अय्युब
३१ “कुनै कन्ये केटीलाई म कसरी अनुचित नजरले हेर्न सक्छु र?+
किनकि मैले आफ्नो आँखासित वाचा बाँधेको छु।+
२ मैले त्यसो गरेँ भने परमेश्वरले मसित कस्तो व्यवहार गर्नुहोला?
स्वर्गमा बस्नुहुने सर्वशक्तिमान्ले मलाई के हिस्सा दिनुहोला?
३ के गल्ती गर्नेहरूलाई विनाशले
र खराब काम गर्नेहरूलाई विपत्तिले ढुकिरहेको हुँदैन र?+
४ के परमेश्वरले मेरा सबै चाल देख्नुहुन्न?+
अनि मेरो एक-एक पाइला गन्नुहुन्न?
५ के म कहिल्यै झूटको मार्गमा* हिँडेको छु?
के मेरा पाइलाहरूले कहिल्यै छल गर्न आतुरी गरेका छन्?+
६ परमेश्वरले मलाई ठीक-ठीक नाप दिने तराजुमा तौलून्।+
अनि उहाँले म सत्यनिष्ठ रहेछु भनेर थाह पाउनुहुनेछ।+
७ यदि मेरा पाइलाहरू सही मार्गबाट तर्केको भए,+
मेरो हृदय आँखाले देखेका कुराहरूको पछि लागेको भए+
वा गलत काम गरेर मैले आफ्नो हातलाई अशुद्ध पारेको भए
८ मैले रोपेको अन्न अरू कसैले खाइदेओस्+
र मैले रोपेको बिउलाई जरैसमेत उखेलिदेओस्।*
९ यदि कुनै परस्त्रीलाई देखेर मेरो हृदय लोभिएको भए+
र म आफ्नो छिमेकीको ढोकामा ढुकिबसेको भए+
१० मेरी पत्नीले परपुरुषको लागि जाँतो पिँध्नुपरोस्
र परपुरुषहरू ऊसित सुतून्।+
११ किनकि मैले त्यस्तो कुकर्म गरेको भए त्यो साह्रै लाजमर्दो कुरा हुने थियो।
अनि म न्यायाधीशहरूबाट दण्ड पाउन योग्य हुने थिएँ।+
१२ त्यो त सबै कुरा विनाश गर्ने आगोजस्तै हुने थियो+
र त्यसले मसँग भएको सबथोक भस्म पारिदिने थियो।
१३ मेरो दास वा दासीले मेरो गुनासो गर्दा*
मैले उनीहरूको पक्षमा न्याय गरिदिन इन्कार गरेको भए
१४ म कसरी परमेश्वरसामु आफ्नो मुख देखाउन सक्छु र?
उहाँले मेरो लेखा लिनुहुँदा मैले के जवाफ दिने?+
१५ मलाई आमाको गर्भमा रच्नुहुनेले नै तिनीहरूलाई पनि रच्नुभएको होइन र?+
आमाको गर्भमा हामीलाई बनाउने उहाँ नै हुनुहुन्छ, होइन र?+
१६ यदि मैले गरिबहरूको खाँचो नटारिदिएको भए+
वा मैले गर्दा विधवाहरू उदास हुनुपरेको भए,+
१७ मैले आफूसित भएको खानेकुरा
अनाथहरूसित नबाँडी एक्लै खाएको भए,+
१८ (किनकि मैले कलिलै उमेरदेखि अनाथहरूलाई आफूसँगै हुर्काएँ। तिनीहरू मलाई आफ्नो बुबा मान्थे;
सानैदेखि म विधवाहरूको लागि पनि सहारा भएको छु।)
१९ यदि मैले कसैलाई आङ ढाक्ने लुगा नपाएर जाडोले मर्नै लागेको देख्दा
अथवा गरिबसित ओढ्ने नै नभएको देख्दा पनि+
२० उसलाई न्यानो ऊनी लुगा नदिएको भए
र उसले मलाई त्यसको साटो आशिष् नदिएको भए,+
२१ यदि सहरको मूलढोकामा कुनै अनाथलाई मेरो मदत चाहिएको बेला*+
मैले उल्टै मुक्का ताक्दै उसलाई धम्काएको भए,+
२२ मेरो पाखुरा मेरो काँधबाट फुस्कोस्
र मेरो कुहिनो ठनक्कै भाँचियोस्।
२३ किनकि म परमेश्वरले ल्याउनुहुने विपत्तिदेखि डराउँछु।
म उहाँको गौरवसामु टिक्न सक्दिनँ।
२४ यदि मैले सुनमाथि भरोसा गरेको भए
अथवा निखुर सुनलाई ‘तिमी नै मेरो सहारा हौ’ भनेको भए,+
२५ आफूले प्रशस्तै धनसम्पत्ति जोड्न सकेकोमा+
मैले घमन्ड गरेको भए,+
२६ यदि चम्किरहेको सूर्य देखेर
अथवा चन्द्रमाको सौन्दर्य देखेर+
२७ म मनमनै तीप्रति मोहित भएको भए
र मैले आफ्नो हात चुमेर तिनको पूजा गरेको भए+
२८ मैले माथि स्वर्गमा बस्नुहुने साँचो परमेश्वरलाई इन्कार गरिरहेको हुने थिएँ
र म न्यायाधीशहरूबाट दण्ड पाउन लायक हुने थिएँ।
३१ के मेरो पालमा बस्नेहरूले यसो भनेका छैनन्,
‘अय्युबको पालमा पेटभरि खान नपाउने को छ?’+
३२ कुनै परदेशीले बाहिर रात काट्नुपरेको छैन।+
यात्रीहरूको निम्ति मैले सधैँ आफ्नो ढोका खुला राखेको छु।
३३ के मैले कहिल्यै आफ्नो अपराध ढाकछोप गर्न खोजेको छु र?+
अरूले जस्तो आफ्नो पापलाई खल्तीमा लुकाएको छु र?
३४ मेरो गल्तीबारे मानिसहरूले थाह पाए भने के भन्लान्
अथवा समाजले गिल्ला पो गर्ला कि भनी डराउँदै
म चुपचाप घरमै लुकेर बसेको छु र?
३५ हाय! मेरो कुरा कसैले सुनिदिए हुन्थ्यो।+
तब मेरो कुरा सत्य छ भनेर म लेखेरै दिने थिएँ।*
सर्वशक्तिमान् परमेश्वरले मलाई जवाफ देऊन्!+
मलाई दोष लगाउनेले मेरा आरोपहरू दोषपत्रमा लेखिदिए हुन्थ्यो।
३६ म त्यो आफ्नो काँधमा बोकेर हिँड्ने थिएँ
र त्यसलाई मुकुटझैँ पहिरिने थिएँ।
३७ म परमेश्वरलाई आफूले चालेको हरेक कदमको लेखा दिने थिएँ।
म उहाँसामु एक राजकुमारजस्तै शिर ठाडो पारेर जाने थिएँ।