भजनसङ्ग्रह
निर्देशकलाई; “लिली”-अनुसार। दाउदको रचना।
६९ हे परमेश्वर, मलाई बचाउनुहोस्, म पानीमा डुब्नै लागिसकेँ।+
२ म गहिरो दलदलमा भासिएको छु, जहाँ टेक्नलाई जमिन नै छैन।+
म गहिरो पानीमा डुबेको छु
अनि उर्लेको भेलले मलाई बगाएको छ।+
३ गुहार माग्दा-माग्दा म थाकिसकेँ;+
मेरो घाँटी सुकिसक्यो।
मेरा परमेश्वरको बाटो हेर्दा-हेर्दा मेरा आँखाहरू टट्टाइसके।+
४ विनाकारण मलाई घृणा गर्नेहरू+
मेरो शिरका केशहरूभन्दा पनि धेरै छन्।
मेरो ज्यान लिन खोज्नेहरू,
मेरा धूर्त शत्रुहरू* धेरै भएका छन्।
मैले चोर्दै नचोरेको कुरासमेत दिन मलाई कर लागेको छ।
५ हे परमेश्वर, मेरो मूर्खताबारे तपाईँ अनजान हुनुहुन्न,
मेरो दोष तपाईँबाट लुकेको छैन।
६ हे ब्रह्माण्डका मालिक, सेनाहरूका यहोवा,
तपाईँमा आशा राख्नेहरू मेरो कारण लज्जित हुन नपरोस्।
हे इस्राएलका परमेश्वर,
तपाईँको खोजी गर्नेहरूले मेरो कारण बेइज्जती भोग्न नपरोस्।
८ मेरा दाजुभाइहरूको लागि म पराई भएको छु,
मेरा साक्खै दाजुभाइहरूको लागि म परदेशी भएको छु।+
९ तपाईँको घरको लागि मेरो जोसले मलाई खाएको छ।+
जसले तपाईँको आलोचना गर्थे, तिनीहरूको आलोचना ममाथि आइपरेको छ।+
१० उपवास बसेर आफैलाई नम्र तुल्याउँदा*
मैले अपमान सहनुपऱ्यो।
११ जब मैले भाङ्ग्रा ओढेँ,
तब म तिनीहरूको लागि हाँसोको पात्र* बनेँ।
१२ सहरको मूलढोकामा बस्नेहरू मेरै कुरा गरिरहन्छन्,
म जँड्याहाहरूको गीत बनेको छु।
१३ तर हे यहोवा, तपाईँले निगाह प्रकट गर्नुहुने समयमा+
मेरो प्रार्थना तपाईँसम्म पुगोस्।
हे परमेश्वर, तपाईँको अपार प्रेमको* कारण मलाई जवाफ दिनुहोस्
र तपाईँ नै साँचो उद्धारकर्ता हुनुहुन्छ भनी देखाउनुहोस्।+
१४ मलाई दलदलबाट निकाल्नुहोस्;
मलाई भासिएर जान नदिनुहोस्।
मलाई घृणा गर्नेहरूको हातबाट मलाई बचाउनुहोस्;
गहिरो पानीमा डुब्नबाट मलाई जोगाउनुहोस्।+
१५ उर्लेर आएको बाढीले मलाई बगाउन नपाओस्,+
गहिरो पानीले मलाई निल्न नपाओस्
१६ हे यहोवा, मलाई जवाफ दिनुहोस् किनकि तपाईँको अटल प्रेम उत्तम छ।+
तपाईँको अपार कृपा देखाउँदै मतिर फर्किनुहोस्।+
१७ अनि तपाईँको सेवकदेखि आफ्नो मुहार नलुकाउनुहोस्।+
मलाई जवाफ दिन ढिलो नगर्नुहोस् किनकि म सङ्कटमा परेको छु।+
१८ मेरो नजिक आउनुहोस् र मेरो उद्धार गर्नुहोस्।
मेरा शत्रुहरूको हातबाट मलाई छुटाउनुहोस्।
१९ मेरो अपमान, मेरो बेइज्जती अनि मेरो बदनामी तपाईँको नजरबाट लुकेको छैन।+
मेरा सबै वैरीलाई तपाईँ देख्नुहुन्छ।
२० अपमानको कारण मेरो मन छियाछिया भएको छ, त्यो घाउ निकै हुँदैन।*
मैले सहानुभूतिको आशा गरेको थिएँ तर कतै पाइनँ,+
सान्त्वनाको आशा गरेको थिएँ तर कतै भेट्टाइनँ।+
२४ तिनीहरूमाथि आफ्नो क्रोध खन्याउनुहोस्
अनि तपाईँको बल्दो रिसले तिनीहरूलाई भस्म गरोस्।+
२६ किनकि जसलाई तपाईँले चोट पुऱ्याउनुभयो, तिनीहरू उसको पिछा गर्छन्
अनि ज-जसलाई तपाईँले घायल पार्नुभयो, उनीहरूको पीडाबारे तिनीहरू कुरा गरिरहन्छन्।
२७ तिनीहरूको दोषमाथि दोष थोपरिदिनुहोस्,
तपाईँको नजरमा तिनीहरू धर्मी नठहरिऊन्।
२९ म दुःखमा परेको छु र पीडा भोगिरहेको छु।+
हे परमेश्वर, रक्षा गर्ने तपाईँको शक्तिले मलाई सुरक्षित राख्नुहोस्।
३० म परमेश्वरको नामको स्तुति गाउनेछु,
म धन्यवाद चढाएर उहाँको महिमा गर्नेछु।
३१ त्यसले नै यहोवालाई बहरको बलिले भन्दा धेरै प्रसन्न तुल्याउनेछ,
सिङ र खुर भएको बहरको बलिले भन्दा धेरै।+
३२ नम्रहरूले त्यो देख्नेछन् र रमाउनेछन्।
तिमीहरू जो परमेश्वरको खोजी गर्छौ, तिमीहरूको हृदय नयाँ जोसले भरियोस्।
३३ किनकि यहोवाले दरिद्रको पुकारा सुन्नुहुन्छ,+
अनि कैदमा परेका आफ्ना मानिसहरूलाई उहाँले हेला गर्नुहुन्न।+
३४ आकाश र पृथ्वीले उहाँको प्रशंसा गरून्,+
समुद्र र त्यसमा भएका सबै जीवले उहाँको प्रशंसा गरून्।