यसैया
५२ जाग! जाग! ए सियोन, साहस जुटाऊ!+
ए पवित्र सहर यरुसलेम! तिम्रा सुन्दर लुगाहरू लगाऊ!+
किनभने खतना नगरेको मानिस अनि अशुद्ध मानिस अब तिमीकहाँ आउनेछैन।+
२ ए यरुसलेम! धुलो टकटक्याऊ! उठ! माथि आएर बस।
४ ब्रह्माण्डका मालिक यहोवा भन्नुहुन्छ:
“मेरा मानिसहरू पहिला मिश्रमा गए र त्यहाँ परदेशी भएर बसे+
अनि अस्सेरियालीहरूले तिनीहरूमाथि विनाकारण अत्याचार गरे।”
५ यहोवा यसो भन्नुहुन्छ: “त्यसोभए यहाँ म के गरूँ?”
यहोवा भन्नुहुन्छ: “मेरा मानिसहरू विनादाम लगिएका छन्।
मेरा मानिसहरूमाथि शासन गर्नेहरूले जितको हर्षोल्लास मनाइरहेका छन्+
अनि दिनभर मेरो नामको अनादर भइरहेको छ।”+
६ त्यसैकारण मेरा मानिसहरूले मेरो नाम थाह पाउनै पर्छ,+
तिनीहरूसँग बोल्ने मै हुँ भनेर त्यस दिन मेरा मानिसहरूले थाह पाउनेछन्।
हो, तिनीहरूसँग बोल्ने मै हुँ!
७ डाँडाहरूमा सुसमाचार घोषणा गर्ने मानिसको खुट्टा कत्ति सुन्दर!+
उसले शान्तिको घोषणा गर्छ,+
ऊ असल कुराको सुसमाचार लिएर आउँछ,
उसले उद्धारको घोषणा गर्छ,
उसले सियोनलाई भन्छ: “तिम्रा परमेश्वर राजा हुनुभएको छ!”+
८ सुन! तिम्रा पहरेदारहरू खुसीले कराइरहेका छन्,
एकै स्वरले तिनीहरू गाइरहेका छन्
किनभने यहोवाले सियोनलाई फिर्ता ल्याउनुहुँदा तिनीहरूले आफ्नै आँखाले त्यो देख्नेछन्।
९ ए यरुसलेमका भग्नावशेष हो, खुसी होओ! एकै स्वरले गाओ!+
किनभने यहोवाले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुभएको छ;+
उहाँले यरुसलेमलाई मोल तिरेर छुटाउनुभएको छ।+
१० सबै देशको अगाडि यहोवाले आफ्नो पवित्र पाखुरा सुर्काउनुभएको छ;+
हाम्रा परमेश्वरले उद्धार गर्नुहुँदा* पृथ्वीको कुनाकुनासम्म सबैलाई थाह हुनेछ।+
११ निस्केर आओ! निस्केर आओ! त्यहाँबाट निस्केर आओ!+ अशुद्ध कुरा नछोओ!+
हे यहोवाको भवनका भाँडा बोक्ने मानिसहरू हो,+
त्यसको बीचबाट निस्केर आओ,+ तिमीहरू शुद्ध रहिरहो!
१२ तिमीहरू त्यहाँबाट अतालिँदै निस्कनुपर्दैन
अनि त्यहाँबाट भाग्नु पनि पर्दैन।
किनभने यहोवा तिमीहरूभन्दा अघिअघि जानुहुनेछ;+
इस्राएलका परमेश्वरले तिमीहरूलाई पछिल्तिरबाट पनि रक्षा गर्नुहुनेछ।+
१४ उसलाई देखेर मानिसहरू छक्क परेका थिए
किनभने उसको हालत सबै मानिसको भन्दा खराब भएको थियो,
उसको महिमित रूप सबै मानिसको भन्दा कुरूप भएको थियो।