भजनसङ्ग्रह
א [आलेफ]
२ आनन्दित हुन् ती मानिसहरू, जसले उहाँका सम्झौटाहरू पालन गर्छन्,+
जसले आफ्नो सारा हृदयले उहाँको खोजी गर्छन्।+
३ तिनीहरू कुकर्मदेखि अलग रहन्छन्;
तिनीहरू उहाँको मार्गमा हिँड्छन्।+
४ तपाईँका आदेशहरू होसियार भई पालन गर्नू भनी+
तपाईँले आज्ञा दिनुभएको छ।
६ तब तपाईँका सबै आज्ञा पालन गर्दा
मैले बेइज्जती भोग्नुपर्नेछैन।+
७ जब म तपाईँका न्यायोचित फैसलाहरूबारे सिक्नेछु,
तब सोझो मनले म तपाईँको प्रशंसा गर्नेछु।
८ म तपाईँका नीतिनियम पालन गर्नेछु;
मलाई चटक्कै नत्याग्नुहोस्।
ב [बेथ]
१० म आफ्नो सारा हृदयले तपाईँको खोजी गर्छु।
मलाई तपाईँका आज्ञाहरूदेखि तर्केर जान नदिनुहोस्।+
१२ हे यहोवा, तपाईँको प्रशंसा होस्।
मलाई तपाईँका नीतिनियम सिकाउनुहोस्।
१३ तपाईँले सुनाउनुभएका सबै फैसला
म आफ्नो मुखले घोषणा गर्छु।
ג [गिमेल]
१७ तपाईँको यस सेवकलाई दया देखाउनुहोस्
ताकि म जीवित रहन सकूँ र तपाईँको वचन पालन गर्न सकूँ।+
१८ मेरो आँखा खोलिदिनुहोस्
ताकि तपाईँको व्यवस्थाका उत्तम कुराहरू मैले छर्लङ्गै देख्न सकूँ।
१९ यो देशमा म परदेशी मात्र हुँ।+
तपाईँका आज्ञाहरू मबाट नलुकाउनुहोस्।
२० तपाईँका फैसलाहरू सुन्ने तिर्सनाले गर्दा
मलाई हरबखत छटपटी हुन्छ।
२१ अहङ्कारीहरूलाई तपाईँ हप्काउनुहुन्छ,
ती श्रापित मानिसहरूलाई, जो तपाईँका आज्ञाहरूबाट तर्केर जान्छन्।+
२२ मेरो बदनामी र मेरो अपमान हटाइदिनुहोस्
किनकि मैले तपाईँका सम्झौटाहरू पालन गरेको छु।
ד [दालेथ]
२६ मैले आफ्ना सबै कामबारे तपाईँलाई बताएँ अनि तपाईँले मलाई जवाफ दिनुभयो;
मलाई तपाईँका नीतिनियम सिकाउनुहोस्।+
२७ मलाई तपाईँका आदेशहरूको अर्थ* बुझाइदिनुहोस्
२८ मेरा दुःखहरूले गर्दा मेरो निद्रा हराएको छ।
मलाई तपाईँको वचनले बलियो बनाउनुहोस्।
२९ छल अनि कपटको बाटोदेखि मलाई टाढै राख्नुहोस्,+
मलाई तपाईँको अनुग्रह देखाउनुहोस् र तपाईँको व्यवस्था सिकाउनुहोस्।
३० मैले वफादारीको मार्ग रोजेको छु।+
तपाईँका फैसलाहरू सही छन् भनी मैले स्विकारेको छु।
३२ तपाईँका आज्ञाहरूको मार्गमा म उत्सुक भई हिँड्नेछु*
किनकि तपाईँले मेरो हृदयमा आफ्ना आज्ञाहरूको लागि ठाउँ बनाइदिनुभएको छ।*
ה [हे]
३३ हे यहोवा, मलाई तपाईँका नीतिनियमको मार्गमा हिँड्न सिकाउनुहोस्+
अनि म अन्तसम्मै त्यसमा हिँडिरहनेछु।+
३४ मलाई समझ दिनुहोस्
ताकि म तपाईँको व्यवस्था पालन गर्न सकूँ
अनि आफ्नो सारा हृदयले त्यसमा लागिरहन सकूँ।
३६ मेरो हृदयलाई बेइमानीको कमाइतिर होइन+
बरु तपाईँका सम्झौटाहरूतिर फर्काइदिनुहोस्।
३९ जुन बदनामीको मलाई डर छ, त्यो मदेखि हटाइदिनुहोस्
किनकि तपाईँका फैसलाहरू सही छन्।+
४० हेर्नुहोस्, म तपाईँका आदेशहरूको कत्ति तिर्सना गर्छु!
तपाईँको धार्मिकताको कारण मलाई जीवितै राख्नुहोस्।
ו [वाव]
४१ हे यहोवा, तपाईँको प्रतिज्ञाअनुसारै*+
मलाई तपाईँको अटल प्रेम देखाउनुहोस्+ र मेरो उद्धार गर्नुहोस्।
४२ अनि मेरो खिल्ली उडाउनेलाई म जवाफ दिनेछु
किनकि म तपाईँको वचनमा भरोसा गर्छु।
४३ मेरो मुखबाट तपाईँका सत्य वचनहरू कहिल्यै नहटाउनुहोस्
किनकि मैले तपाईँकै फैसलाको प्रतीक्षा गरेको छु।
४४ म तपाईँको व्यवस्था निरन्तर पालन गर्नेछु,
हो, सदासर्वदा पालन गर्नेछु।+
४७ तपाईँका आज्ञाहरू मलाई साह्रै मन पर्छ,
हो, म तिनलाई प्रेम गर्छु।+
ז [जयिन]
५० कष्टको समयमा त्यसले नै मलाई सान्त्वना दिन्छ+
किनकि तपाईँका वाणीले नै मेरो जीवनको रक्षा गरेको छ।
५३ तपाईँको व्यवस्थालाई लत्याउने+ दुष्ट मानिसहरूको कारण
मभित्र क्रोधको आगो दन्किएको छ।
५४ म जहाँसुकै बसे पनि*
तपाईँका नीतिनियम नै मेरा गीत हुन्।
५५ हे यहोवा, रातको समयमा म तपाईँको नाम सम्झन्छु+
ताकि म तपाईँको व्यवस्था पालन गर्न सकूँ।
५६ त्यो मेरो दिनचर्या नै भएको छ
किनकि मैले तपाईँका आदेशहरू पालन गरेको छु।
ח [हेत]
५९ मैले आफ्ना मार्गहरू जाँचेको छु
ताकि तपाईँका सम्झौटाहरू फेरि पालन गर्न सकूँ।+
६० तपाईँका आज्ञाहरू पालन गर्न+
म हतारिन्छु, आलेटाले गर्दिनँ।
६४ हे यहोवा, पृथ्वी तपाईँको अटल प्रेमले भरिपूर्ण छ;+
मलाई तपाईँका नीतिनियम सिकाउनुहोस्।
ט [टेथ]
६५ हे यहोवा, तपाईँले आफ्नो वचनअनुसारै
आफ्नो सेवकको भलाइ गर्नुभएको छ।
६९ अहङ्कारीहरूले मेरो बारेमा नानाथरी झूट बोलेका छन्
तर म भने आफ्नो सारा हृदयले तपाईँका आदेशहरू पालन गर्छु।
७२ तपाईँको मुखबाट निस्केको व्यवस्था मेरो लागि असल छ,+
त्यो हजारौँ टुक्रा सुन र चाँदीभन्दा पनि असल छ।+
י [योद]
७३ तपाईँले आफ्नो हातले मलाई बनाउनुभयो, मलाई आकार दिनुभयो।
मलाई समझशक्ति दिनुहोस्
ताकि मैले तपाईँका आज्ञाहरू सिक्न सकूँ।+
७५ हे यहोवा, म जान्दछु, तपाईँका फैसलाहरू न्यायोचित छन्;+
तपाईँले आफ्नो वफादारीको कारण मलाई कष्टमा पर्न दिनुभएको छ।+
७६ बिन्ती छ, तपाईँले आफ्नो यस सेवकसित गर्नुभएको प्रतिज्ञाअनुसारै*
तपाईँको अटल प्रेमले+ मलाई सान्त्वना दिनुहोस्।
७९ तपाईँको डर मान्नेहरू मकहाँ फर्केर आऊन्,
जसलाई तपाईँका सम्झौटाहरू थाह छ।
כ [काफ]
८२ मेरा आँखाहरू तपाईँको प्रतिज्ञाको तिर्सना गर्छन्;+
म भन्छु: “तपाईँ मलाई कहिले सान्त्वना दिनुहुन्छ?”+
८४ तपाईँको यस सेवकले अझै कति दिन पर्खिनुपर्छ?
मलाई सताउनेहरूलाई तपाईँ कहिले दण्ड दिनुहुन्छ?+
८५ अहङ्कारीहरू, जो तपाईँको व्यवस्थालाई तुच्छ ठान्छन्,
तिनीहरू मेरो निम्ति खाडल खन्छन्।
८६ तपाईँका सबै आज्ञा भरोसायोग्य छन्।
मानिसहरू मलाई विनाकारण सताउँछन्; मलाई सहायता गर्नुहोस्!+
८७ तिनीहरूले मलाई पृथ्वीबाट झन्डै नामेट पारेका थिए
तर मैले तपाईँका आदेशहरूलाई लत्याइनँ।
८८ तपाईँको अटल प्रेमको कारण मेरो जीवनको रक्षा गर्नुहोस्
ताकि तपाईँको मुखबाट निस्केका सम्झौटाहरू मैले पालन गर्न सकूँ।
ל [लामेद]
९० तपाईँको वफादारी पुस्तौँपुस्तासम्म रहन्छ।+
तपाईँले पृथ्वीलाई बलियोगरि बसाल्नुभएको छ; त्यसैले त्यो अडिग छ।+
९१ तपाईँका फैसलाहरूको कारण ती* अहिलेसम्म अस्तित्वमा छन्
किनकि ती सबै तपाईँका सेवक हुन्।
९३ म तपाईँका आदेशहरू कहिल्यै बिर्सनेछैनँ
किनकि तीमार्फत तपाईँले मेरो जीवनको रक्षा गर्नुभएको छ।+
९५ दुष्टहरू मलाई नाश गर्न ढुकेर बस्छन्
तर म भने आफ्नो पूरा ध्यान तपाईँका सम्झौटाहरूमै लगाउँछु।
מ [मेम]
९८ तपाईँको आज्ञाले मलाई मेरा शत्रुहरूभन्दा पनि बुद्धिमान् बनाउँछ+
किनकि त्यो सधैँ मसितै छ।
१०० म बूढापाकाहरूभन्दा समझदार छु
किनकि म तपाईँका आदेशहरू पालन गर्छु।
१०१ तपाईँको वचन पालन गर्न सकूँ भनेर
म कुबाटोमा हिँड्न इन्कार गर्छु।+
१०२ म तपाईँका फैसलाहरूबाट तर्कदिनँ।
किनकि तपाईँले नै मलाई सिकाउनुभएको छ।
נ [नुन]
१०६ मैले तपाईँको न्यायोचित फैसला पालन गर्ने शपथ खाएको छु
र म त्यो पूरा गर्नेछु।
१०८ हे यहोवा, बिन्ती छ, मैले चढाएको प्रशंसाको स्वैच्छिकभेटी स्विकार्नुहोस्+
र मलाई तपाईँको न्यायका स्तरहरू सिकाउनुहोस्।+
१०९ मेरो जीवन हरघडी खतरामा छ
तर मैले तपाईँको व्यवस्था बिर्सेको छैनँ।+
११२ मैले तपाईँको नीतिनियम पालन गर्ने सङ्कल्प गरेको छु।
म जीवनभर त्यसो गरिरहनेछु, अन्तिम क्षणसम्मै।
ס [सामेख]
११५ ए कुकर्मीहरू हो, मबाट पर जाओ+
ताकि म मेरा परमेश्वरका आज्ञाहरू पालन गर्न सकूँ।
११८ तपाईँका नीतिनियमबाट तर्किनेहरू सबैलाई तपाईँ तिरस्कार गर्नुहुन्छ+
किनकि तिनीहरू झूटा र छली छन्।
११९ काम नलाग्ने कसर मिल्काएझैँ तपाईँ पृथ्वीका सबै दुष्टलाई मिल्काउनुहुन्छ।+
त्यसैले म तपाईँका सम्झौटाहरूलाई प्रेम गर्छु।
१२० तपाईँको भयले गर्दा म थरथर काँप्छु;
तपाईँको न्यायदण्डदेखि म डराउँछु।
ע [अयिन]
१२१ जे उचित र न्यायसङ्गत छ, मैले त्यही गरेको छु।
ममाथि अत्याचार गर्नेहरूको हातमा मलाई नसुम्पिनुहोस्।
१२२ तपाईँको यस सेवकलाई सहायता गर्ने वाचा गर्नुहोस्;
अहङ्कारीहरूले मलाई थिचोमिचो गर्न नपाऊन्।
१२३ तपाईँले कहिले मेरो उद्धार गर्नुहुन्छ
अनि कहिले आफ्नो अटल प्रतिज्ञा*+ पूरा गर्नुहुन्छ भनेर पर्खँदा-पर्खँदा मेरा आँखाहरू थाकिसके।+
१२५ म तपाईँको सेवक हुँ;
मलाई तपाईँका सम्झौटाहरू बुझ्न समझ दिनुहोस्।+
१२६ यहोवाले कदम चाल्ने समय आएको छ+
किनकि तिनीहरूले तपाईँको व्यवस्था उल्लङ्घन गरेका छन्।
१२७ साँच्चै, मलाई तपाईँका आज्ञाहरू साह्रै मन पर्छ,
सुनभन्दा पनि धेरै, निखुर सुनभन्दा पनि धेरै मन पर्छ।+
פ [पे]
१२९ तपाईँका सम्झौटाहरू अतुलनीय छन्।
त्यसैले म ती पालन गर्छु।
१३२ तपाईँको नामलाई प्रेम गर्नेहरूसित तपाईँ जस्तो व्यवहार गर्नुहुन्छ, मसित पनि त्यस्तै व्यवहार गर्नुहोस्,*+
मतिर फर्कनुहोस् र मलाई अनुग्रह देखाउनुहोस्।+
१३४ अत्याचारी मानिसहरूबाट मलाई छुटाउनुहोस्
र म तपाईँका आदेशहरू पालन गर्नेछु।
१३६ मेरा आँखाहरूबाट आँसुको धारा बग्छ
किनकि मानिसहरूले तपाईँको व्यवस्था पालन गरेका छैनन्।+
צ [सादे]
१३८ तपाईँले दिनुभएका सम्झौटाहरू न्यायसङ्गत
र पूर्णतया भरपर्दा छन्।
१३९ मेरो जोसले मलाई खाएको छ+
किनकि मेरा वैरीहरूले तपाईँका वचन बिर्सेका छन्।
१४३ ममाथि दुःख र कठिनाइ आइपरे पनि
म तपाईँकै आज्ञाहरूमा रमाइरहन्छु।
१४४ तपाईँका सम्झौटाहरू सदा न्यायोचित छन्।
मलाई समझ दिनुहोस्+ ताकि म जीवितै रहन सकूँ।
ק [कोफ]
१४५ म तपाईँलाई सारा हृदयले पुकार्छु। हे यहोवा, मलाई जवाफ दिनुहोस्।
म तपाईँका नीतिनियम पालन गर्नेछु।
१४६ म तपाईँलाई गुहार्छु; मलाई बचाउनुहोस्!
म तपाईँका सम्झौटाहरू पालन गर्नेछु।
१४९ तपाईँको प्रेम अटल भएकोले मेरो स्वर सुन्नुहोस्।+
हे यहोवा, तपाईँको न्यायअनुसारै मेरो जीवनको रक्षा गर्नुहोस्।
१५० लाजमर्दो* काम गर्नेहरू मेरो नजिक आउँछन्;
तिनीहरू तपाईँको व्यवस्थादेखि कोसौँ टाढा छन्।
१५२ मैले धेरै अघि तपाईँका सम्झौटाहरूबारे सिकेको थिएँ,
जुन तपाईँले सदा स्थिर रहिरहोस् भनेर दिनुभएको थियो।+
ר [रेश]
१५३ मेरा कष्टहरू हेर्नुहोस् र मलाई तीबाट छुटाउनुहोस्+
किनकि मैले तपाईँको व्यवस्था बिर्सेको छैनँ।
१५४ मेरो पक्षमा खडा हुनुहोस्* र मेरो उद्धार गर्नुहोस्;+
तपाईँको प्रतिज्ञाअनुसारै* मेरो जीवनको रक्षा गर्नुहोस्।
१५५ उद्धार दुष्टहरूको पहुँचबाट धेरै टाढा छ
किनकि तिनीहरूले तपाईँका नीतिनियमको खोजी गरेका छैनन्।+
१५६ हे यहोवा, तपाईँको कृपा अपार छ।+
तपाईँको न्यायअनुसारै मेरो जीवनको रक्षा गर्नुहोस्।
१५७ मेरो खेदो गर्नेहरू र मेरा वैरीहरू थुप्रै छन्;+
तैपनि म तपाईँका सम्झौटाहरूदेखि तर्किएको छैनँ।
१५८ छली मानिसलाई म घृणाको दृष्टिले हेर्छु
किनकि तिनीहरू तपाईँले भन्नुभएको कुरा मान्दैनन्।+
१५९ हेर्नुहोस्, तपाईँका आदेशहरूलाई म कत्ति प्रेम गर्छु!
हे यहोवा, आफ्नो अटल प्रेमको कारण मेरो जीवनको रक्षा गर्नुहोस्।+
ש [सिन] वा [शिन]
१६२ लुटको माल भेट्टाउँदा जसरी कोही रमाउँछ,
त्यसरी नै तपाईँको वाणी सुन्न पाउँदा म रमाउँछु।+
१६४ तपाईँका न्यायोचित फैसलाहरूको निम्ति
म दिनको सात चोटि तपाईँको प्रशंसा गर्छु।
१६५ तपाईँको व्यवस्था मन पराउनेहरूले प्रशस्त शान्ति पाउँछन्।+
कुनै कुराले तिनीहरूलाई ठेस पुऱ्याउँदैन।
१६६ हे यहोवा, म तपाईँले गर्नुहुने उद्धारका कामहरूको प्रतीक्षा गर्छु
अनि म तपाईँका आज्ञाहरू पालन गर्छु।
१६८ म तपाईँका आदेशहरू र तपाईँका सम्झौटाहरू पालन गर्छु
किनकि तपाईँलाई मेरा सबै काम थाह छ।+
ת [ताव]
१६९ हे यहोवा, मदतको लागि मैले पुकार्दा मेरो पुकार तपाईँसम्म पुगोस्।+
तपाईँको वचनअनुसारै मलाई समझ दिनुहोस्।+
१७० तपाईँको अनुग्रह पाउन मैले गरेको बिन्ती तपाईँसामु पुगोस्।
तपाईँको प्रतिज्ञाअनुसारै* मलाई बचाउनुहोस्।
१७१ मेरो ओठ तपाईँको प्रशंसाले भरियोस्+
किनकि तपाईँ मलाई आफ्ना नीतिनियम सिकाउनुहुन्छ।
१७२ मेरो जिब्रोले तपाईँका वाणीबारे गीत गाओस्+
किनकि तपाईँका सबै आज्ञा न्यायोचित छन्।
१७४ हे यहोवा, तपाईँले गर्नुहुने उद्धारको म तिर्सना गर्छु,
तपाईँको व्यवस्था मलाई साह्रै मन पर्छ।+
१७५ म बाँचिरहन पाऊँ ताकि म तपाईँको प्रशंसा गर्न सकूँ।+
तपाईँका फैसलाहरूले मलाई मदत गरून्।