युहन्नालाई प्रकाश
६ त्यसपछि पाठोले+ सात वटा लाहाछापमध्ये एउटा खोलेको मैले देखेँ+ र चार जीवमध्ये+ एउटाले मेघ गर्जेको जस्तो आवाजमा यसो भनेको मैले सुनेँ: “आऊ!” २ अनि हेर, मैले एउटा सेतो घोडा देखेँ।+ त्यसमाथि सवार हुनेसित एउटा धनु थियो र तिनलाई एउटा मुकुट दिइयो+ अनि तिनी विजय गर्दै आफ्नो विजययात्रा पूरा गर्नलाई अघि बढे।+
३ पाठोले दोस्रो लाहाछाप खोल्दा दोस्रो जीवले+ यसो भनेको मैले सुनेँ: “आऊ!” ४ तब अर्को घोडा आयो। त्यो चहकिलो रातो रङ्गको थियो र त्यसमाथि सवार हुनेलाई पृथ्वीमा मारकाट मच्चाएर शान्ति हरण गर्ने अनुमति दिइयो। अनि तिनलाई एउटा ठूलो तरबार दिइयो।+
५ पाठोले तेस्रो लाहाछाप खोल्दा+ तेस्रो जीवले+ यसो भनेको मैले सुनेँ: “आऊ!” अनि हेर, मैले एउटा कालो घोडा देखेँ। त्यसमाथि सवार हुनेको हातमा एउटा तराजु थियो। ६ तब मैले एउटा यस्तो आवाज सुनेँ, जुन चार वटा जीवको बीचबाट आएको जस्तो मलाई लाग्यो: “एक दिनारमा* एक क्वार्ट* गहुँ र एक दिनारमा+ तीन क्वार्ट जौ। अनि जैतुनको तेल र दाखमद्यलाई* हानि नगर।”+
७ पाठोले चौथो लाहाछाप खोल्दा चौथो जीवले+ यसो भनेको आवाज मैले सुनेँ: “आऊ!” ८ अनि हेर, मैले रङ्ग फुङ्ग उडेको एउटा घोडा देखेँ। त्यसमाथि सवार हुनेको नाम मृत्यु थियो अनि चिहान* ठ्याक्कै तिनको पछिपछि आइरहेको थियो। अनि लामो तरबार, अनिकाल,+ घातक महामारी र जङ्गली जनावरहरूद्वारा तिनीहरूले मानिसहरूलाई मारून् भनेर पृथ्वीको एक चौथाइ भागमाथि तिनीहरूलाई अख्तियार दिइयो।+
९ पाठोले पाँचौँ लाहाछाप खोल्दा मैले वेदीमुनि+ ती मानिसहरूको रगत*+ देखेँ, जो परमेश्वरको वचनको कारण अनि तिनीहरूले दिएको साक्षीको कारण मारिएका थिए।+ १० तिनीहरू यसो भन्दै चर्को स्वरमा कराए: “हे सार्वभौम प्रभु, जो पवित्र र साँचो+ हुनुहुन्छ, तपाईँ कतिन्जेल न्याय नगरी बस्नुहुन्छ अनि पृथ्वीमा बास गर्नेहरूसित हाम्रो रगतको बदला कहिलेसम्म लिनुहुन्न?”+ ११ तब तिनीहरू हरेकलाई एउटा सेतो लुगा दिइयो+ अनि तिनीहरूका सङ्गी दास र भाइहरू, जो तिनीहरूजस्तै मारिन लागेका थिए,+ उनीहरूको सङ्ख्या पूरा नहोउन्जेल अझै केही समय पर्खन तिनीहरूलाई भनियो।
१२ अनि मैले देखेँ, पाठोले छैटौँ लाहाछाप खोल्दा ठूलो भूकम्प गयो। सूर्य भुत्लाले* बनेको भाङ्ग्राजस्तै कालो भयो, सिङ्गै चन्द्रमा रगतजस्तै रातो भयो+ १३ र आकाशका ताराहरूचाहिँ अन्जिरको रूखलाई ठूलो बतासले हल्लाउँदा काँचो अन्जिर झरेझैँ जमिनमा झरे। १४ आकाश पनि मुठाजस्तै बेरिएर लोप भयो+ अनि हरेक डाँडा र टापुलाई त्यसको ठाउँबाट हटाइयो।+ १५ तब पृथ्वीका राजाहरू, उच्च पदाधिकारीहरू, सेनापतिहरू, धनीहरू, शक्तिशालीहरू अनि हरेक दास र हरेक स्वतन्त्र मानिस गुफाहरूमा र डाँडाका चट्टानहरूमा लुके।+ १६ अनि तिनीहरूले पहाड र चट्टानहरूलाई यसो भनिरहे: “हामीमाथि खस+ र सिंहासनमा बस्नुहुनेको+ नजरबाट र पाठोको+ क्रोधबाट हामीलाई लुकाओ १७ किनकि उहाँहरूको क्रोधको भयानक दिन आएको छ+ र को खडा हुन सक्छ?”+