जकरिया
९ एउटा घोषणा:
“यहोवाको वचन हद्राकको विरुद्धमा छ
अनि दमिसक उहाँको निसाना हो+
—किनकि यहोवाको दृष्टि मानिसजातिमाथि+
र इस्राएलका सबै कुलमाथि छ—
२ अनि उहाँको वचन हमाथको+ विरुद्धमा छ, जुन त्यसको सिमानामा छ;
टायर+ र सिदोनको+ विरुद्धमा छ किनकि तिनीहरू अति बुद्धिमान् छन्।+
३ टायरले आफ्नो लागि गढ* बनायो।
त्यसले धुलोसरि चाँदी थुपाऱ्यो
अनि सडकको हिलोसरि सुन जम्मा गऱ्यो।+
४ हेर! यहोवाले त्यसको धनसम्पत्ति खोस्नुहुनेछ
अनि त्यसको सेनालाई समुद्रमा खतम पार्नुहुनेछ;+
त्यसलाई आगोले भस्म पार्नुहुनेछ।+
५ अस्कलोनले त्यो देख्नेछ अनि भयभीत हुनेछ;
गाजालाई छटपटी हुनेछ
अनि एक्रोनलाई पनि त्यस्तै हुनेछ किनकि त्यसको आशा निराशामा बद्लिनेछ।
गाजाबाट राजाको नामोनिसान मेटिनेछ
अनि अस्कलोन फेरि आबाद हुनेछैन।+
६ अस्दोदमा नाजायज छोराहरू बसोबास गर्नेछन्
अनि पलिस्तियालीको घमन्डलाई म चकनाचुर पारिदिनेछु।+
७ रगतमा लतपतिएको चिज म त्यसको मुखबाट हटाइदिनेछु,
त्यसको दाँतबाट घिनलाग्दो कुरा हटाइदिनेछु
अनि त्यसका बचेका मानिसहरू हाम्रा परमेश्वरका हुनेछन्;
त्यो यहुदामा नाइकेजस्तै* हुनेछ+
अनि एक्रोनका मानिसहरूचाहिँ यबुसीहरूजस्तै हुनेछन्।+
८ म आफ्नो घरको सुरक्षा गर्न छाउनी हाल्नेछु+
अनि त्यहाँबाट कोही पनि आउजाउ गर्न पाउनेछैन
अनि कोही अत्याचारी फेरि त्यहाँबाट भएर हिँड्नेछैन+
किनकि मैले आफ्नै आँखाले यी सबै* देखेँ।
९ हे सियोनकी छोरी,* खुसीयाली मनाऊ।
हे यरुसलेमकी छोरी, जयजयकार गर।
हेर! तिम्रा राजा तिमीकहाँ आउँदै छन्।+
तिनी न्यायी छन् अनि तिनले उद्धार गर्नेछन्;*
तिनी नम्र छन्+ र गधामाथि,
हो, गधाको बछेडोमाथि सवार भएर आउनेछन्।+
१० म एप्रैमबाट युद्धको रथ खोस्नेछु
अनि यरुसलेमबाट घोडा लैजानेछु।
लडाइँको धनु खोसिनेछ।
अनि तिनले जातिजातिमाझ शान्तिको घोषणा गर्नेछन्;+
तिनले एउटा समुद्रदेखि अर्को समुद्रसम्म
अनि युफ्रेटिस नदीदेखि पृथ्वीको कुनाकुनासम्म शासन गर्नेछन्।+
११ हे स्त्री, जहाँसम्म तिम्रो कुरा छ, तिमीसित बाँधेको रगतको करारको आधारमा
म तिम्रा कैदीहरूलाई सुक्खा खाडलबाट बाहिर निकाल्नेछु।+
१२ ए आशा पाएका कैदीहरू हो, तिमीहरू किल्लामा फर्क।+
आज म तिमीलाई भन्दै छु,
‘हे स्त्री, म तिमीलाई दोबर आशिष् दिनेछु।+
१३ म यहुदालाई मेरो धनुलाई जस्तै तयार पार्नेछु।*
एप्रैमलाई धनुमा काँडझैँ चढाउनेछु
हे सियोन, म तिम्रा छोराहरूलाई
ग्रीसका छोराहरूको विरुद्धमा उठाउनेछु
अनि म तिमीलाई योद्धाको तरबारजस्तै बनाउनेछु।’
१४ यहोवा तिनीहरूको साथमा हुनुहुन्छ भनेर देखिनेछ
अनि उहाँको काँड बिजुलीजस्तै निस्कनेछ।
ब्रह्माण्डका मालिक यहोवाले सिङ फुक्नुहुनेछ+
अनि उहाँ दक्षिणको आँधीसहित अघि बढ्नुहुनेछ।
१५ सेनाहरूका यहोवाले तिनीहरूको रक्षा गर्नुहुनेछ
अनि तिनीहरूले घुयेँत्रोका ढुङ्गाहरूलाई निल्नेछन् र आफ्नो अधीनमा पार्नेछन्।+
तिनीहरूले पिउनेछन् र मद्यले मात्तिएको बेलामा जस्तै हल्लाखल्ला गर्नेछन्;
तिनीहरू भरिनेछन्
—मन्दिरको कचौराजस्तै, वेदीको कुनाजस्तै।+
१६ यहोवा तिनीहरूका परमेश्वरले त्यस दिन तिनीहरूलाई बचाउनुहुनेछ;
आफ्ना मानिसहरूलाई, आफ्नो बगाललाई उहाँले बचाउनुहुनेछ;+
तिनीहरू मुकुटमा* जडिएको रत्नझैँ उहाँको भूमिमा चम्कनेछन्।+
१७ उहाँ कत्ति भला हुनुहुन्छ!+
उहाँ कत्ति आकर्षक हुनुहुन्छ!
युवायुवतीहरू अन्न खाएर हृष्टपुष्ट हुनेछन्
र नयाँ मद्य पिएर आनन्दित हुनेछन्।”+