पहिलो पत्रुस
३ त्यसैगरि हे पत्नीहरू हो, आ-आफ्ना पतिको अधीनमा बस+ ताकि यदि कसैको पतिले परमेश्वरको वचनको आज्ञा मान्दैन भने पनि तिनकी पत्नीको असल चालचलनद्वारा विनावचन तिनलाई मनाउन सकियोस्;+ २ आफ्नी पत्नीको चोखो चालचलन अनि गहिरो आदर आफ्नै आँखाले देखेर तिनी परमेश्वरको वचन पालन गर्ने होऊन्।+ ३ त्यसैगरि तिमीहरूको सिँगार बाहिरी सिँगार नहोस्—कपाल बाट्ने, सुनको गरगहना लगाउने+ वा राम्रा-राम्रा लुगाहरू लगाउने— ४ बरु तिमीहरूको सिँगार हृदयको सिँगार होस् र तिमीहरू आफूलाई शान्त अनि नम्र मनोभावले सिँगार+ किनकि यस्तो सिँगार कहिल्यै बिग्रेर जाँदैन र परमेश्वरको नजरमा त्यो ठूलो मोलको हुन्छ। ५ किनभने परमेश्वरमाथि आशा राख्ने उहिले-उहिलेका पवित्र स्त्रीहरूले पनि आ-आफ्ना पतिको अधीनमा बसेर आफूलाई त्यसरी नै सिँगार्थे। ६ जस्तै, साराले अब्राहामलाई प्रभु भनेर पुकार्दै+ तिनको आज्ञा पालन गर्थिन्। तिमीहरूले असल काम गरिरह्यौ अनि डरलाई आफूमाथि हाबी हुन दिएनौ भने+ तिमीहरू पनि उनका छोरीहरू बन्न सक्नेछौ।
७ त्यसैगरि हे पतिहरू हो, आ-आफ्नी पत्नीको मनको कुरा राम्ररी बुझेर* तिनीहरूसित जीवन बिताइरहो। स्त्रीजातिलाई आफूभन्दा कोमल पात्र सम्झेर आदर गर+ किनकि तिनीहरू पनि तिमीहरूजस्तै परमेश्वरले आफ्नो असीम अनुग्रहद्वारा दिनुहुने जीवनका उत्तराधिकारीहरू हुन्।+ यसो गऱ्यौ भने तिमीहरूको प्रार्थनामा बाधा पुग्नेछैन।
८ अन्तमा म के भन्न चाहन्छु भने तिमीहरू सबै एकै मनका होओ,*+ एकअर्काको पीडा महसुस गर, भ्रातृस्नेह प्रकट गर, कोमलताले भरिएको करुणा देखाओ+ अनि नम्र होओ।+ ९ खराबीको बदला खराबी नगर;+ अपमानको बदला अपमान नगर।+ त्यसको उल्टो आशिष् देओ+ किनकि तिमीहरू यसैका निम्ति बोलाइएका थियौ ताकि तिमीहरू आफै पनि आशिष्को उत्तराधिकारी हुन सक।
१० किनकि “जसले जीवनलाई प्रेम गर्छ र आनन्दित भएर जीवन बिताउन चाहन्छ, उसले आफ्नो जिब्रोलाई खराब कुराबाट अलग राखोस्+ र आफ्नो ओठलाई छली कुरा बोल्नदेखि रोकोस्। ११ उसले खराब काम त्यागोस्+ र जे असल छ, त्यो गरोस्+ अनि शान्ति खोजोस् र त्यसको पछि लागोस्।+ १२ किनकि धर्मीहरूमाथि यहोवाको* नजर रहन्छ अनि तिनीहरूको उत्कट बिन्ती सुन्न उहाँले आफ्नो कान थाप्नुहुन्छ+ तर ज-जसले खराब काम गर्छन्, तिनीहरूदेखि यहोवाले* आफ्नो अनुहार फर्काउनुहुन्छ।”+
१३ हुन पनि तिमीहरू असल काम गर्नमा जोसिला भयौ भने कसले तिमीहरूलाई हानि पुऱ्याउँछ र?+ १४ बरु असल काम गरेकोले दुःख भोग्छौ भने तिमीहरू आनन्दित हौ।+ तथापि तिनीहरू जुन कुरासित डराउँछन्, तिमीहरू त्यससित नडराओ* न त त्यसले गर्दा चिन्तित नै होओ।+ १५ आ-आफ्नो हृदयमा ख्रिष्टलाई प्रभु मानेर तिमीहरू उहाँलाई पवित्र सम्झ। यदि कसैले तिमीहरूको आशाको कारणबारे सोध्यो भने तिनीहरूलाई जवाफ दिन सधैँ तयार भइरहो तर जवाफ दिँदा तिमीहरूले कोमल भाव+ र गहिरो आदर देखाओ।+
१६ आफ्नो अन्तस्करण सफा बनाइराख+ ताकि ज-जसले तिमीहरूविरुद्ध केही बोल्छन्, तिनीहरू तिमीहरूले ख्रिष्टको चेलाको रूपमा देखाएको असल आचरण+ देखेर लज्जित होऊन्।+ १७ असल काम गर्दागर्दै पनि तिमीहरूलाई दुःख भोग्न दिने परमेश्वरको इच्छा रहेछ भने खराब काम गरेर दुःख भोग्नुभन्दा त असल काम गरेर दुःख भोग्नु नै बेस।+ १८ किनकि ख्रिष्ट हाम्रा पापहरू हटाउन एकै चोटि सदाको लागि मर्नुभयो।+ तिमीहरूलाई डोऱ्याएर परमेश्वरकहाँ पुऱ्याउन सकियोस् भनेर+ उहाँ धर्मी हुनुभए तापनि पापीहरूको लागि मर्नुभयो।+ उहाँ मानिसको रूपमा मर्नुभयो+ तर अदृश्य व्यक्तिको रूपमा ब्युँताइनुभयो।+ १९ यस्तै रूपमा गएर उहाँले कैदमा परेका प्रेतहरूलाई* प्रचार गर्नुभयो,+ २० जसले नुहको दिनमा परमेश्वरले धैर्य गर्दै पर्खिरहनुभएको बेला उहाँको आज्ञा उल्लङ्घन गरेका थिए।+ त्यसबेला जहाज पनि निर्माण हुँदै थियो,+ जसभित्र पसेर केही मानिस अर्थात् आठ जना* पानीबाट बचे।+
२१ यस घटनाले बप्तिस्मालाई सङ्केत गर्छ, जसले येसु ख्रिष्ट फेरि जीवित हुनुभएको कुराद्वारा अहिले तिमीहरूलाई बचाउँदै छ। (बप्तिस्माको अर्थ शरीरको मैला पखाल्नु होइन तर सफा अन्तस्करणको निम्ति+ परमेश्वरसित बिन्ती गर्नु हो।) २२ उहाँ परमेश्वरको दाहिने हाततर्फ हुनुहुन्छ+ किनकि उहाँ स्वर्ग गइसक्नुभयो अनि स्वर्गदूतहरू, अख्तियारहरू र शक्तिहरू उहाँकै अधीनमा राखिएका छन्।+