यसैया
४४ “हे मेरो सेवक याकुब, सुन!
हे मैले रोजेको इस्राएल, सुन!+
२ तिमीलाई सृष्टि गर्नुहुने, तिमीलाई बनाउनुहुने,+
तिमीलाई गर्भमै रच्नुहुने
यहोवा यसो भन्नुहुन्छ:
‘हे मेरो सेवक याकुब,
३ तिर्खाएको जमिनलाई म पानीले भिजाउनेछु,+
सुक्खा भूमिमा म खोला बगाउनेछु।
तिम्रो सन्तानमाथि म मेरो पवित्र शक्ति खन्याउनेछु,+
तिम्रा सन्तानलाई म आशिष् दिनेछु।
५ एक जनाले भन्नेछ; “म यहोवाको हुँ।”+
अर्कोले आफ्नो नाम याकुब राख्नेछ,
अर्कोले आफ्नो हातमा यस्तो लेख्नेछ: “म यहोवाको हुँ।”
उसले आफ्नो नाम इस्राएल राख्नेछ।’
इस्राएललाई मोल तिरेर छुटाउनुहुने सेनाहरूका यहोवा+ यसो भन्नुहुन्छ:
‘म नै पहिलो र म नै अन्तिम हुँ!+
मबाहेक अरू कुनै ईश्वर छैन।+
७ मजस्तो अरू को छ?+
कोही छ भने बोलोस्, मेरो सामु आएर प्रमाण पेस गरोस्।+
मैले आफ्ना मानिसहरूलाई रोजेको समयदेखि जे गरेँ, तिनीहरूले ती सबै गरेर देखाऊन्।
तिनीहरूले अहिले हुने कुराहरू
अनि पछि हुने कुराहरू बताऊन्।
८ तिमीहरू त्रसित नहोओ
र डरले मूर्च्छा नपर।+
मैले तिमीहरू सबैलाई पहिला नै बताइसकेको थिइनँ र?
तिमीहरू मेरा साक्षी हौ।+
मबाहेक अरू कुनै ईश्वर छ र?
हो, मजस्तो चट्टान अरू कोही छैन,+ म अरू कसैलाई चिन्दिनँ।’”
९ मूर्ति बनाउनेहरू सबै बेकारका हुन्;
तिनीहरूले सम्मान गर्ने मूर्तिहरू पनि व्यर्थ हुन्।+
तिनीहरूका* साक्षीहरू पनि तिनीहरूजस्तै अन्धा र अबुझ छन्;+
त्यसैले तिनीहरूलाई बनाउनेहरू लाजमा पर्नेछन्।+
१० आफूले बनाएका देवताहरूबाट वा धातुका मूर्तिहरूबाट
कसले आशिष् पाएको छ र?+
११ तिनीहरूलाई साथ दिनेहरू पनि लाजमा पर्नेछन्,+
मूर्ति बनाउने कालिगडहरू त मानिस मात्र हुन्।
तिनीहरू सबै एकसाथ खडा होऊन्;
तिनीहरू सबै डरले काँप्नेछन् र लाजमा पर्नेछन्।
१२ कालिगडले फलामलाई आफ्नो औजारले समात्छ र कोइलाको भुङ्ग्रोमा राख्छ।
उसले आफ्नो पाखुराको बलले घन चलाउँछ
र फलामलाई आकार दिन्छ।+
काम गर्दा गर्दै ऊ भोकाउँछ अनि ऊसित बल नै रहँदैन;
ऊ पानीधरि पिउँदैन र थाकेर लखतरान हुन्छ।
१३ सिकर्मीले काठलाई डोरीले नाप्छ र रातो खरीले चिन्ह लगाउँछ।
उसले काठमा रन्दा लगाउँछ र पर्कालले* नाप्छ,
त्यसपछि उसले काठलाई मानिसको आकार दिन्छ।+
अनि मन्दिरमा राख्नको लागि
उसले त्यसलाई मानिसजस्तै सुन्दर बनाउँछ।+
१४ देवदारको रूख काट्ने मानिसले
एउटा खास किसिमको रूख, फलाँटको रूख छान्छ;
उसले त्यसको हेरचाह गर्छ र जङ्गलमा त्यसलाई बढ्न दिन्छ।+
उसले तेजपातको जस्तै रूख पनि रोप्छ र पानी परेपछि त्यो हलक्क बढ्छ।
१५ त्यसपछि उसले त्यो रूख काटेर दाउरा चिर्छ;
उसले त्यो दाउरा बाल्छ र आगो ताप्छ;
त्यसको आगोमा उसले रोटी पकाउँछ।
अनि त्यस रूखबाटै उसले एउटा देवता पनि बनाउँछ र त्यसको पूजा गर्छ;
उसले खोपेर मूर्ति बनाउँछ र त्यसलाई ढोग्छ।+
१६ आधाउधी रूखलाई उसले दाउरा बनाएर बाल्छ;
त्यही आगोमा उसले मासु पोलेर अघाउन्जेल खान्छ।
अनि त्यही आगो ताप्दै ऊ यसो भन्छ:
“आहा! कस्तो न्यानो भयो!”
१७ अनि बाँकी रहेको काठबाट उसले एउटा देवता बनाउँछ, खोपेको मूर्ति;
ऊ त्यस मूर्तिलाई पूजा गर्छ र त्यसलाई ढोग्छ।
अनि त्यस मूर्तिलाई प्रार्थना गर्दै यसो भन्छ:
“हे ईश्वर! मलाई बचाउनुहोस्!”+
१८ ती मूर्ति बनाउनेहरू केही जान्दैनन्, तिनीहरू केही बुझ्दैनन्+
किनभने तिनीहरूका आँखा बन्द भएका छन् र तिनीहरू केही देख्दैनन्
अनि तिनीहरूमा* समझ नै छैन।
१९ तिनीहरू कसैसित यसो भनेर सोच्ने ज्ञान र बुद्धि छैन:
“यस रूखको आधाउधी काठ त मैले दाउरा बनाएर बालेँ,
यसकै आगोमा मैले रोटी पकाएर खाएँ,
यसकै भुङ्ग्रोमा मैले मासु पनि पोलेर खाएँ;
अब बाँकी रहेको काठबाट के म यस्तो घिनलाग्दो कुरा बनाऊँ?+
जाबो एउटा काठको टुक्रोलाई म पूजा गरूँ?”
२० त्यो मानिस त खरानीले पेट भर्ने मानिसजस्तै हो,
उसको छली मनले उसलाई धोका दिएको छ।
उसले आफैलाई बचाउन सक्दैन; ऊ यसो पनि भन्दैन:
“मेरो हातमा मैले व्यर्थको मूर्ति बोकिरहेको छु।”
२१ “हे मेरो सेवक याकुब!
हे इस्राएल! तिमीचाहिँ मेरा यी कुराहरू नबिर्स।
मैले तिमीलाई बनाएको हुँ, तिमी मेरो सेवक हौ।+
हे इस्राएल! म तिमीलाई बिर्सनेछैनँ।+
२२ तिम्रा अपराधहरूलाई म बादलले ढाकेझैँ ढाकिदिनेछु,+
तिम्रा पापहरूलाई बाक्लो बादलले झैँ छोपिदिनेछु।
मकहाँ फर्क, म तिमीलाई मोल तिरेर छुटाउनेछु।+
२३ हे आकाश! खुसीले कराऊ!
किनभने यहोवा अघि बढिसक्नुभएको छ!
हे धर्तीको गहिराइ! जयजयकार गर!
हे पर्वतहरू हो! खुसीले कराओ!+
हे जङ्गल र रूखहरू हो! रमाओ!
किनभने यहोवाले याकुबलाई मोल तिरेर छुटाउनुभएको छ।
अनि इस्राएलमा उहाँले आफ्नो महिमा प्रकट गर्नुभएको छ।”+
२४ तिमीलाई गर्भमै रच्नुहुने,
तिमीलाई मोल तिरेर छुटाउनुहुने यहोवा भन्नुहुन्छ:+
“म यहोवा हुँ, मैले सबै थोक बनाएँ।
मैले आकाशलाई फिँजाएँ,+
मैले नै धर्तीलाई फैलाएँ।+
त्यतिबेला मसँग को थियो र?
२५ झूटा भविष्यवाणी गर्नेहरूको कुरा म झूटो साबित गरिदिनेछु।
जोखना हेर्नेहरूलाई म मूर्ख ठहराउनेछु;+
बुद्धिमान् भनाउँदाहरूलाई अलमलमा पारिदिनेछु
र तिनीहरूको ज्ञानलाई मूर्खतामा बदल्नेछु।+