हितोपदेश
३ हे मेरो छोरा, मैले सिकाएका कुराहरू नभुल;
मेरा आज्ञाहरू हृदयमा राखिराख।
२ तब तिमी दीर्घायु हुनेछौ
र तिम्रो जीवनमा शान्ति छाउनेछ।+
३ अटल प्रेम* र सत्यताले तिमीलाई नछोडून्;+
ती तिम्रो गलामा लगाइराख
अनि तिम्रो हृदयमा पनि लेखिराख।+
४ तब तिमीले परमेश्वरको र मानिसको निगाह* पाउनेछौ
यहोवासित डराऊ, खराब कामबाट टाढै बस।
९ आफूसित भएका अनमोल कुराहरू यहोवालाई दिएर उहाँको आदर गर;+
आफ्नो उब्जनीको पहिलो फल* उहाँलाई नै देऊ।+
१० तब तिम्रा भण्डारहरू भरिपूर्ण हुनेछन्;+
तिम्रा घ्याम्पाहरूमा नयाँ रक्सी भरिएर पोखिनेछ।
११ हे मेरो छोरा, यहोवाले अनुशासन दिनुहुँदा त्यसलाई स्विकार;+
उहाँले सुधार्नुहुँदा त्यसलाई इन्कार नगर।+
१२ जसरी एक जना बुबाले आफ्नो प्यारो छोरालाई सुधार्छ,+
त्यसरी नै यहोवा जसलाई माया गर्नुहुन्छ, उसैलाई सुधार्नुहुन्छ।+
१३ आनन्दित हो त्यो मानिस, जसले बुद्धि पाउँछ;+
धन्य हो त्यो मानिस, जसले समझ हासिल गर्छ।
१४ चाँदी पाउनुभन्दा बुद्धि पाउनु असल हो;
सुन पाउनुभन्दा बुद्धि पाउनु उत्तम हो।+
१६ यसको दायाँ हातमा दीर्घायु हुन्छ
अनि बायाँ हातमा धनसम्पत्ति र गौरव हुन्छ।
१७ यसका मार्गहरू सुन्दर छन्,
यसका बाटोहरू शान्तिमय छन्।+
१८ यसको बाटोमा हिँड्नेहरूका लागि यो जीवनको रूख हो,
यसलाई बलियोसँग पक्रनेहरू खुसी हुनेछन्।+
१९ यहोवाले आफ्नो बुद्धिले पृथ्वीको जग बसाल्नुभयो,+
आफ्नो समझशक्तिले आकाश फैलाउनुभयो।+
२० उहाँको ज्ञानले गहिरो सागर दुई भाग भयो,
र त्यही ज्ञानले गर्दा आकाशबाट शीत झऱ्यो।+
बुद्धि* र सोच्ने क्षमता जोगाइराख।
२२ ती तिम्रो निम्ति जीवन हुनेछन्;
तिम्रो गलामा शोभा दिने हार हुनेछन्।
२३ तब तिमी आफ्नो बाटोमा सुरक्षित हुनेछौ
अनि तिम्रा खुट्टाहरूले कहिल्यै ठेस खानेछैनन्।+
२८ आफ्नो छिमेकीलाई केही दिने औकात छ भने
यसो नभन: “म तिमीलाई भोलि दिऊँला, अहिले जाऊ!”
२९ तिम्रो छिमेकीले तिमीलाई भरोसा गर्छ भने
ऊसित जालझेल नगर।+
३० कसैले तिम्रो केही बिगारेको छैन भने
विनाकारण ऊसित झगडा नगर।+
३१ झगडालु मानिसको डाह नगर;+
उसको बाटोमा नहिँड।
३२ धूर्त मानिसलाई यहोवा घृणा गर्नुहुन्छ+
तर सोझो मानिसलाई उहाँ आफ्नो मित्र बनाउनुहुन्छ।+
३५ बुद्धिमान् मानिसले आदर कमाउँछ
तर मूर्खको भागमा बेइज्जती हुन्छ।+