर्नुहुन्न। यो कत्ति खुसीको कुरा हो! (भजन १३०:३) हो, पश्चात्ताप गऱ्यौं भने उहाँले हाम्रा गल्तीहरू मेटाउनुहुन्छ।—प्रेरित ३:१९.
१५ यस सन्दर्भमा हामी यहोवाको अनुकरण गर्नसक्छौं। कसैले हामीलाई होच्याएको जस्तो लाग्यो भने अति संवेदनशील हुनुहुँदैन। झड्याङ्ग रिसायौं भने हामी आफूलाई रिस उठाउनेलाई भन्दा आफैलाई ज्यादा चोट पुऱ्याइरहेका हुनसक्छौं। (उपदेशक ७:९, २२) बरु, प्रेमले “सबै कुराको पत्यार गर्छ” भनी हामीले सम्झनुपर्छ। (१ कोरिन्थी १३:७) निस्सन्देह, हामीमध्ये कोही पनि ठगिन चाहँदैनौं। नता हामी हाम्रा भाइबहिनीहरूको मनोवृत्तिमा अनावश्यक शंका नै गर्छौं। सम्भव भएसम्म, अरूले हामीप्रति नराम्रो सोचेको छैन भन्ने विचार राखौं।—कलस्सी ३:१३.
-