भजनसङ्ग्रह
दाउदको प्रार्थना।
२ मेरो जीवनको रक्षा गर्नुहोस् किनकि म वफादार छु।+
तपाईँमा भरोसा राख्ने तपाईँको सेवकको जीवन जोगाउनुहोस्
किनकि तपाईँ मेरा परमेश्वर हुनुहुन्छ।+
४ तपाईँको सेवकलाई हर्षित तुल्याउनुहोस्
किनकि हे यहोवा, म तपाईँतिर फर्कन्छु।
५ हे यहोवा, तपाईँ असल हुनुहुन्छ+ र क्षमा गर्न सधैँ तयार हुनुहुन्छ;+
तपाईँलाई पुकार्ने सबैलाई तपाईँ प्रशस्तगरि अटल प्रेम देखाउनुहुन्छ।+
९ हे यहोवा, सबै राष्ट्र, जसलाई तपाईँले रच्नुभयो,
तिनीहरू तपाईँसामु आउनेछन् र दण्डवत् गर्नेछन्+
अनि तिनीहरूले तपाईँको नामको महिमा गर्नेछन्।+
१० किनकि तपाईँ महान् हुनुहुन्छ र आश्चर्यका कामहरू गर्नुहुन्छ;+
हो, तपाईँ मात्र परमेश्वर हुनुहुन्छ।+
१२ हे यहोवा, मेरा परमेश्वर, म आफ्नो सारा हृदयले तपाईँको प्रशंसा गर्नेछु,+
म सदासर्वदा तपाईँको नामको महिमा गर्नेछु।
१३ किनकि तपाईँले मलाई प्रशस्तगरि अटल प्रेम देखाउनुभएको छ
अनि तपाईँले मेरो जीवनलाई चिहानको* गहिराइमा जानदेखि जोगाउनुभएको छ।+
१४ हे परमेश्वर, अहङ्कारीहरू मविरुद्ध खडा भएका छन्;+
क्रूर मानिसहरूको समूह मेरो ज्यानको पछि लागेको छ;
१५ तर हे यहोवा, तपाईँ कृपालु र दयालु परमेश्वर हुनुहुन्छ,
तपाईँ हतपती रिसाउनुहुन्न अनि अटल प्रेम र वफादारीले* भरिपूर्ण हुनुहुन्छ।+