यसैया
५४ यहोवा भन्नुहुन्छ: “ए कोख थुनिएकी बाँझी स्त्री!+
आनन्दित होऊ! कहिल्यै प्रसववेदना नभोगेकी ए स्त्री,+ जयजयकार गर!+
किनभने पति* भएकी स्त्रीका भन्दा
पतिले त्यागेको स्त्रीका छोराछोरी धेरै हुनेछन्।”+
तिम्रो तम्बुको* कपडा अझै तन्काऊ।
पछि नहट, तिम्रो पालका डोरीहरू अझै लामो बनाऊ,
तिम्रो तम्बुका किलाहरू नहल्लिनेगरि ठोक।+
३ किनभने तिमी दायाँबायाँ दुवैतिर फैलनेछ्यौ
तिम्रा सन्तानले एकपछि अर्को देश कब्जा गर्नेछन्,
तिनीहरूले उजाड भएका सहरहरू फेरि बसाल्नेछन्।+
४ नडराऊ!+ किनभने तिमी लाजमा पर्नुपर्नेछैन!+
आफैलाई तुच्छ नठान किनभने तिमी निराश हुनुपर्नेछैन
यौवनावस्थामा भोगेको बेइज्जती तिमीले बिर्सनेछ्यौ,
विधवा हुँदाको अपमान तिमीलाई यादै हुनेछैन।”
५ “तिम्रो महान् रचनाकार+ नै तिम्रा पति* हुनुहुन्छ;+
उहाँको नाम सेनाहरूका यहोवा हो;
इस्राएलका पवित्र परमेश्वरले नै तिमीलाई छुटाएर ल्याउनुभएको हो।+
उहाँ नै सारा पृथ्वीका परमेश्वर हुनुहुन्छ भनेर सबैले चिन्नेछन्।+
६ त्यागिएकी स्त्रीलाई बोलाएझैँ, विरक्त भएकी आइमाईलाई बोलाएझैँ यहोवाले तिमीलाई बोलाउनुभएको छ;+
बैँसमा विवाह गरेकी तर पछि पतिले छोडेकी स्त्रीलाई बोलाएझैँ उहाँले तिमीलाई बोलाउनुभएको छ,” तिम्रा परमेश्वर भन्नुहुन्छ।
७ “केही क्षणको लागि मात्र मैले तिमीलाई त्यागेको थिएँ
तर अब म प्रशस्तगरि कृपा देखाएर तिमीलाई फिर्ता ल्याउनेछु।+
८ म रिसले चूर भएको थिएँ, केही क्षण मैले आफ्नो अनुहार फर्काएको थिएँ।+
तर अब म दया देखाउनेछु र सधैँभरि तिमीलाई माया* गर्नेछु,”+
तिमीलाई छुटाएर ल्याउनुहुने यहोवा भन्नुहुन्छ।+
९ “मैले नुहको समयमा जे गरेँ, त्यो फेरि गर्नेछु।+
पृथ्वीमा जलप्रलय हुनेछैन भनेर नुहको समयमा शपथ खाएझैँ+
म फेरि शपथ खान्छु र भन्छु, अब म तिमीसँग क्रोधित हुन्नँ र तिमीदेखि रिसाउँदिनँ।+
१० पहाडहरू हट्लान्,
डाँडाहरू डगमगाउलान्।
तर मेरो माया* कहिल्यै हट्नेछैन+
तिमीसँग बाँधेको करार कहिल्यै डगमगाउनेछैन,”+
तिमीलाई कृपा देखाउनुहुने यहोवा भन्नुहुन्छ।+
११ “दुःखमा परेकी,+ आँधीबेहरीले लछारपछार भएकी र सान्त्वना नपाएकी ए स्त्री!+
म तिम्रा ढुङ्गाहरूमा बज्रलेप* लगाएर बलियोसँग जोड्नेछु।
नीलमले म तिम्रो जग बसाल्नेछु।+
१२ म तिम्रो बुर्जा* माणिकहरूले बनाउनेछु।
म तिम्रा ढोकाहरू चम्किला रत्नहरूले बनाउनेछु।
बहुमूल्य रत्नहरूले म तिम्रो साँध-सिमाना छुट्ट्याउनेछु।
१४ तिमी न्यायको जगमाथि बसालिनेछ्यौ।+
अत्याचारबाट तिमीले मुक्ति पाउनेछ्यौ।+
तिमी कुनै कुरादेखि डराउनुपर्नेछैन,
तिमी डरले काँप्नुपर्ने कुनै कारण हुनेछैन;
डर र त्रास तिमीदेखि भाग्नेछ।+
१५ कसैले तिमीलाई आक्रमण गर्छ भने
त्यो मेरो आदेशमा गरिएको हुनेछैन।
तिमीसँग युद्ध गर्न आउनेहरू पराजित हुनेछन्।+
१६ हेर! कालिगडलाई मैले नै बनाएको हुँ,
जसले खलाँती चलाएर कोइला बाल्छ
अनि हतियार बनाउँछ।
संहार गर्ने र नाश गर्ने मानिसलाई पनि मैले नै बनाएको हुँ।+