यसैया
२ तिनीहरू हरेक हुरीबतास चल्दा लुक्ने ठाउँ
अनि आँधीबेहरी आउँदा आड लिने ठाउँ हुनेछन्।
निर्जल भूमिमा खोलाझैँ+
र सुक्खा ठाउँमा ठूलो चट्टानको छायाझैँ हुनेछन्।
३ तब देख्नेहरूको आँखा फेरि कहिल्यै बन्द हुनेछैन
अनि सुन्नेहरूको कानले ध्यान दिएर सुन्नेछ।
४ चञ्चल मन भएकाहरूले ज्ञानगुनका कुरा गहिरिएर सोच्नेछन्
अनि भकभकेहरूले नअड्कीकन स्पष्ट रूपमा बोल्नेछन्।+
५ मूर्ख फेरि कहिल्यै उदार मानिस भनेर चिनिनेछैन
अनि बेकाइदासँग चल्ने मानिस असल मानिस भनेर चिनिनेछैन।
६ किनकि मूर्ख मानिसले मूर्खै कुरा गर्छ
र त्यसले आफ्नो मनमा कुटिल योजनाहरू रच्छ।+
त्यसले यहोवाबारे झूटो कुरा गर्छ र मानिसहरूलाई बहकाएर गलत बाटोमा लैजान्छ।*
त्यसले गर्दा भोकाएकाहरू भोकै रहन्छन्
र तिर्खाएकाहरूले केही पनि पिउन पाउँदैनन्।
७ बेकाइदासँग चल्ने मानिसको चाल निको हुँदैन।+
त्यसले निर्लज्ज व्यवहार गर्न अप्ठेरो मान्दैन,
झूट बोलेर दीनदुःखीलाई सताउँछ,+
गरिबहरूले सत्य नै बोले तापनि तिनीहरूलाई पिरोल्छ।
८ तर उदार मानिस खुला मनको हुन्छ,
उसले उदारचित्तले दिइरहन्छ।
९ “ए बेफिक्री बस्ने स्त्रीहरू हो, उठ र मेरो कुरा सुन!
ए सुर्ता नमान्ने छोरीहरू हो,+ मेरो कुरामा ध्यान देओ!
१० तिमीहरू जो अहिले निश्चिन्त छौ, वर्षदिनभित्रै थरथर काँप्नेछौ
किनकि अङ्गुरको कटनी सकिँदा पनि एउटै फल जम्मा गरिनेछैन।+
११ ए बेफिक्री बस्ने स्त्रीहरू हो, डरले लगलग काँप!
ए निश्चिन्त रहनेहरू हो, थरथराओ!
आफ्नो वस्त्र उतारिदेओ
र कम्मरमा भाङ्ग्रा लगाओ।+
१२ रहरलाग्दा खेतहरू र प्रशस्त उब्जनी दिने अङ्गुर बगानको निम्ति
छाती पिटेर विलाप गर
१३ किनकि मेरा मानिसहरूको जमिन काँडैकाँडाको झाडीले भरिनेछ।
खुसीयाली मनाइने तिनीहरूका सबै घरभरि,
हो, रमाहटको त्यो पूरै सहरभरि+ नै काँडा र सिउँडी उम्रनेछ।
१४ किनकि बलियो धरहरा रित्तो भएको छ;
धेरै चहलपहल हुने सहर सुनसान भएको छ।+
ओफेल*+ र पहरा दिने किल्ला सधैँभरिका लागि उजाड भएका छन्।
जङ्गली गधाहरू त्यहाँ रमाउँदै उफ्रन्छन्,
भेडाबाख्राका बगाल+ आएर त्यहाँ चर्छन्।
१५ तर त्यसपछि परमेश्वरले आफ्नो शक्ति हामीमाथि खन्याउनुहुनेछ+
अनि उजाड ठाउँ फलफूल बगान हुनेछ
र त्यो बगान हराभरा जङ्गलजस्तै हुनेछ।+
१६ अनि निर्जनभूमिमा न्याय कायम हुनेछ
र फलफूल बगानमा धार्मिकताले बास गर्नेछ।+
१७ साँचो धार्मिकताको कारण सबैतिर शान्ति छाउनेछ।+
साँचो धार्मिकताको फल सदासर्वदै रहने शान्ति र सुरक्षा हुनेछ।+
१८ मेरा मानिसहरू जहाँ बस्नेछन्, त्यहाँ शान्तिले बास गर्नेछ;
तिनीहरू शान्ति र सुरक्षा छाएको ठाउँमा बसोबास गर्नेछन्।+
१९ तर असिनाले जङ्गललाई सखाप पार्नेछ
र पूरै सहर ध्वस्त हुनेछ।
२० आनन्दित हौ तिमीहरू, जो खोलाको किनारमा बिउ छर्छौ
अनि आफ्ना गोरु र गधालाई छोडिदिन्छौ।”+