हितोपदेश
११ गलत* तराजुलाई यहोवा घृणा गर्नुहुन्छ
तर सही नापतौलदेखि* उहाँ खुसी हुनुहुन्छ।+
२ जब अहङ्कार आउँछ, तब अपमान पनि आउँछ+
तर जो मर्यादामा रहन्छ, ऊ बुद्धिमान् हुन्छ।+
३ सोझो मानिसको इमानदारीले उसलाई सही बाटोतर्फ डोऱ्याउँछ+
तर छली मानिसको छलकपटले उसको विनाश गर्छ।+
४ क्रोधको दिनमा धनसम्पत्तिले बचाउनेछैन+
तर धार्मिकताले मानिसलाई मृत्युबाट जोगाउनेछ।+
५ निर्दोष मानिसको धार्मिकताले उसको बाटो सीधा बनाउँछ
तर दुष्ट मानिस आफ्नै दुष्टताले नाश हुन्छ।+
६ सोझो मानिसको धार्मिकताले उसलाई बचाउँछ+
तर कुटिल मानिस आफ्नै लोभको पासोमा पर्छ।+
७ दुष्ट मानिस मर्दा उसको आशा नामेट हुन्छ,
उसले आफ्नो शक्तिमा राखेको भरोसा पनि बेकार हुन्छ।+
८ धर्मी मानिस समस्याबाट उम्किन्छ
तर त्यही समस्यामा दुष्ट मानिस फस्छ।+
९ भक्तिहीन* मानिसको बोलीले छिमेकीलाई बरबाद पार्छ
तर धर्मी मानिसलाई उसको ज्ञानले बचाउँछ।+
१० धर्मी मानिसको राम्रो कामले सहरमा खुसीयाली छाउँछ
अनि दुष्ट मानिस मर्दा रमाहटको आवाज गुञ्जिन्छ।+
११ सोझो मानिसले आशिष् पाउँदा* सहरको सान बढ्छ+
तर दुष्टको बोलीले सहरलाई बरबाद पार्छ।+
१२ मूर्ख* मानिसले आफ्नो छिमेकीको खिल्ली उडाउँछ
तर समझदार मानिस चुप लागेर बस्छ।+
१३ निन्दा गर्ने मानिसले अरूको गोप्य कुरा सुनाउँदै हिँड्छ+
तर विश्वासिलो मानिसले अरूको गोप्य कुरा प्रकट गर्दैन।*
१४ सही निर्देशन* नपाउँदा मानिसहरूले दुःख पाउँछन्
तर धेरै जनासँग सल्लाह लिँदा सफलता* मिल्छ।+
१५ अपरिचित मानिसले ऋण लिँदा जमानी* बस्ने मानिस समस्यामा फस्छ+
तर हात मिलाउन* इन्कार* गर्ने मानिस सुरक्षित हुन्छ।
१६ शीलस्वभावकी* स्त्रीले आदर कमाउँछिन्+
तर दयामाया नभएको पुरुषले धनसम्पत्ति लुट्छ।
१७ दयालु हुँदा* आफ्नै भलो हुन्छ+
तर निर्दयी हुँदा आफैमाथि सङ्कट* आइपर्छ।+
१८ दुष्ट मानिसले कमाएको धन टिक्दैन+
तर धार्मिकता रोप्नेले पक्कै इनाम पाउँछ।+
१९ धार्मिकताको पक्षमा दृढ भई खडा हुने मानिसले जीवन पाउँछ+
तर दुष्ट कामको पछि लागिरहनेले जीवन गुमाउँछ।
२० टेढो मन भएको मानिसलाई यहोवा घृणा गर्नुहुन्छ+
तर जसको चाल निर्दोष छ, उसलाई उहाँ मन पराउनुहुन्छ।+
२१ यो कुरा निश्चित छ: दुष्ट मानिस सजायबाट उम्कन पाउनेछैन+
तर धर्मी मानिसका सन्तानलाई कुनै हानि हुनेछैन।
२२ कुनै स्त्री सुन्दरी भए पनि ऊसँग सुझबुझ छैन भने
ऊ सुङ्गुरको थुतुनोमा लगाइदिएको सुनको बुलाकीजस्तै हुन्छे।
२३ धर्मी मानिसको असल चाहनाले असलै परिणाम ल्याउँछ+
तर दुष्ट मानिसको खराब चाहनाले परमेश्वरको क्रोध निम्त्याउँछ।
२४ जसले मन खोलेर दिन्छ,* उसले अझ धेरै पाउँछ+
तर जसले दिनुपर्ने कुरा पनि दिँदैन, ऊ कङ्गाल हुन्छ।+
२५ मन खोलेर दिने मानिसको उन्नति हुन्छ+
अनि जसले अरूलाई स्फूर्ति दिन्छ,* ऊ आफैले पनि स्फूर्ति पाउँछ।+
२६ अन्न नबेची लुकाएर राख्नेलाई मानिसहरूले सराप्छन्
तर जसले आफ्नो अन्न बेच्छ, उसले आशिष् पाउँछ।
२७ जो भलो गर्न कोसिस गरिरहन्छ, उसले प्रशंसा पाउँछ+
तर जो कुभलो गर्न ढुकिबस्छ, उसैमाथि खराबी आइपर्छ।+
२८ धनसम्पत्तिमा भरोसा राख्ने मानिसको पतन हुन्छ+
तर धर्मी मानिसको फलिफाप हुन्छ।*+
२९ जसले आफ्नो परिवारमा दुःख ल्याउँछ, उसले केही पाउँदैन*+
अनि मूर्खचाहिँ बुद्धिमान् मानिसको चाकर हुन्छ।
३० धर्मी मानिसको फल जीवनको रूख हो+
अनि अरूको मन जित्ने मानिस बुद्धिमान् हो।+
३१ धर्मी मानिसले त आफ्नो कामको इनाम पाउँछ भने
दुष्ट र पापीले झन् कति धेरै सजाय पाउलान्!+